Advertisement Banner
Advertisement Banner

१८ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

घण्टीले चुनाव जित्यो, सत्ता जित्यो, शासन र कूटनीति जित्ने चुनौती

१७ मंगलबार , चैत्र २०८२१७ घण्टा अगाडि

घण्टीले चुनाव जित्यो, सत्ता जित्यो, शासन र कूटनीति जित्ने चुनौती

‘भनिन्छ, कागजलाई खुम्च्याएर फेरि सिधा बनाउन सकिन्छ तर त्यसमा परेका चाउरीहरू कहिल्यै हराउँदैनन् । ठिक त्यसैगरी, नेतृत्वले जनताको मन दुखाएर माफी माग्न त सक्ला, तर चोटको त्यो दाग र अविश्वासको निशान सधैं रहिन्छ ।’ यही कुरा बालेन सरकार र रास्वपाले ध्यानमा राख्नुपर्छ ।
रास्वपा र बालेनले चुनाव जिते । चैत १३ गते सत्ता पनि जिते । अब शासन–प्रशासन र कूटनीति सामुन्ने उभिएका चुनौती हुन् । यो चुनौती चानुचुने छैनन् । चैत १३ गते, प्रधानमन्त्री पदको शपथ लिनासाथ अमेरिका, भारत, चीन, पाकिस्तानले बालेन्द्र सरकारलाई बधाई दिएका छन् । साथै मिलेर काम गर्न उत्सुक रहेको जनाएका छन् । १५ सदस्यीय जेनजी पुस्ताको सरकारले आन्तरिक र बाह्यनीतिमा परिपक्वता देखाउने विश्वास गरिएको छ । यो अग्निपरीक्षा पदभार ग्रहण गर्नासाथ सुरू भइसकेको छ । बधाई सन्देशहरू आइरहेका छन्, खासगरी अमेरिका, चीन र भारतका सन्देश अर्थपूर्ण छन् ।
शपथ लिनासाथ अमेरिकाले बधाई सन्देशमा भनेको छ– नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई हार्दिक बधाई । अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको छ । चीनका प्रधानमन्त्रीले नेपालका लागि चीनका राजदूत छाङ मोमिङमार्फत दिएको बधाईमा भनेको छ– चीन र नेपाल पहाड र जलबाट जोडिएको परम्परागत छिमेकी मुलुक हो भन्दै दौत्य सम्बन्ध स्थापना भएको ७१ वर्षयता दुई देशले शान्ति सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा द्वीपक्षीय सम्बन्धको विकास गरिरहेको व्यक्त गर्नुभयो। नेपाल सरकारको शासन संचालनमा चीन सरकारले समर्थन रहेको भन्दै उहाँले स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अविच्छिन्नताको संरक्षण गर्न नेपाललाई निरन्तर रूपमा समर्थन गर्ने उल्लेख गर्नुभयो । आफूले प्रधानमन्त्री बालेन्द्र शाहसँग मिलेर चीन(नेपाल उच्चस्तरीय रूपमा बेल्ट एन्ड रोडको संयुक्त निर्माण गर्न र अरू विभिन्न क्षेत्रका सहयोगलाई गहिरो पारी चीन(नेपाल विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारी सम्बन्धलाई अघि सार्ने इच्छा लिएको पनि प्रधानमन्त्री ली छ्याङले बताउनुभयो । यसैगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई सन्देशमा भनेका छन्– नेपाल के प्रधानमंत्री पद की शपथ लेने पर बालेंद्र शाह जी को हार्दिक बधाई । आपका कार्यभार संभालना नेपाल की जनता द्वारा आपके नेतृत्व में भरोसे को जताता है । मुझे विश्वास है कि हम मिलकर भारत–नेपाल की मित्रता और सहयोग को एक नई ऊंचाई पर ले जाएंगे, जो दोनों देशों के लोगों के पारस्परिक हित में है ।
आठ दशक पुराना पार्टीहरू छन्, जो चुनाव हारेर आत्मग्लानीमा छन् र प्रहार गर्न बालेन साहको गल्ती कमजोरी कुरेर बसेका छन् । यद्यपि केपी ओली, गगन, देउवा, प्रचण्ड, माधव, झलनाथ, खिलराज सबैले बधाई दिएका छन् । यो बधाई यथार्थमा लाजगाल टार्न दिएका हुन् । उनीहरू जसरी पनि बालेन साह र रास्वपालाई असफल पार्न कम्मर कसेर लागिसकेका छन् । यसकारण बालेन साहले सुशासनका लागि भ्रष्टाचार विरूद्ध र जाँचबुझ आयोगको रिपोर्ट कार्यान्वयन गर्नुपर्छ । रोजगारी बढाउन र अर्थतन्त्र सुधार्न तत्काल र दीर्घकालीन योजना ल्याइहाल्नुपर्छ । आफूले जनतासँग गरेका बाचा पूरा गर्न रातदिन काम गर्नुपर्छ । सय दिन छुट छ, सयदिनमा तोकिएका काम गर्नसके शासन र क्षमता देखाउन सके कूटनीति पनि जित्न सक्नेछन् ।