Advertisement Banner
Advertisement Banner

२३ शनिबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

यस्ता हुनुपर्छ मुख्य सचिव बनाऔं

१६ सोमबार , पौष २०७५७ बर्ष अगाडि

पैसा बढी पाइन्छ भनेर एडीबीमा खरदारको जागीर खान जाने मुख्य सचिव पनि यही देशमा देखियो । पैसा धेरै कमाइन्छ भनेर पार्टीका बडे नेताका नातेदारहरुलाई युएन मिसनमा पठाउने, घूस खान पाइन्छ भनेर ठूला ठूला योजनाको जिम्मेवारी दिने, एयरपोर्ट, भन्सार, राजस्वमा प्रमुख बनाउने र बन्नेहरु पनि यही देशमा देखिए । तर उपसचिव प्रेमप्रसाद सञ्जेलजस्ता कर्मचारी आजसम्म यो देशले देखेको थिएन ।
यिनै हुन् उपसचिव प्रेमप्रसाद सञ्जेल जसले प्रधानमन्त्रीलाई ललकारे, आजसम्म एकसुको दाम घूस नखाएको दावी गरे ।
नेपालको निजामती प्रशासनमा टे«ेड युनियन खोलेर कमाउने धेरै कर्मचारी छन्, नातापाता, घूस ख्वाएर कमाउने पनि धेरै छन्, प्रेमप्रसाद सञ्जेलजस्ता अधिकृत पनि छन् भनेर देख्न पाइएको थिएन ।
एउटा सांसद निस्के झापाबाट राप्रपाका सांसद राजेन्द्र लिङ्देन जसले सिधै जनताका सामु उभिएर उद्घोष गरे– घूस खान्न, खाए“ भने आमाको रगत खाएसरह हुनेछ । ती पहिलो सांसाद हुन् जसले आमाको गौरव राखे ।
कर्मचारीमा प्रेमप्रसाद सञ्जेल हुन्, जसले आजसम्म घूस खाएको छैन भनेर शीर उठाएर भनेका छन् । यी रहेछन् नेपाल आमाका सपुत ।
आज देश गरीव भएको छ, नेता र कर्मचारीका हाकिमहरु धनी भएका छन्, निष्ठा र नीति, नैतिकता र लोकलज्जा गुमाएर । कुनै कुनै खरदार सुव्वाका करोडका घर छन्, संवैधानिक निकायमा रहेका व्यक्तिका अरवका सम्पत्ति, दरवारजस्ता निवास छन्, राजनीतिमा लागेका र राजनीतिक दलाली गर्नेहरु, कमिशन एजेण्टहरु त खर्वौंका मालिक नै छन् ।
कर्मचारी र नेताको मिलोमतोमा राजस्व खाने, राजस्व मार्ने, राजस्व हराउने गरेका छन् । प्रहरीले पक्राउ गरेको सुनसमेत हराउने देश यो । राजनीतिक दबाबमा बलात्कार र हत्यालाई समेत धोइपखाली गर्ने प्रहरीले चलाएको शान्ति सुरक्षाको देश यो, भ्रष्टाचारीलाई धमाधम अदालतले सुनपानी छर्कने देश यो, आमनागरिकलाई कानुन लाग्ने, प्रभावशाली कसैलाई पनि कानुनले नछुने देश यो, यो देशमा खिया, काई, लेउ, भाइरस भनेकै भ्रष्टाचारमा, पदको दुरुपयोगमा रमाउनेहरु हुन् ।
यी सबै भ्रष्टाचारीहरुलाई एकजना कर्मचारी र एकजना नेता उभिए, जसले घूस खाएको छैन, घूस खान्न भनेर भन्ने हिम्मत त गरे ।
देशले खोजेको नेता, रोजेको कर्मचारी यस्ता हुनुपर्छ । तवमात्र देश निर्माण हुनसक्छ । प्रधानमन्त्रीले हरेक दिन रट्ने पाठ समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्ने मार्ग यही हो । भ्रष्टाचारमा आहाल बसेर बोल्दैमा हुन्न, यस्ता नेता र कर्मचारीलाई ग्रुम गर्ने साहस पनि देखाउन पर्छ राज्यले ।