Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

समाज किन भताभुङ्गतिर

१३ सोमबार , फाल्गुण २०७५६ बर्ष अगाडि

राजधानीको ललितपुर, गोदावरी नगरपालिका ४ बडीखेल निवासी ३८ वर्षका युवकले ९ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्रउा ग¥यो, केरकार ग¥यो । यो घटना आफैमा उदेकलाग्दो, आश्चर्यजनक र घृणायोग्य पनि छ । नेपाली समाजमा छोरी, बहिनीको रक्षा गर्ने, पूजा गर्ने प्रचलन छ । जो संरक्षक छ, उसैले बलात्कार ? यो सोच्नै नसक्ने घटना बिस्तारै समाजमा बढेर जान थालेका छन् । यसबारेमा समाजशास्त्रीहरुले अध्ययन गर्नुपर्छ र समाजलाई सुसंस्कृत र सभ्य राख्नका लागि के गर्नुपर्छ, यसबारेमा सरकारलाई सुझाउनु बेश हुनेछ । अन्यथा पश्चिमाकरणले, इसाइकरणले समाज भताभुङ्गतिर जानथाल्यो । हाम्रो समाजको मूल्य र मान्यतामा ह्रास आउन थालेको लामो समय भइसक्यो, बिस्तारै समाज बिघटन र सांस्कृतिक बिचलनतिर पनि जान थालेको छ । पूर्वीय दर्शनमा आधारित हाम्रो समाजको प्रचलन नासिनु भनेको राष्ट्रिय पहिचान समाप्त भएर जानु हो । समाजमा देखिएको यस्तो बिकृतिलाई सुधार्न आजै हामी सबेले प्रयत्न गरेनौं भने समाज अस्तव्यस्त भएर जाने निश्चित छ 
प्रहरी भन्छ– नशामा लठ्ठ परेको बाबुले फागुन ३ गते छोरीलाई बलात्कार गरेको हो । सातदोबाटो प्रहरीका अनुसार बालिकाले जाहेरी गरेकी हुन् र प्रहरीले आवश्यक कारवाही अघि बढाएको छ । घटना घटेपछि प्रहरी सक्रियता बढ्नु स्वभाविक हो । सवाल बालिका बलात्कार र त्यो पनि बाबुबाटै बलात्कार । यति जघन्य अपराधले समाजलाई कतातिर लाँदैछ ?
घरमा बाबुबाट छोरी सुरक्षित हुन छाडे । मन्दिरमा पुजारीबाट भक्त बलात्कृत हुनथालेका छन् । सामुहिक बलात्कारका अनेक घटना भइरहेका छन् । विदेशीहरु बालयौन दूराचारका लागि नेपाल आउने क्रम पनि जारी छ र बेलाबेलामा विदेशीहरु बलात्कारका घटनामा पक्राउ पर्ने गरेका छन् । दण्डविधान कमजोर भएर अपराधका घटना बढेकोमा शंका छैन । त्यसमाथि अदालतले कडाइका साथ यस्ता पापाचारीमाथि कारवाहीको फैसला नगर्ने र कानुनको छिद्रबाट यस्ता बलात्कारी उम्कन सक्ने कारणले पनि बलात्कारका घटना बढेर गएका छन् । कञ्चनपुरमा निर्मला बलात्कार र हत्या प्रकरण अझै शान्त भएको छैन । प्रधानमन्त्री आफै बलात्कारलाई जसरी पनि पक्राउ गरिन्छ भनिरहेकै छन् । राज्य हल्लाउने त्यो प्रकरण नटुङ्गिदै राजधानीमै बाबुबाट छोरी बलात्कृत भइन् भने यो हाम्रो समाज गलत बाटोतिर उन्मुख भयो भन्दा हुन्छ । समाजलाई सुधार्न समयमै विचार पु¥याइएन भने समाज उच्छृङ्खलताले नष्टभ्रष्ट भएर जानेमा शंका छैन ।
सरकार अनियमितता गरिरहने, प्रशासन भ्रष्टाचार बढाइरहने, अपराधीहरु अपराधमा लिप्त हुने र संवैधानिक अंगहरुसमेत मनलागी गर्न थालेको स्थितिमा सामाजिक मान्यता नै समाप्त पार्ने यस्ता घटनाहरु चानचुने होइनन्, यसमा गम्भीर हुनैपर्छ र समाजलाई पशुत्वकरणबाट बचाउनै पर्छ । हात हातमा मोवाइल, छरपस्ट रक्सीका पसलहरु र युवाहरुमा बढ्दो स्वच्छन्दताका कारणले पनि मानसिकता खराव हुँदै गएको छ । यसमाथि छाडा सिनेमाहरुले गर्दा मान्छेलाई उन्मत्त भैरव बनाउँदै लगेको छ । घटनामा कडा कारवाही त हुनैपर्छ, घटना हुनै नदिनका लागि हाम्रा सामाजिक मान्यताहरुबारेमा चेतना फैलाउनपनि उत्तिकै जरुरी छ । संस्कार र संस्कृतिको महत्व बुझाउन सकियो भने, नैतिकशिक्षामा जोड दिने सकियो भने समाज बचाउन सकिन्छ ।