
यिनैले हो स्मार्ट सिटीको परिकल्पनासमेत गरेको । मनोरेलको सपना पनि देखाएका एि । हरेक वडामा हेल्पडेस्क राख्ने र सिसिटीभी जडान गर्ने तथा सडकमा ढल व्यवस्थापन गर्ने कुरा गरेका छन् । तर स्थिति यस्तो छ कि कुनै पनि वडामा बिना घूस काम हुन छाडेको छ । सेवाग्राहीहरु कर्मचारीले चलाएको निकायभन्दा पनि आतंकित हुनथालिसकेका छन् । जनप्रतिनिधिले सञ्चालन गरेको स्थानीय निकाय त जनमैत्री हुनपर्ने होइन र ?
पत्रकारहरुले यति धेरै प्रश्न गरे कि नैतिक सीमाबाट भाग्नका लागि मेयर विद्या सुन्दरले आफूले प्रतिवद्धता व्इक्त गरेका काम स्थानीय निकायबाट हुन नसक्नुमा केन्द्रबाटै परिचालन भइरहेकाले हो भनेर उम्किए । साविककै कानुनअनुसार काम गर्नुपर्ने बाध्यता छ, संघीय संविधानअनुसार स्थानीय निकाय अधिकार सम्पन्न भइसकेको छैन, त्यसैले केही समय लाग्छ । विद्या सुन्दरका भद्दा तर्कले पत्रकारहरु सन्तुष्ट भएनन्, सय दिनको हिसावकिताव सकेर मेयर विद्या सुन्दर शाक्य कुलेलम ठोके । सामाखुशीको नालामा खसेर ढलबाट बग्दै बाँच्न सफल सत्या सापकोटालाई १ लाखको विमा र १० हजार दिएको र तारकेस्वरको नालामा खसेर मृत्यु भएकी बिनिता फुयाँलको परिवारलाई २५ हजार आर्थिक सहयोग दिएको बताउने शाक्यले आइन्दा यस्तो दुर्घटना हुनेछैन भनेर आश्वस्त पार्न सकेनन् । सय दिनमै मेयर विद्या सुन्दर शाक्य असफल भएका छन्, अव के गर्लान् ?