Advertisement Banner
Advertisement Banner

२३ शनिबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

किन चाहियो जाति र क्षेत्र?

३० सोमबार , चैत्र २०७१११ बर्ष अगाडि

पहिले देश चाहियो। देश बचाउने बेलामा जातिवाद अथवा क्षेत्रवादी बन्नुको न तुक छ, न औचित्य नै देखिन्छ। देशभित्रका तत्व हुन् जाति र क्षेत्र भनेको। देश रहेन भने जाति र क्षेत्र च्यापेरमात्र के गर्ने? देश बचाउने, देश बनाउने संविधान निर्माण गर्ने समय हो यो। धेरै समय खेर फालिसक्यौं, अव त सचेत हौं, अव त देशका लागि केही योगदान गरौं। अझै जाति र क्षेत्र च्यापेर ल्हासा जाने कुतिको बाटो किन हिडिरहने? बर्गसंघर्ष सिद्धान्त भएका कम्युनिष्ट र क्षेत्रवादी मधेसीसाग मिलेर जाति जातीय पहिचान र आत्मनिर्णयको अधिकारसहितको स्वायत्त मधेसको पक्षको वकालत गरेपछि संविधान निर्माण असम्भव भइरहेको छ। जनादेशले निर्माण गरेको संविधानसभाले आफ्नो कोर्स लिन सकिरहेको छैन। संविधानका बारेमा संविधानसभामा छलफल नै हुादैन, राजनीतिक संवाद, सहमति र सहकार्यको प्रयास बाहिर बाहिर पो खोज्न थालिएको छ। बाहिरै संविधानका अन्तरवस्तुमा सहमति खोजिने भए संविधानसभा किन चाहियो?
प्रश्न अनेक छन् र उत्तर केही छैन। अनेक प्रश्नमा थप प्रश्न के पनि छ भने संविधानसभा र सडकका अन्य राजनीतिक शक्तिहरुसाग सहमति खोज्ने कि नखोज्ने? तिनको सहमति बिना बनेको संविधान दीर्घजीवी हुनसक्छ? बैधानिकता प्राप्त होला?

सबैका लागि ग्राह्य भएन भने त्यस्तो संविधानले कसरी शान्ति र सुशासन कायम गराउन सक्ला र? यसअघिको उत्कृष्ट संविधानले त देशलाई द्वन्द्व बढायो र रगतको होली खेलायो, कहीा चारशक्तिको सहमतिमा संविधान बनिहाल्यो भने त्यो संविधानले थप द्वन्द्व बढाएर देशलाई रगतको पोखरी बनाउने दर्भाग्य ननिम्त्याओस्? यसकारण मधेसवादी र माओवादीले नेपालवादी हुनुपर्छ भनेका हौं हामीले। यी दुई शक्तिले जातिवाद र मधेसवाद बोकेर हिड्नु भनेको अस्थिरता र अराजकताको आगेनो फुक्नु हो। हेक्का रहोस्, आगोको न मित्र हुन्छ, न शत्रु। आगोको धर्ममात्र हुन्छ र आगोले जे भेट्टायो खरानी बनाउनु हो। आगो बोकेर माओवादी र मधेसवादी आफूलाई केही जाति र क्षेत्रको परमेश्वर हुन खोजेका छन्। चुनावका बेलामा त्यो काम लाग्ला, आत्मतुष्टि पनि होला तर, जब राष्ट्रको सवाल आउनेछ, त्यतिबेला मधेस र माओवादीहरु एकताविरोधी, देश विरोधीमा दर्ज हुनेछन्। कसैले पनि उनीहरुलाई देशवादी भनेर गर्व गर्ने स्थिति रहनेछैन। यसकारण हामीले नववर्ष २०७२ को अवसरमा सबै राजनीतिक दलहरुलाई आह्वान गर्छों कि संविधान निर्माणका सवालमा राजनीतिक बादलाई थााती राखौं र नेपालवादी बनौं। नेपाल रह्यो भने, राजनीतिक झगडा जति गरे पनि हुन्छ। तेरो, मेरो जति तानातान गर्न पनि पाइन्छ। नेपालै रहेन भने कहाा राजनीति गर्ने? कम्तिमा राजनीतिक धरातललाई खण्डित पार्ने पाखण्डचाहिा नगर्दा बेश हुनेथियो।