
अनि सरकारले आफ्नो प्रतिवद्धता कसरी पूरा गर्नसक्छ ? सरकार गठन हुनासाथ प्रधानमन्त्रीले ७ लाख रोजगारी सिर्जना गर्ने भनेर फुर्ति लगाए,८ महिना हुनलाग्यो ८ सय रोजगारी पनि सिर्जना हुनसकेका छैनन् । हो, ७ सय ६१ सरकारमा अधिकांश नेकपाका छन्, तिनका सहयोगी, सल्लाहकार, सचिव, अरौटे भरौटे जोड्दा दुई पाँच हजारले रोजगारी पाएका होलान् । नेकपाका कार्यकर्ताले जागीर पाउनु भनेको देशमा रोजगारी सिर्जना हुनु नभएर ढुकुटीको सत्यानासमात्र हो । कार्यकर्ता पालेर देश पालेको दम्भ देखाउन सरकारलाई सुहाउँदैन । सरकारमा गएपछि नेकपा पालक होइन देश पालक बन्नुपर्छ । देशको प्रगति सोच्नुपर्छ । कसरी नेकपा बलियो हुन्छ, कार्यकर्ता धनी बन्छन् भनेर सोच्नु ओली सरकारको सबैभन्दा कमजोर र आलोचनाको पक्ष रहेको छ ।
पासपोर्ट विभागलाई पासपोर्ट बनाउन भ्याइनभ्याई हुनु र एयरपोर्टमा दैनिकै हजारौं युवायुवती विदेश जाने होड चल्नुले दुईतिहाईको सरकार निकम्मा सरकार हो भन्ने पुष्टि हुन्छ । त्यसमाथि सरकारका मन्त्री नै मलेसियादेखि जापानसम्म कोटा बढाइदिनु पर्यो भन्नु, वैदेशिक रोजगारीका ढोकाहरु अरु खोल्नतिर लाग्नु र देशमा उद्योग धन्दातिर नलाग्नुले समेत सरकार समुन्नति र सुशासनमा लागेको अनुभूत गर्न सकिदेन । चीनबाहेक कुनै विदेशी लगानी नेपाल नभित्रनु र उत्पादनशील उद्योग स्थापना नभएर व्यापारघाटा बार्षिक बजेटको हाराहारीमा पुग्नुले पनि नेपालको अर्थतन्त्रको ढाड भाँचिने स्थितिमा पुगिसकेको छ । अझै सरकार पासपोर्ट उत्पादनतिर लाग्ने, रोजगारी उत्पादनमा नलाग्ने ,