Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

बुढा कमाण्डरबाट देश नबन्नेभो

३० सोमबार , मंसिर २०७६५ बर्ष अगाडि

स्कूले विद्यार्थीलाई देशका कर्णधार भनिन्छ र त्यही अनुसार पढाइन्छ । युवाहरु अनेक विषयहरुमा पढ्छन् र विज्ञता हासिल गर्छन् । उनीहरुले देश निर्माणमा के गर्ने, कसरी गर्ने, कुन तरिकाले उत्पादन र निकासी, आर्थिक स्थिति दरो पार्न सकिन्छ भन्ने आक्रामक सोच पनि राख्छन् । तर नेपालमा स्कूले विद्यार्थी जब कलेज पढ्न थाल्छ अथवा माष्टर गर्छ, डाक्टर इन्जिनियर बन्छ, अरु विषयमा शिक्षा हासिल गर्छ, उसले अवसर खोज्छ । राज्य एउटा शिक्षित युवालाई अवसर दिन सक्दैन । युवा छटपटिन्छ र देख्छ– जो शक्तिशालीका नातेदार छन्, जो नेताका छोराछोरी छन्, जो पैसा दिएर अवसर खरिद गर्न सक्छन्, उनीहरु यही देशमा खपत हुन्छन् । अनि शिक्षित जनशक्तिमा उदासीनता बढ्छ, छटपटी झन बढ्छ । जब उसले घरमा समस्या देख्छ, समाजमा समस्या देख्छ, राष्ट्रमा समस्या देख्छ र गर्न केही सक्दैन अनि यो देशमा गरिखान पाइन्न भन्ने निष्कर्ष निकालेर विदेश जाने बाटो चुन्छ र विदेशीने तरिकाका पछाडि पछाडि दगुर्छ । पाए युरोप, अमेरिका, जापान, कोरिया, त्यो नपाए खाडी मुलुकमा भए पनि ऊ जान्छ ।
कोरियाले कामदार लैजान इपीएसको परीक्षाको फर्म खोल्नासाथ विश्वविद्यालयको पढाइ, परीक्षा छाडेर युवाहरु इपीएसको फाराम बुझाउन रातभरि लाइनमा बसेको दृश्य देखिएकै हो । यो कहालीलाग्दो स्थितिले भनिरहेको छ, यो देशमा युवा बेरोजगार छन् । बर्षेनी तैयार हुने ५ लाख युवा शिक्षितहरुमध्ये ४ लाख विदेशीन्छन् । शिक्षित युवालाई काम दिन नसकेर नेपाल युवा निकासीकर्ता मुलुक पो बन्न पुग्यो । यो विषयमा सरकारले कहिले चिन्ता गरेन । संसदमा कहिले छलफल भएन । मानौं, युवा निकासी हुनु भनेको राष्ट्रिय समस्या नै होइन । यस्तो मुलुक कसरी समृद्ध बन्छ ?
नयाँ नेपाल बनाउँछौं । समृद्ध नेपाल, सुखी नेपालीको सपना देखाएर चुनावमा जनमत लिइन्छ । आमनागरिक खुश आश गरेर मतदान गर्छन् । मनलागी नलागी नागरिक मतबाटै भ्रष्टाचारीले चुनाव जित्छ र त्यही भ्रष्टाचारी सुशासनको डिङ हाँक्छ । जनताको आँखामा छारो हाल्छ र देश विकासको मार्गमा दौडिरहेको गफ चुट्छ । जब कि विकासका नाममा धुलो धुवाँ, अनुशासनहीनता, भ्रष्टाचार र कमिशनतन्त्र मौलाइरहेको छ । जनता बेइमानी भो भनेर कराउँछन्, जनबल पाएकाहरु सुन्दैनन् । यो चालले, योतालले कहिले पो देश कसरी बन्छ कुन्नी, केही भन्न सकिन्न ।
यो सिलासिला दोहोरिरहेको छ । जनता मतदान गरिरहेका छन्, भ्रष्ट जितिरहेका छन् र बुढाहरु युवालाई सत्ता छाड्न तैयार देखिदैनन् ।