Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

नेपाल इसाई देश बनाउने षडयन्त्र

१७ सोमबार , मंसिर २०७५६ बर्ष अगाडि

सरकार नै नाङ्गै हुन्छ भने त्या देशको भविष्य अन्धकार हुन्छ । किन राजतन्त्र मासेर धर्मनिरपेक्ष संविधान घोषणा गरियो ? यसको नतिजा आउन थाल्यो । दुई तिहाई बहुमतको सरकार स्वयम् इसाइकरणका लागि नाङ्गेझार भएर सघाउँछ, संलग्नता हुन्छ भने त्यो देशको धर्म मासिन्छ, त्यो देश संकटमा फस्छ र देशको भविष्य अन्धकारतिर लाग्छ । यही दृश्य यतिखेरको नेपालको दृश्य हो । यो कसैले भनेको सुनेर होइन, राजधानीमा इसाइहरुले जुन प्रकारले नेपालमाथि धार्मिक आक्रमण गरे, त्यो सबै नेपालीले देखे, इसाइहरुले नेपालाई इसाई देश बनाउने घोषणा गर्दा सरकार दङ्ग परेको देखियो, प्रधानमन्त्री १ लाख डलरको पुरस्कार थापेर मुसुमुसु हाँसे । अव देशको भविष्य सुखद रहेन ।
इसाई धर्मका गुरुहरुले नेपाली राजनीतिको शीर्षमा कसरी पुगेका रहेछन्, तिनको घूसपैठले कुन रुपमा काम गरेको रहेछ, नेपाली नेताहरु इसाईको जालोमा कसरी परेका रहेछन्, स्पष्ट भयो । राज्यकोष, राज्यस्रोतसाधन सबै इसाईका लागि उपयोग गर्नुले पनि यो सरकार नेपाल र नेपालीको हितमा होइन, विदेशी मिसनमा काम गर्न थालेको देखियो ।
अझै प्रतिपक्ष कडा रुपमा आएन । हिन्दुधार्मिक गुरु, अनुयायी र संघसंगठनहरु अगाडि आएनन् । नेपाल ठूलो संकटमा फस्यो फस्यो ।