इतिहास साक्षी छ, कुनै पनि कालखण्डमा अहंकारले विजय हासिल गरेको छैन । अहंकार आफै समाप्त भएको छ, साथै राम्रो कुराहरु पनि बिनष्ट पारेको छ । यसकारण समाजमा अति त्याज्य मानिएको हो ।
गाउ“, सहर, समाजमा फोहर फैलियो भने त्यही फोहरबाट हैजा फैलन्छ । महामारी चल्छ र धनजनको व्यापक क्षति गराउ“छ । यसकारण जहिले पनि फोहरबाट बच्नुपर्छ ताकि हैजा नफैलियोस् । हैजाले श्रृजना नष्ट पार्छ ।
शासन प्रशासनमा पनि कूशासनको हैजा फैलिन्छ । यो हैजाले त निश्चित घर गाउ“ समाज सहरमात्र होइन, सिंगो मुलुकको जीवन पद्धति नै सखाप पार्छ । यसकारण कूशासनको भाइरसबाट देशलाई बचाउन लोकतान्त्रिक अभ्यास गरिन्छ र लोकतान्त्रिक मर्यादाहरुको पालनामा जोड दिइन्छ । शासनमा सन्तुलनका लागि संविधानमै यस प्रकारको व्यवस्था पनि हुन्छन् ।
संविधानलाई नै अवमान्ना गरेर शासकले कूशासनको चक्रव्यूह सञ्चालन गर्छ भने यसलाई खबरदारी गर्ने नागरिक समाज वा विपक्षीहरुले हो । जब विपक्षी र नागरिक समाज समेत दलीय दलदलमा फसेर बोल्दैनन् भने त्यो अवस्थामा बोल्नुपर्ने सार्वाभौम जनताले हो । जनतालाइृ बोल्न रोक्न शासकहरु अनेक हथकण्डा अपनाउ“छन्, दम्भको हतियार चलाउ“छन् ।
यतिबेला नेपालमा दम्भी सरकार छ । दुई तिहाइको अहंकारले चूर छ र जनताको समेत बेवास्ता गर्न थालेको छ । जनताको कुरा नसुन्ने सरकारलाई लोकसरकार मान्न सकिन्न । तर सरकार आफूलाई लोकतान्त्रिक सरकार भन्छ र पनि जनताको आवाजलाई कुल्चने दुष्चेष्टा गरिरहेछ । यही हो शासकका दिमागमा अहंकारको ज्वाला दन्किएको भनेको । अहंकारले कुनै कालखण्डमा पनि राम्रो गरेन भने वर्तमान नेपालको राम्रो कसरी हुन्छ ?
लोकगीत गाउनेलाई मार्ने धम्की दिइन्छ । कविता किन लेखेको भनेर पक्राउ गरिन्छ । पत्रकारहरु आन्दोलनमा छन् । शासक आफ्नो जयजयकार गर भनेर दबाब दिन अनेक कानुन बनाइरहेको छ । जो स्वाभिमान छ, विवेकशील छ, देशको बारेमा विवेकले बोल्न चाहन्छ, उसको विवेकमा ताल्चा मार्ने साजिमा लोकसरकार तैयारी गरिरहेको छ । दुई तिहाइको सरकारले स्थिरता, सम्पन्नता, शान्ति र समृद्धि ल्याउला भनेको छ हैकमशाला पो बनाउन थाल्यो । राणा शासनभन्दा निरंकूश बनेर फर्मानले नागरिकता बितरण गर्नेसम्मको दुस्कर्म गरिरहेको छ । भ्रष्टाचार त यो सरकारको खुवा खान्की नै बन्न थालेको छ । आमनागरिक ठूलो समस्यामा परेका छन् ।
यो सरकारको झण्डै डेढवर्षको शासनकालमा जे जति काण्डहरु घटेका छन्, त्यसले यो सरकार हिटलरी शैलीमा अघि बढ्दैछ भन्न सकिन्छ । भीरमा खस्छु भन्नेलाई राम राम मात्र भन्न सकिन्छ, का“ध थाप्न सकिन्न । जसले जनमत दिए, तिनले जनमत र जनबलकै मुङ्ग्रोले ठोक्न नपरोस् ।