Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

लोकनेताहरु राजाबाट केही त सिक ।

२१ सोमबार , माघ २०७५६ बर्ष अगाडि

२०२४ साल राजा महेन्द्रलाई अमेरिकाले निम्त्यायो र राजा महेन्द्रको राजकीय भ्रमण भयो । त्यतिबेला नेपालको आन, बान र सान कस्तो थियो, नेपालले के भन्छ भनेर विश्वले कसरी ध्यानपूर्वक सुन्थ्यो । (जततउकस्ररधधध।थयगतगदभ।अयmरधबतअजरुख.द्दत्रण्धम्मग्पग्थत्त) हेर्नुस् युट्यूव  नेपालका राजाले अमेरिकी संसदलाई संवोधन गरेको दृश्य हो यो । अमेरिकी राष्ट्रपति र सांसदहरुले राजा महेन्द्रको कुन प्रकारले हार्दिक स्वागत गर्थे, त्यसको जानकारी आजका लोकतान्त्रिक नेताहरुलाई हुन जरुरी छ ।
नेपालका तर्फबाट अमेरिकाको औपचारिक भ्रमण गर्ने पहिलो राष्ट्रप्रमुख पनि राजा महेन्द्र नै हुन् । राजा महेन्द्रले अमेरिका भ्रमण गरेका बेलामा अमेरिकाको संयुक्त सदनलाई संवोधन गर्दा अमेरिकी सांसद, सरकार र बुद्धिजीवीहरुले मुक्त कण्ठले सह्राहना गरेका थिए । नेपालको विश्व व्यक्तित्व निर्माण राजनेताले कसरी गर्छन्, त्यसको यो महत्वपूर्ण उदाहरण हो ।
हाम्रा नेताहरु, प्रधानमन्त्री अमेरिका भ्रमणमा जान्छन् । राष्ट्रसंघको वैठकमा जम्बो टोली लिएर पुग्छन् । परिवर्तनपछि अहिले संविधान जारी गरेर निर्वाचित सरकार प्रमखु केपी ओलीसमेत अमेरिका पुगे, अमेरिकाले एक मिनेटको समयभन्दा बढी दिएको छैन, त्यो पनि फोटो सेसनका लागि । अमेरिकी राष्ट्रपतिले दिने डिनरमा निम्तोको लागि समेत नेपालले गिडगिडाउनु पर्ने दिनहरु देखिन्छन् । राजा भनेर नाक खुम्च्याउनेहरुले राजाको जति इज्जतप्ुार्० अवस्थामा देशलाई उचालेको भए यिनको कति प्रशंसा हुनेथियो ।
राम्रा काम जसले गरे पनि अनुकरण गर्न जान्नुपर्छ । राजनेता बन्न कुन प्रकारको स्वाधीनता र सार्वभौमिकताको अस्तित्व निर्माण गर्नुपर्छ र देश उठाउनेको इज्जत कसरी माथि उठ्छ भन्ने दृष्टान्त राजा महेन्द्र हुन् । जनयुद्ध, जनआन्दोलनबाट निखारिएका नेताहरु सत्तामा गएको १३ वर्ष भयो, नेपालको अन्तर्राष्ट्रिय इज्जत मटियामेट भएको छ । यहाँसम्म कि रुसले क्रिमिया खाँदा मौन बस्ने नेपालको नीति भेनेजुयलामा अमेरिकाले प्रतिपक्षीलाई मान्यता दियो भनेर बौलाउँछ । नेपालको परराष्ट्रनीति के हो ? अमेरिकालाई बुझाउने मौका थियो, जालेमाले कुरा गरेर अमेरिकालाई झन चिढायो यो सरकारले । यसकारण पनि लोकनेताहरु राजाबाट केही त सिक ।