Advertisement Banner
Advertisement Banner

२२ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

राजनीतिको महाभारत

२२ मंगलबार , बैशाख २०८३११ घण्टा अगाडि

राजनीतिको महाभारत

न कृष्ण छन्, न सुदर्शन चक्र । यसकारण नेपाली राजनीतिक खेलमा सत्यले हारिरह्यो । असत्यको शिर छेदन हुनसकेन । राष्ट्र सत्य र असत्यको दोबाटोमा छ ।
१८ दिन चलेको पाण्डव र कौरववीचको महाभारत युद्धको कथा हो । झट्ट पढ्दा, सुन्दा सत्य जस्तो लाग्छ । किनकि जति पनि महाभारतका पात्र, घटनाक्रम छन्, सबै वर्तमान राजनीतिक र कूटनीतिक विश्वका घटनासँग मेल खान्छन् ।  महाभारत ग्रन्थमा वर्णित द्युत क्रिडा, वारणावत, लाक्षागृहको चक्रव्यूह रचना अथवा धृतराष्ट्र, सकुनी, दुर्योधन, शल्य पात्रहरूको स्वार्थ, कुटिलता, कुचक्र, अपवित्र सोच, धोका, अनीति, कूटनीति राजनीतिका पाटा–पासाहरू हुन् । जुन नेपाली राजनीति र कुटनीतिक अनेक अध्यायहरूका प्रसङ्गहरू झैं लाग्छन् । ००७ साल, ०१७ साल, ०३६ साल, वा ०४६ सालका घटना कम रोचक र घोचक छैनन् । त्यसपछि भारतमा बसेर माओवादीले नेपालमा गरेको १० वर्षे जनयुद्ध, ०६३ सालको जनआन्दोलन, १२ बुँदे दिल्ली सम्झौता, ०६४ सालको निर्वाचन, ०६५ सालको गणतन्त्र कार्यान्वयन, राष्ट्रपतिको निर्वाचनदेखि ०६९ जेठ १४ गतेको संविधानसभाको अवसान र त्यसपछि राष्ट्रिय सहमतिको सरकारको सिलाखोज्ने नाटकीय परिदृश्यहरू सँगै २०७२ साल असोज ३ गते फास्ट ट्य्राकबाट संविधान जारी हुनु र त्यसलाई भारतले अमान्य गरेर गरेको नाकाबन्दीका परिदृश्य छताछुल्ल देखिन्छन् । राजतन्त्र फाल्न मात्र होइन, सत्ताका लागि दुई टाउके भारतढका पछीजस्तै देखिए, सर्वहारावादी कम्युनिष्ट र प्रजातन्त्रवादी कांग्रेस, एमाले, राप्रपाहरू । न सिद्धान्त, न नीति, नैतिकता, निष्ठा केहीको पनि सिङ् पुच्छर छुट्याउन सकिएन । देखियो त जर्ज अर्वेलले एनिमल फार्ममा भनेजस्तो– एनिमल आर इक्वेल, बट सम एनिमल आर मोर इक्वेल । मुहान धमिलो थियो, चुहान धमिलो भयो । परिदृश्य फेरियो ।
महाभारत कथामा युधिष्ठिरले विवेक गुमाउँदा जूवा हारे, जूवामा पत्नी द्रौपदीलाई पनि दाउमा थापे । तर जित्ने कौरव, दुर्योधन र तिनका पिता महाराज अन्धा धृतराष्ट्रलाई कसैले उचित ठह¥याएनन्, नीतियुक्त मानेनन् । सिङ्गो धर्मशास्त्री, मानवशास्त्री, राजनीतिशास्त्री, समाजशास्त्रीहरूले शिर निहुराएको घटना मानियो । पात्रमात्र होइन, युग नै लज्जाबोधले गन्हायो । नेपाली राजनीतिमा ०६३ सालपछि विवेकहीन नेता र पार्टीहरूका घटनाक्रम त्यस्तै लज्जाबोधका उदाहरण बनेका छन् । जुन घटना बिस्तारै सतहमा देखिन थालेका छन्, ३७ वर्ष सत्तामा रजगज गर्ने नेताहरू नालीभन्दा बढी गनाएका छन्, समाजमा घृणित भएका छन् । त्यति ठूला र परिवर्तनकारी नेताहरू अस्तित्व रक्षा गर्नुपर्ने किनारमा पुगेका छन् ।
जेनजी पुस्ता महान छन्, ती वीरका सन्तान थिए, वीरता देखाउँदै छन् । इमानदारी तिनको धर्म हो, इमानमा टेकेर परिवर्तन फलिभूत पार्दैछन् ।
फ्रान्स र स्पेनसँग टासिंएको १८१ बर्गमाइलको एण्डोरा स्वाभिमानको शिखरमा छ । ठूला देशका सीमामा जोडिदैमा साना देशले कठपुतली हुनुपर्दैन भन्ने उदाहरण हो एण्डोरा । यही मार्गमा नेपालको जेनजी पुस्ताको सरकार अघि बढेको छ । भाषण छैन, स्वागत, उद्घाटन पनि छैन । काम छ र काम हुँदैछ । हरेक नेपालीको मनमा बसेको परिवर्तनकारी सरकारले परिवर्तनका लागि विध्वंश, निर्माण सुरू गरेका छन् । विरोध गर्ने स्वार्थन्धहरूको त कामै विरोध गर्नु हो, गरिरहन्छन् । सरकारले कुनै प्रकारको आलोचना र विरोधको तगारोमा अल्झेर होइन, मुकाविला गरेर अघि बढ्नुपर्छ । अब जनतासँग गरेको बाचा र करार पूरा गर्नुपर्नेछ ।
फ्रान्स र स्पेनसँग टाँस्सिएको सानो मुलुक एण्डोरामा संसद छ, सरकार छ, सांसद छन्, कोही पनि विदेशी दूतावास धाउँदैनन, विदेशी राजदूतको निर्देशनमा चल्दैनन । एण्डोरा कस्तो स्वाधीन, कसरी स्वराज बचाएर अघि बढेका ? 
हो, नेपाल पनि एण्डोरा बन्नसक्छ । भारत र चीनसँग टाँसिएको मुलुक नेपाल । कहिले पराधीन भएन । तर भूराजनीतिमा फसेका नेताहरूका कारण विदेशीका सामु लम्पसार पर्ने काम मात्र भयो । नेताहरूले स्वार्थमात्र पूरा गरे । यसकारण प्रश्न उठेको हो– हामी कति स्वाधीन ? तिनक कारण देश रक्तपातमा प¥यो, अस्तित्वको संकटमा फस्यो । यही सरापमुक्तिका लागि वर्तमान परिवर्तन आएको होइन र ?