Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

लोकतन्त्रमाथि कम्युनिष्ट आक्रमण

११ सोमबार , कार्तिक २०७६५ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोज्यो, यसका लागि प्रजातन्त्रवादी एकजुट भएर मुकाविला गर्न आह्वान गरेका छत् । यसको अर्थ राजनीति ध्रुविकरणतिर उन्मुख भएको र आउने समय अर्को द्वन्द्वमा फस्न लाग्यो भन्ने नै हो । कम्युनिष्टले चुनाव जितेका हुन् र चुनावी माध्यमबाट कम्युनिष्टलाई राज्य सञ्चालनको लोकादेश भएकै हो । लोकादेश निरंकूशतन्त्र चलाउन र प्रतिपक्षीहरुलाई प्रहार गर्नका लागि दिएको होइन । तर प्रतिपक्षीले प्रजातन्त्रमाथि कम्युनिष्टको प्रहारले खतरा बढ्यो भन्ने अभिव्यक्ति दिन्छन् भने यो शुभसमाचार होइन ।
हो, लामो लडाइपछि लोकतन्त्र आयो । लोकतन्त्र आउनु भनेको नेतातन्त्र आउनु होइन । आज लोक कहा“ छन्, पार्टीहरु कुन स्थानमा ? लोकमाथि पार्टी हावी हुनु र पार्टीवालाहरु लोकको आवाज नसुनेर लोकमाथि भारी बनेका छन् भने यो पार्टीहरुको कमजोरी हो । पार्टी भनेको लोकका मालिक होइनन् । सेवक हुन् । लोकका सेवक हुन् भने लोकआवाज पार्टीवालाहरुले सुन्नैपर्छ । संवोधन गर्नैपर्छ र प्रजातन्त्रका मूल्य र मान्यताको मान राख्नैपर्छ । पार्टीहरु संविधानमा बसे, यसको अपनत्व बढ्ने हो ।
नेपाली कांग्रेसले प्रजातन्त्रको रक्षा गर्न सबैलाई आह्वान किन गरेको हो, सत्ताधारीले यसको विश्लेषण गरेर आत्ममिमांसा नगर्ने हो भने यसबाट गम्भीर परिणाम आउन सक्छ । सत्तासीनहरु कुनै पनि हालतमा अहंकारी बन्नु हु“दैन । अहंकार भनेको अ“गार हो । पार्टीहरु जनताको प्रतिनिधित्व गर्ने हुनाले जिम्मेवार र जवाफदेहीता लिनैपर्छ । संविधानलाई जनपक्षीय बनाएर संविधानअनुसार सबैले अनुशासित रुपमा चल्नुपर्छ । अनुशासनहीनताले बिग्रह र बितण्डामात्र निम्त्याउने छ । चेतना भया ।