Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

आयल निगममा ३ अर्व बोनस

२१ सोमबार , श्रावण २०७५७ बर्ष अगाडि

नेकपासँग दुई तिहाई छ र नेकपाको सरकारलाई कसैले हल्लाउन सक्दैन । नेकपाको सरकारले हरेक दिन भनिरहेको छ– सुशासन र समृद्धि यो सरकारको पहिलो प्राथमिकता हो । १० वर्षमा नेपाललाई स्वर्ग बनाइन्छ । राजनीतिक क्रान्ति सकियो, अव आर्थिक क्रान्ति गर्नुपर्छ । भ्रष्टाचारमा क्रान्ति गरिरहेको छ र नैतिकताको कसीमा कमजोर बन्दैछ । यसको उदाहरण विपक्षीले के भने भनेर सुन्नै पर्दैन, नेकपाको सरकार आफै हल्लिरहेको छ, असफल हुँदैछ भन्ने कुरा नेता नारायणकाजी श्रेष्ठले साबित गरिदिएका छन् । नारायणकाजीको मत छ– समृद्धिको लक्ष हाासिल गर्न भ्रष्टाचारको उन्मुलन र सुसासनको स्थापना अनिवार्य शर्त हो । तर आफ्ना वरिपरिका बाहेक अरुको भ्रष्टाचार रोक्न खोज्ने हो भने भ्रष्टाचार कहिल्यै रोकिन्न र समृद्धि कहिल्यै आउँदैन भन्ने कुरा समयमै बुझ्नु जरुरी छ ।
प्रधानमन्त्री केपी ओली भन्छन्– कांग्रेस माइतीघरमा सिमित भयो । तिनै ओलीले भनेका छन्– कांग्रेसले कामै गर्न दिएन । माइतीघरमा सिमित भएको कांग्रेसले कसरी काम गर्न दिएन ? यस्ता कमजोर मानसिकताका कुरा गरेर अव आमनागरिकलाई हाँसोको पर्रा छुटाएर न शान्ति आउँछ, न सुशासन कायम हुन्छ, न त समृद्धिको ढोका नै खुल्छ । आफूले बोलेको कुरा शिद्ध गराउन कलकत्ताबाट सामान्य मोटरबोटलाई नारायणघाटसम्म ल्याउन कस्सिने सरकारले बिग्रेको बाटो मर्मतमा, पूर्वपश्चिम, उत्तरदक्षिण जोड्ने राजमार्ग निर्माणमा ध्यान दिने हो भने समृद्धि आफै आउँछ । सिंहदरवारमा जुन तरिकाले भ्रष्टाचार मौलाइरहेको छ, त्यसलाई रोक्ने हो भने सुशासन स्वत: गाउँ गाउँसम्म पुग्छ । अदालतमा जुन तरिकाले राजनीतिक हस्तक्षेप बढाइएको छ, त्यसलाई रोक्ने हो भने विधिको शासन कायम हुनजानेछ ।
शिक्षा, स्वास्थ्य, सडक, सुरक्षा र रोजगारी यत्ति विषयमा सरकारले शून्य भ्रष्टाचार गराउन सक्ने हो भने राज्य ढुकुटीमाथि जुन प्रकारको लूट चलिरहेको छ, ती सबैमा रोक लाग्नेछ, केही गरौं भन्ने भोक जाग्नेछ । देशलाई के दिने, कसरी दिने, के दिउँ भन्ने जागरण फैलिनेछ । छैन, सत्ताधारीहरु जुनसुकै क्षेत्रमा पनि भ्रष्टाचार गरिरहेका छन् । सर्वसुलभ र जनतासम्मको पहुँच भएको मेडिकल शिक्षाको लागिसमेत नागरिकले अनसन बस्नुपर्ने, हत्याजस्तो अपराधमा न्याय पाउँ भनेर ६ वर्षदेखि अनसन पनि अनसन बसिरहनु पर्ने स्थितिसम्म सुधार हुनसकेको छैन, केको समृद्धि, केको सुशासन ? सुशासनका लागि कानुन गोर्खे लौरी बन्नसक्नुपर्छ तवमात्र विधिको शासन कायम हुनेछ । यतिबेला विधिको शासन भनेको किसानले खेतबारीमा चरा भगाउन ठड्याएको बुख्याँचाजस्तो मात्र छ । धन हुनेले कानुनलाई खेलाउन सक्ने परिस्थिति भनेको अराजकता हो । अदालत मन्दिर बन्न नसक्नु, चलखेल हुन्छ, सुधार गर्छु भनेर प्रधानन्यायाधीश नियुक्ती हुनेबेलामा जो कोहीले भन्दै आएको विषय हो । यसबाट के थाहा हुन्छ भने लोकतन्त्रको आवरणमा नेपालमा कानुनको शासन देखावटीमात्र छ ।
यसकारण संघीय लोकतन्त्रमा जे जस्ता तमासाहरु देखिएका छन्, ती तमासाले सुशासन र समृद्धि आउनसक्दैन । समृद्धिका लागि जो कोहीले गरुन्, भ्रष्टाचार र अनियमितता सह्य हुनुहुन्न । अनुहार हेरेर भ्रष्टाचार सही र गलत हुने दिन रहेसम्म सुशासन र समृद्धिको सपना कोरा लाग्छ । यस्ता कोरा कुरा र कामलाई रोकेर सही र सत्य कुरा र काम गर्ने कि ?