Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पुराना दलहरूलाई बालेन सरकार घाडो

१९ मंगलबार , श्रावण २०८३२० घण्टा अगाडि

बालेन सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएपछि पुराना दल, कर्मचारीतन्त्रमा समेत भूकम्प गएको छ । प्रम बालेनले भ्रष्टाचार गरे भन्न नपाएपछि सडक, संसद र सामाजिक सञ्जालमा प्रम बालेन सरकारको खोइरो खन्ने काम तीब्र गतिमा भइरहेको छ । रास्वपाभित्र सभापति रवि लामिछाने र प्रम बालेनवीच फाटो ल्याउने प्रयासमा पनि प्रतिपक्षीहरू सफल हुनसकेनन् । उनीहरूले बालेनको जिब्रो थुत्ने खालको अभिव्यक्ति दिइरहेका छन्, बालेन संसदमै नगएपछि यही विषयलाई लिएर प्रतिपक्षीहरूले आक्रमण तीब्र पारिरहेकै छन् । कसैगरे पनि बालेन साहको कदम नरोकिएपछि भ्रष्टाचारमा आत्तिएका खाइपाइ आएका पुराना दल, कर्मचारीहरू बालेन विरूद्ध जातीय र धार्मिक हिंसा फैलाउन साजि गर्न थालेको भनिदैछ । हुन त हिंसा बढेपछि सर्वदलीय बैठक, प्रमको राष्ट्रका नाममा सन्देश र अन्य दलहरू, धार्मिक र सामाजिक गुरू अभियन्ताहरूले सद्भाव कायम राख्न आह्वान गरेका छन्,  जसले गर्दा नेपाली एकतामा बल मिलेको छ, जो हिंसा र अराजकता फैलाउन चाहन्थे, उनीहरू झसङ्ग झस्किन पुगेको देखिएको छ ।
सुनसरीको औरहीमा साउन १४ गते १५ वर्षका गणेश यादव मारिएका थिए । त्यो हिंसाको आगो धनुषा, सप्तरी, सर्लाही हुँदै तराईका ६ जिल्लामा फैलिसकेको छ । सरकारले घटनाको सत्यतथ्य छानबिन गरिने, मृतक यादवलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाइ र बहिनीलाई निःशुल्क स्वास्थ्य सेवा तथा निःशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, उनका बुबाआमालाई समेत निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने सम्झौता गरेको छ । अन्य मृतकका परिवारजनलाई पनि गृहमन्त्रीले भेटेर चित्त बुझाएका छन् । प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी र सिरहा लगायतका घटनाको अनुसन्धानका लागि अनुभवी अनुसन्धानकर्ता र विज्ञहरूमार्फत सत्यतथ्य पत्ता लगाएर कारवाही गर्ने सार्वजनिक जानकारी दिइसकेका छन् । जनादेश प्राप्त सरकारलाई काम गर्न नदिने, अल्झो थाप्ने, बिरोध गर्ने प्रतिपक्षीको चरित्रले स्वयम् प्रतिपक्षीलाई हल्का सावित गर्दै लगेको छ । विपक्षीहरूले नयाँ सरकारलाई सय दिन दिने उदारतासमेत देखाएनन् । भर्खर ४ महिना भयो, बालेन सरकारले काममा तीब्रता दिएको छ ।
यसैवीच नेपाली कांग्रेस इतरका कांग्रेसी तथा पूर्वसभापति शेरबहादुर देउवा साउन २४ गते नेपाल फर्कने सूचना दिएका छन् । उपचारका क्रममा हङ्कङ सिंगापुर पुगेर महिनौंदेखि उतै बसिरहेका देउवा, श्रीमती देउवा र छोरा देउवालाई समेत पक्राउ गर्ने र भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणका विषयमा छानबिन गर्ने क्रममा रेडकर्नर नोटिससमेत जारी गरेको थियो । अदालतले तत्काल पक्राउ नगर्न आदेश दिएपछि देउवा स्वदेश फर्कन लागेका हुन् । देउवाकी श्रीमती र छोरा साथै फर्कन्छन् कि फर्कदैनन्, कुनै जानकारी गराइएको छैन । केपी ओली, विष्णु पौडेल, तत्कालीन गृहमन्त्रीलाई समेत पक्राउ गर्ने सरकारले देउवालाइ पनि पक्राउ गरेर अनुसन्धान गर्नसक्ने आँकलन छ । हुन त नेकपा अध्यक्ष प्रचण्ड पनि रेडजोनमा छन् । जोकोहीलाई कुनै पनि बेला पक्राउ गरेर अनुसन्धान हुने कुरामा कुनै शंका छैन । बालेन सरकार पुराना भ्रष्टाचारका फाइलहरू खोलेर अनुसन्धान गरिरहेको छ ।
सुशासनका लागि के गर्नुपर्छ, त्यो निर्णय जतिसुकै तीतो भए पनि बालेन सरकार पछि हट्ने संकेत देखिदैन । यसकारण पनि पुराना दलहरू बालेन सरकार ढाल्न एकै रातमा लाखौं मान्छे उतार्ने धमासपनि दिइरहेका छन् । राजनीतिमा जे जस्तो होस्, अराजकता र जातीय वा धार्मिक हिंसाचाहिं कसैलाई सह्य छैन ।