Advertisement Banner
Advertisement Banner

०२ बुधबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

बालेन सरकार सफल हुने सूत्रहरू

०१ मंगलबार , बैशाख २०८३२० घण्टा अगाडि

बालेन सरकार सफल हुने सूत्रहरू

जेनजी पुस्ताले सत्ता पल्टाएपछि सत्ता बनाए पनि । चुनावमा जेनजी पुस्तालाई जनताले साथ दिए, समर्थन दिए, भारीभरकम जनादेश पनि दिए । नेपालको राजनीतिक इतिहासमा जेनजी पुस्ताको आन्दोलनले अभूतपूर्व ऊर्जा हो यो । २७ घण्टामै सत्ता ढालेर ६ महिनाको अन्तरालमा भएको आवधिक निर्वाचनमा पनि जेनजी पुस्ताले सफलता पाएका हुन् । सरकार, संसदमा जेनजी पुस्ताको प्रतिनिधित्व भएको छ । आन्दोलनकारीबाट शासनकर्ताको रूपमा स्थापित भएका छन् जेनजी पुस्ता । सरकारमा त पुगे, नीतिनिर्माता पनि बने, यो शक्तिलाई स्थिर सरकार र राजनीतिक मुद्दाहरूलाई किनारा लगाउन सजिलो छैन । रास्वपा र बालेन साह सरकार भनेकै जेनजी पुस्ताको सरकार हो, यो सरकार सफल बनाउन आवश्यक सूत्रहरू अपनाउनै पर्नेछ ।
पहिलो सर्त हो दृष्टि र नीतिः भदौ २४ अघि विद्यमान सत्ता ढाल्न जेनजी पुस्ताले जनताको आक्रोशलाई प्रतिनिधित्व गरे । तत्कालीन सरकारबाट जेनजी पुस्ताका युवाको रक्तपात भएपछि जनता जेनजी पुस्तासँग जोडिए, साथ दिए । शासनमा पुगे । शासनमा जनताको निरन्तर समर्थन कायम राख्न स्पष्ट दृष्टि र ठोस नीति अपरिहार्य छ । भ्रष्टाचार नियन्त्रण गर्न, सिर्जना, न्यायको अनुभूति र पारदर्शिता तत्कालै जनताले अनुभूत गर्नसक्ने तरिकाले शासकीय सुधारका रूपमा सरकारले काम गर्नैपर्छ । यसबाहेक शिक्षा, रोजगारी र आर्थिक पुनर्निर्माणलाई प्राथमिकतामा राखेर नीति, निर्णय र कार्यान्वयनमा जानसके जनतामा विश्वास जगाउन सकिन्छ ।
संस्थागत स्थायित्वः सडक आन्दोलनबाट सरकारमा पुगेपछि त्यो उर्जालाई, मतादेशलाई संस्थामा रूपान्तरण र सुशासन सफल सरकारका लागि अब आन्दोलन होइन, काम देखिनुपर्छ । जनतासँग गरेका करार र बाचापत्र मन्त्रका रूपमा जपेर र त्यही अनुसार काम गर्नुपर्नेछ । हुन त प्रधानमन्त्री बालेन साहले पहिलो संसद बैठकमा बोल्दै नबोली अधिवेशन टुङ्गिएको छ । बोल्न जरूरी थिएन, बोलेनन् । प्रम बालेनले भनेका पनि छन्, म काम गर्ने मान्छे हुँ, भाषणमा विश्वास गर्दिन । एक्सन चरित्र देखाएका पनि छन् ।
शासकीय सुधार गर्ने सय बुँदे नीतिमै टेकेर कानुनी संरचना पुनःस्थापना र प्रशासनलाई निष्पक्ष बनाउने कार्य अनिवार्य छ । कानुन सबैभन्दा बढी राजनीतिकरण भएको छ । जेनजी आन्दोलन दबाउने सरकार प्रमुख र गृहमन्त्री ओली र रमेश लेखकलाई अदालतले कानुनअनुसार २५ दिन थुनामा राखेर अनुसन्धान गर्ने समय पनि पाएन, जमानीमा छोड्नु परेको छ । ३७ वर्षदेखि अदालतलाई राजनीतिक भागबण्डाको बिषय बनाएको सम्झना यो घटनाले देखाएको छ । अदालतको आदेश सरकारले मान्यो र उनीहरूलाई रिहा गरिदियो तर सरकारले थुप्रै फाइल खोलिरहेको छ, देउवा र आरजु राणामाथि पनि पक्राउ पूर्जी जारी गर्ने तैयारी गरेको छ ।
जेनजी पुस्ताको सरकारले राजनीतिक संस्थाहरूलाई बलियो बनाएर दीर्घकालीन स्थायित्व सुनिश्चित गर्नुपर्छ । संवाद, सहमतिको नीति छाड्नु हुन्न ।
नेतृत्वमा परिपक्वताः अनुभव र उत्साहको संयोजन गर्नेतिर ध्यान दिनुपर्छ । किनकि नयाँ नेतृत्वमा उत्साह छ, शासन गर्ने अनुभव कम छ । राजनीतिक दाउपेच जेनजी पुस्तालाई थाहै छैन । स्वच्छ अनुभवीहरूको सुझाव लिनु उचित हुनेछ । युवा पुस्ताको उत्साह र अनुभवको संयोजन आवश्यक छ ।
जनसमर्थन छ, कायम राख्न जनआवाज संवोधन हुनुपर्छ । समानुपातिक प्रतिनिधित्व र प्रवासीको माग पूरा गर्नुपर्छ । जनतामा निरन्तर पुग्नुपर्छ । आर्थिक पुनर्निर्माणः प्राथमिकता हो । जनताले गरिखान पाउने वातावरण बन्नुपर्छ । जेनजी पुस्तामा क्षमता छ, इतिहास निर्माण गर्नुपर्छ ।