महान वैज्ञानिक अल्बर्ट आइन्सटाइनले भनेका थिए– हिजोबाट सिक, आजका लागि बाँच । नेकपाले हिजोबाट सिक्यो, आजका लागि बाँचिरहेछ तर भोलिका लागि खरानी पनि बाँकी राख्छ कि राख्दैन, चिन्ता त्यसैको छ किनभने आजका लागि बाँच्नु भनेको निरंकूश हुनु होइन ।
नेकपाले राजनीतिक विज्ञान बुझ्यो र त्यही विज्ञानको अनुशरण गरेर चुनाव जित्यो, दुई तिहाइको सरकार पनि बनायो । नेपाली कांग्रेस अथवा अन्य दल सबैका ट्याक्टिस सिकेर देशभक्तिपूर्ण रुपमा उभिएको नेकपाले त्यही रणनीतिमा चुनाव जितेको हो । यसकारण राजनीतिक विज्ञानमा नेकपा पोख्त देखिन्छ । राजनीतिक विज्ञानको बैज्ञानिक बनेको छ नेकपा ।
तर, राजनीतिक विज्ञान सदैव टिकाउ हुन्न । अल्बर्ट आइन्सटाइन १९२१ का नोबल प्राइज बिजेता पनि हुन् । उनको फोटो इलेक्ट्रिक इफेक्टमा उनले यो प्राइज जितेका हुन् । नेकपाले संविधान जारीपछिको निर्वाचन जित्यो र देशभक्तिपूर्ण अडानका नाममा जित्यो । अल्बर्ट सदा स्पेशल रिलेभिटीसहितका आविस्कारमा अडिग रहे र इतिहासमा अमर छन् । नेकपाले आफ्नो अडानलाई विदेशीका सामु लम्पसारवादमा परिणत गरिसकेको छ र जनताको नजरमा नेकपाको ख्याती पर्वतबाट मैदान र मैदानबाट खाल्डो बनेको छ ।
आमनागरिकले नेकपा देशका लागि अपरिहार्य छ, नेकपा नै हो देशको कायाकल्प गर्ने शक्ति भनेर बरण गरेका हुन् । मत दिएका हुन् । १५ महिना भएको छैन, मतदाताको धैर्यको बाँध फुट्न थालेको छ र मतदाता नेकपाको सरकारलाई सराप ठान्न थालेका छन् । नेकपाले आफ्नो चरित्र, नीति र नैतिकतालाई ह्रासोन्मुख हुन नदिई मतदाताको विश्वासलाई कायम गर्न ढिलो गर्ने हो भने नेकपाको पतन अर्को चुनावसम्म भइसक्ने देखिन्छ ।
समस्या नेकपाबाट कुनै बर्ग र तप्का सन्तुष्ट छैन ।
अल्बर्ट आइन्सटाइनका ७ भनाइहरु उल्लेख्य छन् । नेकपा सरकारमा छ र लोकतन्त्रको नाइके बनेको छ । लोकतन्त्रमा अडिग रहन प्रेरणा मिलोस् भनेर अल्बर्टका सात भनाइलाई यहाँ उल्लेख गरिएको छ ।
१. जुन व्यक्तिले कुनै पनि गल्ति गरेन भने उसले केही पनि सिकेन । २. ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ । ३. हिजोबाट सिक, आजका लागि बाँच र भोलिका लागि आशा गर । ४. भविष्यको बारेमा त्यति धेरै पनि नसोच किनभने यो छिट्टै आउँदछ । ५. बलद्वारा शान्ति प्राप्त गर्न सकिदैन, मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ । ६. ईश्वर हुनुभन्दा अघि हामी सबै बराबर विद्वान र उतिनै मूर्ख थियौ । ७. गणित गाह्रो लाग्छ कतिपनि भनेर चिन्तित नहोऊ, तिम्रो मस्तिष्क अझै पनि महान् छ ।