Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

भारतले खोजेको के ? नेपालले चाहेको के ?

०५ सोमबार , भाद्र २०७४८ बर्ष अगाडि

भोलि भदौ ७ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । भारत जानुअघि पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गरेर सामुहिक शक्तिका साथ भारत जान चाहेको देखाउनका लागि भदौ ३ गते पूर्वप्रधानमन्त्रीहरुलाई निम्त्याएर छलफल गर्ने प्रयास गरे पनि प्रमुख प्रतिपक्षी एमालेका पूर्वप्रधानमन्त्रीहरु त्यो भेटवार्तामा सामेल भएनन् । देश विपदमा परेको छ, यो विपदलाई सामुहिक र न्यायसंगत तरिकाले टार्नुपर्ने बेलामा प्रधानमन्त्री बिना एजेण्डा भारत भ्रमण गर्न जान लागेको एमाले र बुद्धिजीवीहरुको आरोप छ । यो आरोपको उचित जवाफ दिन प्रधानमन्त्री अथवा सत्ताधारी सफल हुनसकेको छैन । तर भ्रमण तय भइसकेको छ र यो भ्रमणमा कुनै राष्ट्रघाती सन्धि सम्झौता नगर्नु र भारतले सीमाक्षेत्रमा बनाएको तटबन्ध बाँधका कारणले नेपालमा बर्षेनी बाढीको समस्या आउने र ठूलो धनजनको क्षति हुने कुरा उठाउन सडक र सदनमा समेत कुरा उठेको छ । विश्लेषकहरुले त यतिसम्म भनेका छन् कि प्रधानमन्त्रीको भारत भ्रमणका बेलामा भारतले कोशी उच्च तटबन्ध निर्माण गर्ने मञ्जुरी भारतले खोज्नेछ र देउवाले त्यसमा सहमत भएर आउनेछन् । बाढीपहिरोले नेपाललाई तहस नहस पारेको यही बेलामा भारतले कोशी उच्च तटबन्धको सवाल किन उठाइरहेको छ, यो भने आश्चर्य हो । नेपाली कांग्रेसकै पालामा २००८ मा कोशी, २०१६ मा गण्डकी बाँध भारतलाई बनाउन दिएर नेपालले जुन गल्ती गरेको थियो, यिनै देउवाका पालामा २०५२ सालमा महाकाली र त्यसपछि गिरिजाप्रसाद कोइरालाले टनकपुरसहितको राष्ट्रघाती सन्धि गरेर भारतलाई रिझाउने काम गरेकाले पनि यसपटकको कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाको भारत भ्रमण आशंकामा परेको हो ।
देउवाले सर्वदलीय सहमतिसहितको एजेण्डा बोकेर जान सकेको भए त्यसमा बल हुन्थ्यो र भारतले पनि नेपालका एजेण्डालाई महत्व दिन बाध्य हुनेथियो । मात्र बासमती चामलको बासीभात खान दिल्ली जान लागेको निरन्तरताका कारणले पनि भारतले देउवालाई रमाइलो भ्रमणमा सिमित गरेर फर्काइदिनेछ । भारत र नेपालका वीच व्यापारघाटा ९ खर्ब पुग्न लागिसकेको सन्दर्भमा नेपालले के अपेक्षा गर्ने र भारतले नेपालबाट खोजेको के के हो ? यस सम्बन्धमा बिस्तृत छलफल गर्नुपर्नेछ । भारतसँग धेरै समस्याहरु छन्, ती समस्याहरुलाई नजरअन्दाज गरेर सम्बन्ध मीठो र दरिलो भएको हावादारी गफ गरेर फर्कनका लागि देउवाका भ्रमण सिमित भयो भने यो नेपालका लागि अर्को झापड हुनेछ ।