Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

नाकावन्दीपछि अर्को सीमायुद्ध

२५ सोमबार , कार्तिक २०७६५ बर्ष अगाडि

६ महिना लामो नाकावन्दीपछि भारतले नेपालमाथि सीमायुद्ध छेडेको छ । नेपाली भूभाग अर्थात कालापानी, लिम्पियाधुरा, लिपुलेकका ३७२ बर्गकिलोमिटरभन्दा बढी क्षेत्र भारतमा गाभेर भारतले राजनीतिक नक्सा सार्वजनिक गरेको छ । भारतको पकडमा रहेको जम्मुकाश्मिरलाई भारतभित्र गाभेपछि नेपाली भूभाग भारतमा गाभिएको छ । आधेनिक विश्वमा सबैभन्दा निन्दनीय, घृणित अतिक्रमण हो यो ।
नेपाली नक्सा खुम्चाउने कार्य गरेको छ भारतले । १९६२ को चीन भारतयुद्धपछि भारतले राजा महेन्द्रलाई पत्र लेखेर कालापानीमा बस्न पाउ“ भनेको थियो । त्यो पत्र नेपालले लुकाइराखेको छ । यति गम्भीर मामिलामा नेपालले द्विपक्षीय वार्ता गरिहाल्नुपर्छ । चीनलाई समेत निम्त्याएर लिपुलेकमा त्रीपक्षीय सहमति खोज्नुपर्छ । यतिले पनि नभए नेपाल बहुपक्षीय वार्ता र नेपाली भूभाग खोज्न अन्तर्राष्ट्रिय अदालतदेखि संयुक्त राष्ट्रसंघसम्म पुग्नुपर्छ । नेपालले खुट्टा कमाएर भारत रिसाउ“छ कि भन्ने शैलीमा नाम समेत नलेखेको वक्तव्यको भरमा जनताको आ“खामा छारो हाल्न सक्दैन । आमनागरिक, सबै तह र तप्का यतिबेला भारतको अतिक्रमणविरुद्ध आक्रोसित भएका छन् । भारतले यति ठूलो जनाक्रोश अहिलेसम्म देखेको थिएन होला, त्यस प्रकारको नेपाली घृणा बेहोरिरहेको छ । तैपनि भारतको भाजपा सरकारले नेपालमाथि सीमा अतिक्रमणका रुपमा हमला जारी राख्छ भने नेपालले आफ्नो अन्तर्राष्ट्रिय हिम्मत र हैसियत देखाएर भारतलाई रहेका र भएका ऐतिहासिक दस्तावेज, प्रमाणहरुले परास्त गर्नुपर्छ । जव नेपाल अगाडि बढ्छ, प्रमाणहरु सार्वजनिक हुनेछन् ।
भारतले नक्कली काली नदी सिर्जना गरेको मात्र होइन, भारतका विदेश मन्त्रालयका प्रवक्ताले सार्वजनिक गरेको नक्सा नै आधिकारिक भनिसकेका छन् । अव पनि सरकार मौन बस्नु र देशको भूमि लुटाएर निदाउनु भनेको राष्ट्रघात हो । सीमा सुरक्षा गर्नका लागि के के गर्नुपर्छ, नेपाली सरकारलाई साथ दिन तैयार छन् । सबै राजनीतिक पार्टीहरुले पनि सीमा सुरक्षाका मामिलामा सरकारलाई झकझक्याएका छन् । यही मौका हो, अव देशको सुरक्षा र भारतीय हस्तक्षेप, बिस्तारवादी नीतिलाई परास्त गर्ने र विश्वमा भारतीय नियत खुलस्त पारिदिने ।
नेपाल आकारले सानो होला । संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र नेपाल हैसियतले सानो छैन । नेपाली सामा छन्, सरकार जाग ।