इण्डो प्यासिफिक स्ट्राटेजी र यस अन्तर्गतको एमसीसी नेपालमा सबैभन्दा ठूलो मुद्दा बनेको छ । भारतले कालापानी, लिम्पियाधुरा–लिपुलेकमात्र होइन, ७७ स्थानमा सीमा मिच्यो, संसद व्यू“झेको छैन । तर एमसीसी प्रत्येक सांसद, सरकारको मुख्य एजेण्डा बनेको छ । प्रतिपक्षी नेपाली कांग्रेसले फेरि पनि भनेको छ– नेपालको विकासका लागि एमसीसी महत्वपूर्ण छ । प्रधानमन्त्री केपी ओलीले त तीन पटक भनिसकेका छन्– एमसीसी प्रस्ताव संसदबाट पारित गरिनेछ । सञ्चारमन्त्रीले पनि पास हुने बताइसके । यति भइसकेपछि सबैले मान्नुपर्छ, दुई तिहाइको सरकार अमेरिकी एमसीसी परियोजना संसदबाट पास हुन्छ ।
नेपालका लागि महामहिम राजदूत छन्– ¥याण्डी बेरी । राजदूत र उनको दूतावास टिम यतिबेला नेपाली भाषामै नेपालीलाई एमसीसी परियोजनाबारे बुझाउन तल्लीन भएर लागेका छन् । पत्रपत्रिकादेखि सामाजिक सञ्जालसम्म यतिबेला महामहिम राजदूत र उनको टिम एमसीसी परियोजनाबारे स्पष्ट पारिरहेका छन् । बुझाइरहेका छन् ।
अमेरिकी दूतावासको फेसबुकमा लेखिएको छ– मिल्लेनियम च्यालेन्ज एकाउन्ट नेपालका बारेमा यी १० महत्वपूर्ण र जान्नै पर्ने तथ्यहरू बारेको नेपाली भिडियो बन्दैगर्दा राजदूत बेरी पनि सहज भाषामा परियोजना बुझाउने यो अभियानमा सहभागी हुनुभयो ।
यसबाट थाहा हुन्छ, एउटा राजदूतले आफ्नो मुलुकको परियोजनाबारे लविङ गर्नका लागि त्यो मुलुकको भाषा सिक्नेमात्र होइन, त्यो मुलुकका जनतास“ग भिजेर हिड्नुपर्छ, त्यो मुलुकका जनताको सेन्टिमेन्टलाई बुझेर आफ्ना मुलुकको पक्षमा कसरी उपयोगमा ल्याउनुपर्छ । अमेरिकी राजदूत र उनको दूतावासको टिमलाई नेपाली भाषा सिक्न कम गाह्रो भएन होला । त्यसमाथि अमेरिकी महामहिम राजदूत ¥याण्डीबेरी हरेक दिन बसन्तपुरदेखि पाटन दरवारसम्म, भक्तपुर देखि पोखरा, टे«किङ, मुस्ताङ, नेपालका अनेक क्षेत्रमा घुमिरहन्छन्, नेपालीस“ग घुलमिल भइरहन्छन् । उनले नेपाल आएर आफ्नो कायृकाल सुरु गर्नासाथ भनेका थिए– मलाई नेपाल मन पर्छ, नेपाली मनपर्छ, नेपाली खाना र रहनसहन मनपर्छ । उनले त्यही नेपाल प्रेमलाई अमेरिकी रणनीतिको हिस्सामा ढालेका छन् र देशका लागि इमान्दार भएर काम गरिरहेका छन् । अमेरिकी राजदूतको प्रतिवद्धता, इमानदारिता र जवाफदेहीता यसकारण प्रशंसनीय छ कि उनी आफ्नो देशका लागि वफादार छन्, राजदूत भएर उनले रत्यौली खेलिरहेका छैनन् । के नेपाल राजदूतहरुले आआफ्ना कर्मक्षेत्रमा यस्तै कटिबद्धताका साथ काम गरेका छन् ? छन् भने नेपालप्रति विश्व समुदायको सम्मान बढ्नुपर्ने हो । किन नेपालको इज्जत दिनदिनै खस्कदै गएको छ ? नेपाली राजदूतहरु मेनपावर कम्पनीजस्ता बनेका छन्, दलालस“ग मिलेर नेपालीलाई दुःख दिइरहेका छन्, कतै राजदूतहरु समुद्रमा पौडी खेलेर सनवाथ लिइरहेका छन् । धेरै राजदूतहरु पार्टी र सरकारका प्रतिनिधि गएका बेलामा मार्केटिङ गराउने काममा लागेका देखिन्छन् । किनेर, कृपाबाट नेपालको राजदूतपद पाएकाहरु नेपालको प्रतिनिधि कम मालिकको बफादार बढी हुने गरेका छन् । तर अमेरिकाका राजदूतले सरकार र नेपालीहरुलाई देशप्रति बफादार हुन सिकाइरहेका छन् । राजदूतको महत्व सबैले अमेरिकी राजदूतबाट सिकुन् ।