Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

प्रधानमन्त्री जी, यी शिक्षक र मन्त्रीलाई किन कारवाही भएन ?

२४ सोमबार , मंसिर २०७५६ बर्ष अगाडि

प्रचण्ड सरकारका पालामा स्वागत गर्न स्कूले बालकालिकालाई कष्टप्रद रुपमा उभ्याइयो, मानौं होमवर्क नगर्ने विद्यार्थीलाई कडा दण्ड दिने माष्टरको फेला परेका हुन् । सुर्खेतकी ९ कक्षाकी विद्यार्थी समीक्षा आचार्य बेहोस भइन् र कुनै उपचारले पनि उनलाई होसमा ल्याउन सकिएन, उनले प्राण त्याग गरिन् । यसको जिम्मेवारी न शिक्षकले लिए, न तत्कालीन प्रधानमन्त्री प्रचण्डले नै लिए । विद्यार्थीमारा लोकतान्त्रिक सरकारको अनुहार त्यतिबेलै देखिएको हो ।
पुन: गतहप्ता खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको स्वागत गर्न भनेर पोखरामा नाङ्गो खुट्टा बालबालिकालाई घण्टौं उभ्याइयो । चिसो मौसम, त्यसै पनि कला बालबालिकाका कमला खुट्टा । खेलकुद महोत्सव उद्घाटन गर्न बालबालिकालाई नाङ्गा खुट्टा उभ्याउनु ठिक कि बेठिक ? विद्यार्थीमाथि यतिसम्मको अत्याचार भइरहेको छ । लोकतान्त्रिक सरकारले विद्यार्थीलाई राजनीति सिकाइरहेको छ कि शिक्षा ?
स्कुललाई शान्ति क्षेत्र बनाउने भाषण गरेर नथाक्ने कम्युनिष्टहरु अव विद्यार्थीको घोर दुरुपयोग गर्न थालेका छन् । गणतन्त्र दिवस होस् कि संविधान दिवस, जनता नआएपछि स्कुले बालबालिका, कर्मचारी, सेना, प्रहरी र किनेका सांस्कृतिक टोली ल्याएर तामझाम गर्ने प्रवृत्ति झन झन विकास भएको छ । यस प्रकारको गलत तरिकाले समृद्धि र शान्ति कसरी आउँनसक्छ प्रधानमन्त्रीजी ? विद्यार्थीलाई अहिलेदेखि नै राजनीतिका लागि दुरुपयोग गर्दा तिनले असल नागरिक बन्न कसरी सिक्लान् ?
नेता र शिक्षकमा फरक हुन छाड्यो । विद्यार्थीलाई राजनीतिक हतियार बनाउन रोकिएन । यसप्रकारका क्रियाकलाप भइरहदा पनि प्रधानमन्त्री चुप रहने हो, त्यस्ता मन्त्रीलाई कारवाही नगर्ने हो भने यो प्रचलन झन झन बढेर जानेछ । जनताको विश्वास जित्नेले जनतालाई सहभागी गराउन सक्नुपर्छ । जुन जुन क्षेत्र हो त्यस क्षेत्रका व्यक्तिहरुलाई आकर्षित पार्न सक्नुपर्छ । साना कलिला विद्यार्थीले अराजनीतिबाट शान्ति र असल शिक्षा लिन सक्नेछैनन् । विद्यार्थीलाई अविवेकीहरुले गलत ढङ्गले उपयोग गर्दा विद्यार्थीको मानसिकता स्वस्थ हुनसक्दैन । शिक्षाको विकास यसरी हुन्न ।
स्वस्ती गरेर स्कूल, कलेजका शिक्षकले मन्त्री रिझाउने र व्यक्तिगत लाभ हासिल गर्नेछन्, यसैको परिदृश्य हो बालबालिकाको प्रयोग । बालबालिकालाई पढ्ने पढाउने वातावरण दिन नसक्ने हो भने केपी ओलीको सरकार हरेक क्षेत्रमा असफल भएझैं शिक्षा क्षेत्रमा पनि असफल हुनेछ । शिक्षकहरु राजनीतिका प्यादा बन्ने क्रम रोकिने छैन । अव त स्थिरता आयो भनेको, उही बेढङ्गे चाला । खाली उखान हालेर र बुद्धिजीवीहरुलाई तर्साएर आफ्नो स्वस्ती शान्ति आरती उतार्न लगाउने सरकारले प्रगति केही गर्न सक्दैन । यसकारण सरकारले तत्काल आफन गलत क्रियाकलाप र सोच बदल्नुपर्छ, स्वस्थ र जनअपेक्षा बुझेर चल्नसक्ने साँचोमा आफूलाई ढाल्नुपर्छ । अन्यथा यो सरकारका विरुद्ध अभिभावकहरु पनि लाग्नुपर्ने दिन धेरै पर छ जस्तो लाग्दैन । प्रधानमन्त्रीजी चेतना रहोस् ।