Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

ज्ञानेन्द्र शाह निस्के त

०९ सोमबार , पौष २०७५६ बर्ष अगाडि

केपी ओली र प्रचण्डले जतिसुकै हपारे पनि ज्ञानेन्द्र शाह सेलाएका छैनन्, देश र जनताप्रतिको दायित्वबोध गर्दै देशको हालत जान्न र जनताको कुरा सुन्न यतिबेला ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । पश्चिमाञ्चलबासीले दिल खोलेर राजा आउ देश बचाउ भन्ने नारा लगाए । यो नारा पोखरामा गुञ्जियो होला तर यसको प्रतिध्वनी सिंहदरवार, शितल निवासदेखि विश्वजगतले समेत सुनेको छ । आमनागरिकले अस्वभाविक ढङ्गले पहिलेका राजाको स्वागत र सत्कार गरेको र राजाकै रुपमा ज्ञानेन्द्र शाहलाई व्यवहार गरेको देख्नेहरु आश्चर्यचकित परेका छन् । यो सब राजनीतिक दलका नेताहरुले देशलाई लुटेको र कूशासन चलाएको परिणाम हो । यसमा शंका छैन ।
हो, राजा फालिएका मुलुकहरुमा राजनीतिक नेताहरुले नकाम गरे, अधिनायकत्व चलाए, निरंकूश बनेका कारण पुन:राजतन्त्र स्थापित भएका उदाहरणहरु धेरै छन् । आजको थाइलेण्ड र बेलायत यसको उदाहरण हुनसक्छ, कम्बोडिया पनि उदाहरण नै हो भन्न सकिन्छ ।
त्यसो भए के नेपालमा पुन:राजतन्त्र स्थापित हुनलागेको हो त ? नेपालमा हजारौं हजार संघीय संसद, केन्द्र सरकारदेखि गाउँपालिकासम्म राजा बनाइएका छन्, । सिंहदरवार गाउँसम्म पुर्‍याउने भनेर सिंहदरवारको भ्रष्टाचार गाउँसम्म पुगेको छ । यति धेरै सरकार अर्थात लोकतान्त्रिक राजाहरु पाल्नका लागि जनताले जन्मदा, मर्दा, बाँच्नका लागि सामान्य काम गर्दासमेत व्यापक रुपमा कर तिरिरहेका छन् । संघीयता यति महगो होला भनेर कसैले पनि अनुमान नै गरेका थिएनन् । जनताले गाँस काटी काटी, नाङ्गै भएर दलीय राजाहरुलाई पाल्नुपर्ने कारणले पनि जनतामा नैराश्यता छाएको छ । यसबाहेक काम केही नहुने र जता हेरे पनि भ्रष्टाचार र अनियमिततामात्र देखेपछि जनता आक्रोसित समेत बन्नपुगेका छन् ।
यतिधेरै राजाहरु पाल्नुभन्दा त एकताको शूत्र राजतन्त्र नै ठिक भनेर जनताहरु ज्ञानेन्द्र शाहका पछाडि लागेका हुन् । प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डले फूर्ति गर्ने ठाउँ छैन किनकि यी दुई तिहाइवालाहरुको कतै पनि जयजयकार भएको छैन, हुनैसक्दैन । यिनीहरु भनेका भ्रष्टाचार गर्ने विदेशीका पुतला हुन् भन्ने सबैले देखिसके, यिनीहरुप्रति घृणा बढेको छ । जनपयोगी, देशोपयोगी एउटा पनि काम गर्न नसक्ने नेकपा ९ महिनामै यसरी बदनाम हुनेछ भनेर मतदाताले सोचेका पनि थिएनन् । कम्युनिष्ट सरकार कमाउ सरकार बनेपछि जनताले पहिलेका राजा ज्ञानेन्द्र शाहको जयजयकार गरेका हुन् । मलाई खोजे म यहीँ छु भनेका ज्ञानेन्द्र शाहले यहीँ भएको अनुभूति जनतालाई गराइदिएका छन् । राजा र जनता फेरि एकाकार हुनथालेका घटनाहरु बढेका छन् । ज्ञानेन्द्र शाहले चाहे भने यो राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापित हुनसक्छ भन्ने प्रमाण जनताको समर्थनले देखाएको छ ।
ज्ञानेन्द्र शाह सुदूरपश्चिम, मध्यपश्चिम, पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चल जता गए पनि माहुरीको रानो बन्ने गरेका छन् । माहुरी रानुको पछाडि झुम्मिएको देखिन्छ । यो कुनै प्रायोजित भीड होइन, जसले ज्ञानेन्द्र शाहको जयजयकार गरेको होस् । २०६३ सालदेखि आजसम्म पनि ज्ञानेन्द्र शाह एउटा सच्चा नेपालीको धर्म निर्वाह गरेर बसेका छन् । उनले कुनै कानुन वा संविधानका कुनै प्रावधान उललंघन गरेका छैनन् । मठमन्दिर पूजा गरेर बसेका ज्ञानेन्द्र शाहप्रतिको आकर्षणले नेपालमा अर्को परिवर्तन देखिदैछ ।