Advertisement Banner
Advertisement Banner

०५ शनिबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

मोदी फकाउने, उनका सांसद तर्साउने

३१ सोमबार , बैशाख २०७५८ बर्ष अगाडि

भारतका भाजपाका सरकार प्रमुख नरेन्द्र मोदीले निकै मीठो कुरा गरे, नेपालसँग मिलेर अघि बढ्न तैयार रहेको जनाउ पनि दिए । नेपाली जनमानसमा मोदीका प्रति नाकावन्दी र सीमा अतिक्रमणका विषयलाई लिएर साह्रै तिक्तता देखे पनि मधेसको आँखा चिम्लेर गरेको स्वागत र मधेसको विकासमा एक अर्व ६० करोड दिने घोषणा गरेर राजधानी छिरेका मोदीले सोही दिन साँझको संयुक्त पत्रकार सम्मेलनमा पनि नेपाली मन जित्ने प्रयास गरे । यसरी नरेन्द्र मोदी जसरी पनि नाकावन्दीका पीडा र अन्य समस्याहरु भन्दा पनि नेपाली ध्यान आफूतिर खिच्ने सौहाद्रता र नरमीपन प्रदर्शन गरिरहे पनि भाजपाकै सांसद कीर्ति आजादले भारतबाट नेपाली घाउमा नूनचूक दल्ने काम गर्न पछि परेनन् । यसबाट पनि नरेन्द्र मोदी डबल रोल खेलिरहेका त छैनन् भन्ने बुझ्न सकिन्छ ?
भाजपा सांसद कीर्ति आजादले ट्वीट गरिदिए– मोदीजी, २ सय वर्ष अघि भएको सन्धिको समय सकियो, जनकपुर अब फिर्ता माग्नुहोस् ।
यता २ नम्बर प्रदेशका आठै जिल्लाका जनताको भीड ल्याएर एकसय २० किलोको माला नरेन्द्र मोदीलाई लगाइदिएर स्वागत गरिदैथियो भने जनताको भीडमा मधेस देशको स्वागत भनेर व्यानर उचालिएको थियो । मोदीको स्वागत गर्न पुगेका प्रधानमन्त्री केपी ओलीले समेत यो सब देखे तर नाकावन्दीपछि पहिलोपल्ट मोदीको स्वागतको बहानामा मधेस झरेका प्रधानमन्त्री ओलीले यसको जवाफ दिएनन्, सुरक्षाकर्मीलाई मधेस देशको ब्यानर हटाउन आदेश पनि दिएनन् । यतिमात्र होइन, मुख्यमन्त्रीले हामीमाथि संवैधानिक रुपमा केन्द्रले विभेद गरेको उजुरीसमेत गरे । मानौं मोदी माईवाप हुन् र उनले नेपालको मधेसलाई न्याय दिनुपर्छ ।
यो सब स्वाधीनतावादी ओली सरकारलाई सह्य भयो । बरु राजधानीबाट कमल थापाले १८१६ को सुगौली सन्धिमा गुमेको नेपालका भूभाग भारतले फिर्ता दिनुपर्छ भन्ने आवाज उठाए । एमालेकै सांसद योगेश भट्टराईले मिथिला फिर्ता माग्नुपर्ने कुरा गरे । र कीर्ति आजादलाई दिमाग खुस्किएको भनेर झट्टी समेत हाने । सवाल मोदीको धार्मिक भ्रमणको होइन, मोदीको पैसा छराई र भाजपाका सांसदको छर्रा हनाईको हो । जुन एकापसमा खतरनाक भविष्यको संकेत गरिरहेको देखिन्छ ।