Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

संवैधानिक पदाधिकारीलाई किन सितिमिति कानुन लाग्दैन ?

३० सोमबार , पौष २०७५६ बर्ष अगाडि

भाषा चाहिन्छ,आफ्नो भेष चाहिन्छ,
शिर उठाइ बांच्न आफ्नो देश चाहिन्छ 
नागरिकका लागि सत्य यहीहे । देश के हो, माटो के हो, आफ्नो परिचय हुनुको गर्व के हो ? यो जान्नका लागि हामीले प्यालेस्टाइनतिर हेर्नुपर्छ, इजरायलतिर नियाल्नुपर्छ । तिनले एकमुठी माटो, आफ्नो परिचयका लागि जुन संघर्ष गरे, त्यसबाट थाहा हुन्छ, आफ्नो राष्ट्रिय पहिचानको महिमा र गरिमा कस्तो हुन्छ ?
१९४७ सम्म अंग्रेजको बुटले किचिएका भारतीयहरुले जब स्वतन्त्रता प्राप्त गरे, तव उनीहरुलाई स्वतन्त्रताको महत्व बोध भएको छ र आज प्रत्येक भारतीय विश्वका जुनसुकै कुनामा जाउन्, जतिसुकै तल्लो स्तरको काम गरुन्, तिनको मुखबाट निस्केकै हुन्छ– मेरा भारत महान ।
हामी नेपाली सदैव स्वतन्त्र रह्यौं । मुगलदेखि अंग्रेजसम्मले हमला गरे, सबैलाई परास्त ग¥यौं । हामी जन्मजात जेठो र स्वतन्त्र मुलुक हौं । हामीले कहिल्यै कसैको उपनिवेश भएर बाँच्नु परेन । यसैले हामीलाई हाम्रो स्वतन्त्रता सस्तो लागेको हुनसक्छ । त्यसैले हाम्रा नेतृत्वगणले राष्ट्रिय स्वतन्त्रताप्रति खेलाची गरेको हुनसक्छ । जसले नेपाल एकीकरण गरेर हामीलाई सानो गोर्खाबाट नेपाली बनायो, त्यो महापुरुषप्रति आज आलोचना गरिरहेका छौं, त्यो महापुरुषको पूजा गर्न हिचकिचाइरहेका छौं । पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन सरकारले समेत कञ्जुसी ग¥यो, राष्ट्रिय बिदा दिएन । राष्ट्रपतिलाई फूलमाला पठाउने सरकार आफै बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिक सामु उभिएर श्रद्धाञ्जली अर्पण गर्न सकेन ।
सरकारको यो निर्लज्जत किन ? सरकार कोसँग डराइरहेछ ?
सरकार प्रमुख केपी ओली बडामहाराजाधिराजले एकीकरण नगरिदिएको भए हामी नेपाली हुने थिएनौं भन्छन्, मान्छन् तर सिंहदरवारको ढोकामा राखिएको पृथ्वीनारायण शाहको सालिक पुग्न उनलाई लज्जाबोध भएको छ । जसले यो देश आज्र्यो, जसले आर्जेको देशको प्रधानमन्त्री पद खाइरहेका छन्, उनीभित्रको यो भय देख्दा लाग्छ, नेपाल सरकारलाई पृथ्वीनारायण शाहको वीरता, साहसको कुनै कदर नै छैन ।
जसले नेपाली हुनुको गौरव गर्दैन, उसले के देशको भलो गर्छ ? आजको नेपाल जसको देन हो, जसले नेपाली भनेर चिनायो, ती पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्न नसक्ने व्यक्ति कसरी सच्चा नेपाली ?
राष्ट्रिय दिवसलाई छिःछिः दूर दूर गर्ने केही व्यक्ति र नेपाल सरकारमा भिन्नता नै के रह्यो ? सरकार, नेपाली हुनुको अर्थ त सम्झ ।