
र, देशकालागि वामपन्थीले भन्दा राम्रो सोच्न र गर्न कसैले पनि सक्दैन भन्ने प्रमाणित गर्नका लागि पनि वामपन्थीहरु प्राप्त जनादेशको मान राख्दै सबल कार्यका लागि जागरुक हुनपर्ने बेला यही हो ।
के एमाले र माओवादी मिल्दैमा वाम एकीकरण हुने हो र ? दुई पार्टी र अरु साना मिलेर वाममोर्चा बनाएर चुनावमा खडा भए र ऐतिहासिक सफलता पनि मिल्यो । तर, देशमा अनेक खालका साना ठूला वाम पार्टीहरु छन् । ती सबै वामपन्थी एकीकृत गराउने जिम्मेवारी एमाले र माओवादी केन्द्रले लिनुपर्छ र एकता हुनसक्यो भने त्यो सबल र देशका लागि उपयोगी हुनसक्छ । के अहिलेको वाममोर्चा वामपन्थी हुन् भने तिनले वाम पार्टी, शक्तिहरुको गोलमेच सम्मेलन बोलाएर सबैको सहमति र सहकार्यका साथ अघि बढ्ने आँट र जाँगर देखाउनु पर्छ । यसैमा वामपन्थीहरुको भविष्य सुरक्षित र उज्यालो हुनेछ ।
होइन, सत्ता प्राप्ति गर्नु वाममोर्चाको उद्देश्य थियो, चुनाव जितेर प्राप्त भयो, अव सत्ता सेयर गरेर भागबण्डामा आनन्द लिने हो भने यो वाममोर्चा ५ वर्षका लागिमात्र हुनेछ । यसबाट देशका लागि तात्वीक परिवर्तन केही पनि हुनेछैन । उही कांग्रेसको हातबाट सत्ता खोस्न जनताको आँखामा भ्रम छर्नमात्र यिनलाई सफलता मिलेको रहेछ भन्नुपर्छ । देशले भरपर्दो राष्ट्रवादी शक्तिको खोज गरिरहेको छ । त्यो शक्ति भनेको अहिलेलाई वाममोर्चा नै हो । यसैले देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न सक्ने देखिन्छ । तर, कालापानी, लिपुलेक, मिचिएका सीमाका बारेमा सत्तामा पुगेको वाममोर्चाले अहिलेसम्म मुख खोलेको छैन । भारत रिसाउला कि भनेर मुख नखोलेको र नखोल्ने हो भने यो सरकार पनि नेपाली कांग्रेसको भन्दा भिन्न चरित्रको देखिनेछैन ।
भारतको बिरोध गर्नु पर्दैन, देशको साख र सीमाका बारेमा बोल्न जरुरी छ । राष्ट्रियताको रक्षा र सबलताका लागि जागरण अभियान आवश्यक छ । बलियो सरकार त्यही हुनेछ, जसले देशको चिन्ता गर्छ, देशको रक्षा र सुरक्षामा आफूलाई अग्रपंक्तिमा राख्छ अनि जनजिविका र न्याय अन्यायको छ्यानब्यान गर्छ र न्यायका पक्षमा उभिन्छ । सरकार सबैको साझा हो, सरकार छ भन्ने अनुभूति दिलाउनका लागि सरकारमा बस्नेहरुले कुनै जाति, व्यक्ति अथवा समुदायप्रति विभेद राख्नुहुन्न, तवमात्र सरकार छ भन्न सकिन्छ । एमाले अथवा माओवादी केन्द्रको सरकार, वामपन्थीको सरकार होइन यो तमाम नेपालीको, नेपालको सरकार हो भन्ने प्रमाणित गर्नका लागि पार्टीगत स्वार्थभन्दा माथि उठ्नसक्ने वाम एकता गर्ने हो भने ओलीले भनेजस्तो सुशासन र सम्पन्नता आउनेछ ।