Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

रेडक्रस बदनाम गर्नेलाई छुट

०३ सोमबार , माघ २०७३८ बर्ष अगाडि

    नेपाल रेडक्रसको मिसन र भिजन के हो ? त्यसमा प्रतिवद्धताको सपथ खाएर नेतृत्वमा पुगेका नेपाल रेडक्रसका पदाधिकारीहरुले बदमासी गरेकाले तिनलाई छुट दिन मिल्छ कि मिल्दैन ? तिनले समाज सेवाका नाममा जुन अपराधिक कार्य गरेका छन्, ती पदाधिकारीहरुलाई कारवाही गर्ने निकाय, सरकार वा कानुन छ भे तत्काल कडा कारवाही गर्न जरुरी देखिएको छ ।
रेडक्रसका पदाधिकारीले भूकम्प पीडितका नाममा, पीडितलाई राहत र आवश उपलव्ध गराउन जे जति आर्थिक सहयोग संकलन गरे, सामाजिक कार्यकर्ताहरु परिचालन गरिरहेका छन्, ती सबै बालुवामा पानी साबित हुनपुगेका छन् । कारण, भूकम्प पीडित र बाढी पहिरो पीडितलाई राहत पुर्‍याउन भनेर संकलित रकम रेडक्रसका पदाधिकारीहरुले कमिशन, भ्रष्टाचार, चरम दुरुपयोग गरेका खबर सार्वजनिक भएका छन् । रेडक्रसजस्तो संस्थाले दाताबाट प्राप्त नाना, खाना र छानाका जिन्सीमा मनपर्दी गरेको र आर्थिक घोटालामा समेत संलग्न भएको देखियो । अत्याधुनिक कार किन्ने, कम्प्युटर, कार्यालयका अन्य सामानहरु खरिद गरेर भूकम्प र बाढीपहिरो पीडितको हातमुखसम्म पुग्नुपर्ने साधनस्रोतको मनपर्दी गरेको खबर पनि आएको छ । यसकारण रेडक्रसजस्तो सामाजिक संस्थामा बसेर काम गर्ने व्यक्तिहरु खराब नियत देखाइरहेका छन् । यस्ता खराव नियत भएकाहरुमाथि न निगरानी हुनसक्यो, न नियन्त्रण नै गरियो । यसकारण तत्काल रेडक्रसका वर्तमान पदाधिकारीहरुको तमाम क्रियाकलापमाथि छानबिन हुनपर्छ र समाजसेवालाई व्यक्तिगत लाभमा उपयोग गर्नेहरु दण्डित गरिनुपर्छ । भूकम्पजस्तो बिपत्ति र बाढीपहिरोजस्तो आपत्ति भोगिरहेका जनतासम्म पुग्ने नाममा रेडक्रसले गरेका थोरै राम्रा काम र धेरै घृणायोग्य क्रियाकलापहरु नरोकिने हो भने आगामी दिनमा पनि रेडक्रसजस्तो संस्था भ्रष्टाचारको अखडा भइरहनेछ र रेडक्रस असामाजिक तत्वहरुको मुठ्ठीमा हुनेछ ।
    अहिले सञ्जि थापा अध्यक्ष छन्, सहअध्यक्षहरुमा हरि निरौला, अजितकुमार शर्मा, सुदर्शन नेपाल, महेन्द्र प्रसाद सिंह, सुरेन्द्र ऐयर रहेका छन् भने महासचिवमा देवरत्न धाख्वा छन् । कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधान रहेका छन् । यी कुनै न कुनै पार्टी राजनीतिमा समेत संलग्न हुनेगरेका र तिनै पार्टीको संरक्षणमा आफूलाई कसले छुन सक्छ र ? भन्ने अहंकारग्रस्त समेत देखिन्छन् । यस्ता तत्वहरु जो नेपाल रेडक्रसमा बस्न योग्य नै छैनन् र आफूले सपथ खाएको रेडक्रसको भिजन र मिसनप्रति नै गद्धारी गरिरहेका छन् भने यस्ता व्यक्तिहरुलाई रेडक्रसमा हालीमुहाली गर्न दिइरहनु कदापि उचित हुनसक्दैन । साथै अन्तर्राष्ट्रिय रेडक्रसले समेत नेपाल रेडक्रसमाथि पटक पटक चासो र चिन्ता लिइरहेको अवस्थाले पनि नेपाल रेडक्रस नैतिकहीनता, बेलगामको घोडा बनेको देखिदैछ ।