Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

कागजी बिहे कि पुस्ता बर्बाद?

२५ सोमबार , फाल्गुण २०७१११ बर्ष अगाडि

गरिवी नेपालीको नियति हो। यही गरिवीलाई हतियार बनाएर चेलीहरुलाई बम्बै र कलकत्ताका यौनबजार पुर्‍याइन्थ्यो। वैदेशिक रोजगारीका ढोका खुल्न थालेपछि अरवदेखि अफ्रिकासम्म, हङकङदेखि हलेण्डसम्मका यौनबजारमा नेपाली युवतीहरु बैंश बेच्न बाध्य पारिएका छन्। साना उमेरका केटीहरुलाई राम्रो लाउन, मीठो खान र कुस्त पैसा कमाउन सकिन्छ भनेर सपना देखाएर नियमित, अनियमित कुनै पनि मार्गबाट विदेश लैजाने धन्धा चलिरहेको छ। पछिल्लोपटक कोरिया र चीनका नागरिकसाग विवाह दर्ता गराएर केटीहरु लैजाने गरिएको खुलासा भएको छ। चीनको उत्तरीभागबाट जसरीतसरी उम्केर नेपाल फर्कन सफल भएकी एक युवतीले विवाह गरेर लैजाने र तिनलाई यौन शोषण गर्ने, बच्चा जन्माउने मेसिनका रुपमा उपयोग गर्ने र शोषण तथा दमनमा बााच्न बाध्य पार्ने गरिएको खुलासा गरिन्। त्यसपछि हर्कतमा आएको प्रहरीले म्यारिज ब्यूरोहरुको निगरानी गर्‍यो र ५ युवतीको उद्धार गर्न समेत सफल भयो। यतिखेर म्यारिज ब्यूरोहरुको भागमभाग चलिरहेको छ। म्यारिज ब्यूरो अर्थात मानव बेचबिखन केन्द्र पो रहेछ। विदेशी केटासाग विवाह गराइदिने, त्यसपछि केटासागै विदेश पठाइदिने काम झट्ट हेर्दा राम्रै देखिन्छ। तर, साना केटीहरुले विवाह गर्ने केटाको उमेर २० देखि ४० वर्षसम्म जेठो हुने, विदेशी भाषा नजान्ने, यो त कागजी विहेमात्र हो, उता गएर जता काम गरे पनि पाइने र धेरै कमाई गर्न सकिने सपना देखाएर दलालहरुले केटीहरुलाई फसाउने रहेछन्। उता गएपछि भाषा पनि नजान्ने, जाने त कहाा जाने? आफ्नो पासपोर्ट पनि उनीहरुले खोसेर राख्ने गरेपछि उता पुगेका केटीहरु शोषणमा पर्ने रहेछन्। कागजी विहे गरेर विदेश त पुग्न सकिन्छ, धेरै पैसा होइन, शोषणमा परिन्छ भन्ने ज्ञान दिन जरुरी देखिएको छ। मानव तस्करको चंगुलबाट केटीहरुलाई बचाउन सरकारले तत्काल उचित कदम चाल्न जरुरी देखिएको छ।
नेपाली केटी विहे गर्न आउने विदेशीहरु धेरै छन्। अहिलेसम्म कति विदेशी केटाहरुले नेपाली केटीसाग कागजी विहे गरेर गए, त्यसको एक प्रति रेकर्ड प्रत्येक जिल्ला कार्यालयहरुमा मौजुद छन्। त्यसमा सबैभन्दा धेरै कोरिया र चिनियााहरु देखिनेछन्। र, यस कार्यमा नेपाली केटी विहे गर्न आउने व्यक्तिहरुको प्रभावमा दूतावासका कूटनीतिक कर्मचारीहरु परेका देखिनेछन्। महिला हिंसाविरुद्धमा काम गर्नेहरुका अनुसार चिनियाा दूतावास खासगरी नेपाली केटी विहे गरेर लैजानुपर्छ भनेर प्रोत्साहित गरिरहेको छ। कुनै पनि छानबिन नै नगरी प्राढ चिनियााले समेत भर्खरकी केटहिरु विहे गरेर लगेका छन्। त्यस्ता व्यक्तिहरुलाई चिनियाा दूतावासले मञ्जुरी र प्रवेषाज्ञा कसरी दियो? यो प्रश्न यतिखेर छानबिन गर्नैपर्ने सबैभन्दा जटिल प्रश्न हो। अव समस्याको खुलासा भइसक्यो। कानुनमा कडाई कसरी गर्न सकिन्छ, सरकारी, गैरसरकारी र कूटनीतिक स्तरमा कसरी संचेतना जगाउन सकिन्छ र कागजी बिहे गरेर लगिएका युवतीहरुको शारीरिक, मानसिक, यौन शोषणमा परेका छन् छैनन्, स्थिति के छ? यसबारेमा अनुसन्धान हुनैपर्छ।  नेपालको वर्तमान पुस्ता समाप्त पार्ने षडयन्त्र चिर्नैपर्छ।