लोकतन्त्र भनेको बिधिले शासन गर्ने पद्धति भनिन्छ । देशमा लामो संक्रमणपछि संविधान जारी भयो, चुनाव भयो र संविधान कार्यान्वयन गर्न भनेर सरकार पनि गठन भयो । राजनीतिक अंकगणितअनुसार सत्ताधारीस“ग दुई तिहाइ बहुमत पनि छ । अव त राजनीतिक स्थिरता आउनुपर्ने हो । देशले का“चुली फेर्ने राजनीतिक बसन्त ऋतु भनेको यही हो । तर, बसन्त आयो, बहार आएन । राजनीतिमा बहार भनेको स्थिरता र सुशासन हो । न स्थिरता छ, न सुशासन छ । हुनैपर्ने भनेको बिधिको शासन हो, जब बिधिमाथि राजनीतिक स्वार्थ हावी हुन्छ, स्वार्थले काम गरेपछि संविधान निरर्थक साबित हुदैजान्छ । नेपालमा भएको यही हो । यही अव्यवस्थाका कारण सुशासन पर पर धकेलिएको छ र देशमा अराजकता र अस्थिरता कायमै छ । अव त संक्रमणको अन्त्य होला भनेको, संक्रमण त झन बढेर जा“दो छ ।
बुद्धिजीवीहरु भन्छन् अराजक अर्थात राजाहीन, राजनीतिरहित र बिना राजकाजको अवस्था हो । नेपालमा अहिले जे देखिएको छ, यहीमात्र देखिएको छ र नेपाल अराजकताको सिकार भइरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र चलाउने जति पनि रथी महारथीहरु छन्, ती सबै कही“ न कही“ अराजकताका कारण बनेका छन् । भ्रष्टाचार, अनीति, अत्याचार, हत्या, बलात्कार र भ्रष्टाचारका भाइरसहरुमा राजनीति जोडिएकै छ । जब राजनीति अस्थिरताको टीवी रोगस“ग गा“सिएको हुन्छ, तव स्थिरता र विकास, समृद्धि र सुशासन भन्ने कुरा असम्भव प्रायः हुनजान्छ । दुई तिहाइको सरकार भएर पनि स्थिरता दिन नसक्नु सत्ताधारीको असफलता हो ।
अराजकता लोकतन्त्र हुनसक्दैन । अराजकताको अन्त्य गर्न नसक्नु र अधिनायकत्व चलाउन खोज्नु दुबै देशका लागि हानिकारक छन् । देशमा सत्ताधारीहरुले अधिनाकत्व चलाउन थालेको आरोप लागेका छन् र आरोप पुष्टि हुनसक्छ धेरै तथ्यहरुमा सत्ताधारी दल सहभागी भएको देखिन्छ । सत्ताधारी दल नै अराजकता र कानुनविपरित कुराहरुमा समावेश देखिनु भनेको अराजकताको मुख्य कारण हो र संविधानले नोज डाइभ ग¥यो भन्ने प्रमाण पनि हो । संविधान फेल हुनु र मानिसमा किड्नी फेल हुनु उस्तै जोखिमपूर्ण खतरा हो । यो खतरालाई कुनै पनि हालतमा ठिक पार्न सत्ताधारी दल र मानिस सक्रिय र सचेत हुनैपर्छ । राष्ट्रका सम्बन्धमा सत्ताधारी दल सचेत देखिदैन । सत्ताधारीहरु म नै राज्य हु“ भन्ने तरिकाले काम गरिरहेका छन् । कुनै व्यक्ति न राज्य हुनसक्छ, न पद्धति । पद्धतिमा नियमन र सन्तुलनका व्यवस्था मिलाइएका हुन्छन् । म नै राज्य हु“ भन्ने सत्ताधारीले जुन अहंकार देखाइरहेका छन्, अन्ततोगत्वः त्यो अहंकार अन्धकार नै हो । जसले नाममा संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने शव्द लेखे पनि यथार्थमा नामले उज्यालो दिने होइन । उज्यालो बिधिको शासनले दिने हो । बिधि मिच्न बेर नमान्ने र बिधिको भाषणबाजीमात्र गरेर बिधि जनजीवन बन्न सक्दैन । न त राष्ट्रिय धार नै बन्नसक्छ । अहिले जे भइरहेको छ, सत्ताधारीले जे गरिरहेका छन्, त्यो अधिनायकबाद नै हो । अधिनायकबाद जनताको अपेक्षा होइन, जुन सरकारले जनताको कुरा सुन्दैन, न त्यो लोकतान्त्रिक हुन्छ, न जनवादी नै । समाजवादको अनर्थकारी अवस्था यतिबेला नेपालको शासनसत्ता र राजनीतिमा व्याप्त छ, जसले गर्दा राजनीतिलाई अपराधिकरण र भ्रष्ट पार्दै लगेको छ । यसो हुनु देशका लागि दुर्भाग्यजनक स्थिति हो ।