Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

अधर्मीहरुको देश हो यो?

०९ सोमबार , चैत्र २०७१११ बर्ष अगाडि

जीवको आ–आफ्नो धर्म हुन्छ। विवेकहीन पशुले पनि आफ्नो धर्म निर्वाह गरेका हुन्छन्। विवेकशील त धर्ममा चल्नैपर्छ, धर्मको बन्देज र सीमामा रहनैपर्छ। विवेकशील विवेकहीन भइदियो भने सभ्यताको विनास हुन्छ। नेपाल त त्यसै पनि

ऋषिमुनीहरुको देश। प्राकृतिक सम्पदा, जडीबुटीको भण्डार र ज्ञानीहरुका लागि ज्ञानको खोज गर्न उपयुक्त थलो। यस्तो देश अधर्मीहरुको देश कसरी हुनसक्छ? केही कालखण्डका लाग, संक्रमण समापन गर्ने प्रक्रियामा रहदा अधर्मीपन देखिए पनि

नेपाल कहिल्यै अधर्मीहरुको देश हुनसक्दैन। हुनु पनि हुन्न। यो पुण्यभूमिको गरिमा र महिमा कायमै हुनुपर्छ, महिमाको मण्डन हुनसक्दैन। नेपालको गौरव समाप्त हुनुहुन्न। तथापि प्रश्न उठेको छ– राजनीतिक दलहरुले, दलीय नेताहरुले आ–आफ्ना

धर्म निर्वहन गरेका छन्? राज्यका समष्ठि अंगहरु, अंग प्रमुखहरुले आ–आफ्ना धर्म पालनामा इमान्दारिता देखाएका छन्? अधिकारकर्मी, नागरिक समाज, समाजका सबै तह र तप्काले आ–आफ्ना धर्म पालना गरेका छन् कि छैनन्? सबैले कर्तव्यको

बोध र धर्मपालना गरेको भए मुलुक यसैगरी ढुंगेयुगतिर, राक्षसी समयतिर फर्केको अनुभूति गर्नुपर्थ्यो र? सही कुरो हो, हामीले, हाम्रो राज्य र राज्यका सबै संस्था वा व्यक्तिहरुले धर्म निर्वाह गर्न च्यूत भएका छौं। हाम्रो नैतिक च्यूतपनाका कारण मुलुकले

सही मार्ग, मुलुकबासीले शान्ति र सभ्यताको वातावरणमा जिविकोपार्जन गर्न नपाएका हुन्।
धर्म सबैको हुन्छ। धर्मभित्रै आ–आफ्ना प्रकृतिहरु हुन्छन्। धर्म भनेको चरित्र र आचरण हो। आचरणमा आएको विचलन, विग्रह र प्रदूषणका कारण हामी एकापसबाट टाढिदैछौं, तामसीपन बढेर गएको छ, सहृदयता र सद्भावपन नामेट हुनेक्रममा

देखिन्छ। हामी एक थियौं, एकबाट अनेकमा बिभाजित हुनथालेका छों। हामी पवित्रतामा बाँचेका थियौं, यसलाई अझ पवित्रता पार्ने कसरी भन्ने जिम्मेवार बर्गले विषको घोल खन्याइदिदा 'मृत्यु'तिर अग्रसर भएका छौं। जीवन खोज्ने मौसममा म्युत्यु बरण

गर्न बाध्य पारिदा अधर्म बढेर गएको छ। यो अधर्मको मूल राजनीति हो, राजनीतिमा अधर्म बढेपछि समूल समाज, देश नै बिग्रह र बिभाजन हुनेरहेछ। मानसिक रुपमा विभाजित भइसकेका छौं, यसलाई जोड्ने कडीभन्दा फोड्ने र तोड्ने राजनीतिक

व्यापार बढेको छ। यही कारणले घृणाभाव बढ्न थालेको छ। मान्छेले मान्छेमाथि घृणा गर्न थालेपछि प्रगति सम्भव हुन्न, विनास अवश्यम्भावी देखिन्छ। हामी जनजन यतिखेर विनासलीलाको सन्निकट पुगिसकेका छौं।
राजनीति हामी १ सय २५ जातिका नागरिकहरुलाई हक, अधिकार, समानताको तीर्खा मेटाउने जागरण भर्ने आवरणमा एकदोस्राप्रतिको समन्वय, सामान्जस्यताको अन्त्य गराउन थालेको छ। राजनीति देश सम्पन्न पार्ने जोडन हुनुपर्ने हो, स्वार्थलाई

प्राथमिकता दिएर सेवा गर्ने विशेषतालाई व्यापारको हतियार बनाएर नेताहरु अधर्मी बनिरहेका छन्। जहाा अधर्म हुन्छ, त्यहाा सर्वकल्याण सम्भव नै हुन्न। हामी सर्वकल्याणको कामना गरिरहेका छौं, नेताहरु निजी कल्याण हेरेर महान देशलाई

अधर्मीको देश बनाउन खोजिरहेका छन्। यस्ता नेताहरुलाई कर्तव्यनिष्ठ मार्ग देखाउने जनताले नै हो है।