Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

अब जनताले निर्णय दिनेछन् 

१३ सोमबार , माघ २०८२एक महिना अगाडि

अब जनताले निर्णय दिनेछन् 

बाबुराम बन्न नसकेकाहरूका नाममा
नेपाली राजनीति नेपाली कांग्रेस, एमाले, नेकपा (माओवादी), रास्वपा यति ४ शक्तिका वरिपरि घुमिरहेको छ । फागुन २१ को चुनावमा पनि मुख्य प्रतिस्पर्धा यिनै पार्टीवीच हुनेछ । कांग्रेसले गगन थापा, एमालेले केपी ओली, नेकपाले प्रचण्ड र रास्वपाले बालने साहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन् । यो आन्तरिक चुनावी प्रतिस्पर्धामा भारत, चीन र अमेरिका प्रवेश गरेको भाष्य प्रचारमा छ । गगन थापा र बालेन साहलाई अमेरिकाले ब्याक गरेको भनिदैछ, केपी ओलीलाई चीनले र नेकपालाई चीन–भारत दुबैको समर्थन छ भनिदैछ । यथार्थमा चुनाव नेपालमा हुँदैछ, नेपाली जनता निर्णायक हुन् र जनमतको निर्णय नै नेपालमा चुनाव जित्ने हार्ने विषय हुनुपर्छ । आजका नेपाली जनता सचेत छन्, बुझकी छन् । यसपल्टको चुनावमा प्रष्टै पार्टीको गठबन्धन नभएकाले मासुभात, खर्चपानी, बाहुबलीले नतिजा निर्णयमा पुग्ने देखिदैन । नेपाल प्रहरी, सशस्त्र, डेढलाख म्यादी प्रहरी र ८० हजार सेनाले सुरक्षा दिएर हुने यो निर्वाचन स्वच्छ, धाँधलीरहित र स्वतन्त्र रूपमा हुनसक्ने विश्वास बढेर गएको छ ।
यसैवीच बुढाहरू अझै चुनावी मैदानमा उत्रनुले हिंसा हुने खतरा छ । सबै नयाँ पुस्तालाई राजनीति पुस्तान्तरण गर्ने रूपमा चुनाव हुनसकेको भए यसको अर्थ र औचित्य, लोकतन्त्रको महत्व अझ बढ्ने थियो । मर्नेबेलासम्म पनि सत्ता, शक्ति, सम्पत्तिमा ¥याल काढ्ने नेताका कारण भ्रष्टाचार, नेपोटिजमको अन्त्य, सुशासनको सुरूआत नहुनसक्ने देखिन्छ । बुढापुराना नेताहरू जो जनताको नजरमा आलोच्य छन्, तिनीहरू राष्ट्रिय अभिभावकका रूपमा बसिदिएको भए यो निर्वाचन ऐतिहासिक नै हुनेथियो ।
जेनजी पुस्ताको हस्तक्षेपले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका नै ध्वस्त पारिसकेपछि यो चुनाव हुँदैछ । आफ्नो नेतृत्वप्रति नयाँ पुस्ता आश्वस्त छैन भनेर बुझेर स्थापित नेताहरूले विश्राम नलिनु यो निर्वाचनको सबैभन्दा दुर्भाग्यपूर्ण परिदृश्य हो । बुढा पुरानाले आत्ममिमांसा गरेनन् ।
डा.बाबुराम भट्टराईले प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट गोरखा २ मा उमेदवारी दिए, फिर्ता लिए । उनको प्रष्टोक्ति छ– देशकै अभिभावकीय भूमिका निर्वाह गर्न चुनावी प्रतिस्पर्धाबाट बाहिरिएको हुँ । बाबुराम भट्ट।ाक्ष्एदृ २०७९ को चुनावमा यो क्षेत्र माओवादी अध्यक्ष प्रचण्डका लागि छोडेका थिए, प्रचण्डले जितेको क्षेत्र हो यो । उमेदवारी दिइसकेपछि बाबुरामको विवेकको बिर्को खुलेछ, धेरैले दिएको सुझावलाई मन गरेछन् र सत्य आत्मवोध गर्दै उमेदवारी फिर्ता लिए । उनले फेरि पनि भनेका छन्– ‘मैले एउटा संसदीय निर्वाचनमा सहभागी भएर सांसद मात्रै रहेर रहनुभन्दा सबै साथीहरूको आग्रह बमोजिम, चाहना बमोजिम, मैले बाहिर रहेर नै दलहरूलाई सघाउने र भोलि आवश्यक पर्दा एउटा देशकै विभिन्न रूपको अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ भन्ने ठानेर मैले आज, मैले जुन मनोनयन पत्र दर्ता गरेको थिएँ, त्यसलाई फिर्ता लिने निर्णय गरेको छु ।’
भनिन्छ, यो क्षेत्रमा तत्कालीन माओवादी र हालको नेकपाबाट लेखनाथ न्यौपाने लड्दैछन् । म लड्छु, लेखनाथलाई ब्याक गराउन सहयोग माग्दा प्रचण्डले इन्कार गरेपछि बाबुराम चुनावबाट ब्याक भएका हुन् । यसअघि रास्वपाका उपसभापतिले रास्वपाको अभिभावक बन्न सुझाव दिएका थिए । यो क्षेत्रमा रास्वपाको उम्मेदवार छन् कविन्द्र बुर्लाकोटी । बाबुराम बन्न नसकेकाका नाममा अब जनताले निर्णय दिनेछन् ।