Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

लाईसेन्समा सिण्डिकेटकरण

०९ सोमबार , भाद्र २०७६६ बर्ष अगाडि

सवारी चलाउन लिने लाइसेन्स परीक्षा निकै कडा पारिएको थियो र देशैभरि हाहाकारजस्तै भयो । सीसी टीभीबाट हेर्ने र फेललाई पास गर्नेहरुमाथि कडा निगरानी भएपछि चलखेल रोकिएको थियो ।
यतिबेला लाईसेन्स परीक्षा निकै सहज बनाइएको छ । तराईमा जसरी एसएसई अथवा प्लस टु, लोकसेवालगायतका कुनै पनि परीक्षामा जसरी चिट चोराउने प्रचलन छ, त्यो देख्दा अचम्म लाग्छ । त्योभन्दा ठूलो चलखेल लाइसेन्स परीक्षामा हुन थालेको छ । नेकपाका कुनै पनि जिल्ला नेतालाई समातेपछि उसको सिफारिसमा सहजै लाईसेन्स दिने प्रथा बसेको छ । सबैभन्दा सजिलो रुपन्देहीमा छ । नेकपाका नेताले पठाएको सुचीका कुनै पनि व्यक्ति लाइसेन्सको लिखित अथवा प्राक्टिकल परीक्षामा फेल नै हु“दैनन् । कारण लाईसेन्स परीक्षामा यसे सिण्डिकेट खडा भएको छ कि ग्यारेण्टीका साथ लाईसेन्स परीक्षा पास गरिदिने विचौलियाहरु मजाले कमाइरहेका छन् । पर्साको स्थिति पनि यस्तै छ । पर किन जाने राजनीतिमा समेत ७ हजार बुझाएपछि ड्राइभिङ सेन्टरहरुले मोटरसाइकलको लाईसेन्स बनाइदिने गरेका छन् । टेक्सी, कार, हेभी लाइसेन्सको धन्दा पनि व्यापक चलेको छ । यातायात व्यवस्था कार्यालय, ट्राफिक र ड्राइभिङ स्कूलका विचौलियाहरुको मिलोमतोमा फेल भए पनि पास हुनेको सूचीमा नाम चढाइदिन्छन्, लाईसेन्स धन्दा व्यापक चलेको देखिन्छ । कसले छानबिन गर्ने, अख्तियारका मान्छे बसे पनि धन्दा जारी छ । डिजिटल लाईसेन्स पाउन भने लामो समय प्रतिक्षा गर्नुपर्छ । यातायात व्यवस्था कार्यँलयले अत्याधुनिक मेसिन मगाएको छ, अव भने केही समयमै लाईसेन्स पाउन सकिन्छ भनिएको छ ।
हरेक दिन सवारी साधन दुर्घटनाका समाचार आइरहेका छन् । कच्चा ड्राइभरलाई दिएको लाईसेन्स त्यसमा जिम्मेवार छ कि छैन, लाईसेन्स दिने अधिकारीले जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? पैसा गनेर लाईसेन्स दिने र रातारात कमाउने लाईसेन्स व्यापार चलेसम्म दुर्घटनामा कमी आउन सक्दैन । कच्चा डाक्टर र कच्चा ड्राइभर दुवै खतरनाक हुन्छन्, जसले स्वर्गको बाटो देखाइदिन्छन् । नेपालमा जे जति दुर्घटनाहरु भएका छन्,  त्यसमा बाटो, ट्राफिक नियम, प्राकृतिक र प्राविधक कारणभन्दा बढी कच्चा ड्राइभर र अव्यवस्थाका कारण भएका छन् ।
त्यसो हो भने लाईसेन्स प्रणालीलाई किन क्षमता र दक्षताका आधारमा नदिने ? किन दलाल प्रवृत्ति मौलाउने गरी सेटिङ र सिण्डिकेटकरण गर्ने ? लाईसेन्समा समेत राजनीतिकरण ?  यसो हु“दा सुशासन त बिग्रियो बिग्रियो, ज्यानसमेत जोखिममा परेका छन् ।