
जनताले जिताएका प्रतिनिधि संसदमा थिए, राष्ट्रियसभा र प्रतिनिधिसभा थियो, युवा आन्दोलनमाथि राज्यले गोली ठोकिरहेका बेलामा कोही पनि संसदबाहिर निस्किएनन्, किन गोली हानेको ? गोली नहान भनेर कसैले पनि बोलेनन् । सडकमा राज्यले आतंक फैलाइरह्यो, बालबालिकामाथि गोली ठोकिरह्यो, बालबालिका मारिरह्यो । रक्तपात हुँदा संसदको आँगनमा भएको योरक्तपात रोकिएन, कुनै जनप्रतिनिधिले रोकेनन्, त्यसपछि जेनजी आन्दोलन बिद्रोहमा परिणत हुनपुगेको हो । संसद खरानी भएको हो ।
देशकोराज्य सञ्चालनको केन्द्रविन्दु सिंहदरवार । यिनै नेताले भनेका थिए– गाउँ गाउँमा सिंहदरवार पु¥याइन्छ । ७६१ सरकार गठन गरेर सिंहदरावर गाउँगाउमा पु¥याएका हुन् । सिंहदरवारमा जुन व्यभिचार हुन्थ्यो, जुन भ्रष्टाचार र राजनीतिक अपराधिकरण हुन्थ्यो, त्यसको बिस्तार भएर पालिकासम्म पुगेको सिंहदरवारबाट फैलियो । यसकारण देशका ५ सयभन्दा बढी सिंहदरवारमा आगो लाग्यो । यो आगो यिनै नेताको कुशासनको आक्रोशमा लागेको थियो । आक्रोशको आगो कैयौं नेताको महलसम्म लाग्यो,राष्ट्रका र नेताका सम्पदा सम्पत्ति खरानी भएको हो ।
राज्यले के कति काम विधिसम्मत गर्छ, त्यसको लेखाजोखा गर्ने र विधि बसाल्ने नियन्त्रण र सन्तुलनको मुख्य मन्दिर न्यायपालिका थियो । न्यायपालिकामाथि राजनीतिक सेटिङमा अपराधिकरण बढाउने यिनै नेतातन्त्र थियो । कुनै मुद्धा आजको भोलि फैसला हुने, कुनै सय वर्षमा पनि नहुने । कतिपय मुद्धा घडीको रालो जसरी हल्लिएर र हल्लाएर राखिने राजनीतिकरण गराउने कार्य कार्यपालिका, व्यवस्थापिकाले गरेका थिए । त्यसैको प्रतिफल थियो, बालबालिका मारिएपछि सल्किएको डढेलोले न्यायपालिका पनि बाँकी राखेन । भोलि भोलि यो डढेलो अझ नसल्किएला भन्न सकिन्न, किनकि जेनजी आन्दोलनपछि बनेको जेनजी नामको सरकारले जेनजी पुस्ताले उठाएका एजेण्डाहरूको संवोधन गर्न सकेन । भदौ २७ मा बनेको सुशीला कार्कीको सरकारको ३ महिना भइसक्यो, ३ महिनामा फागुन २१ मा चुनाव गराउने प्रयास बाहेक सुशासन कायम गराउने र भ्रष्टाचारीमाथि कारवाही गरी दण्डित गर्ने कार्यको थालनीसमेत हुनसकेन ।
देशले चुनाव खोजेको होइन, जेनजी पुस्ताले खोजेको विधिको शासन, सुशासन, भ्रष्टाचारको अन्त्य, भ्रष्टाचारीमाथि कारवाही, समानता हो । जो जनयुद्धमा मारिए, तिनका सन्तान हुन् यी । जो बाँचे विदेश भासिए, जो हुर्के विदेश गए । वर्तमान पुस्ता आफ्नै माटोमा माटाकोरी बनेर रहन चाहन्द्धन् । भविष्य यही माटोमा कोर्न सकिन्छ भन्ने विश्वासमा छन् । त्यही विश्वास जगाउन आन्दोलन भयो, विद्रोह गरियो, अब पनि वर्तमान पुस्ताले हार खानुप¥यो भने देशले हार्नेछ । यतिबेला राष्ट्र हार र जीतको दोबाटोमा उभिन पुगेको छ । राष्ट्रले हारे अस्तित्व गुम्न सक्छ । राष्ट्रले जिते देश जिवन्त बन्नसक्छ । देशका लागि असफल नेताले चुनाव चुनाव भनेरमात्र हुन्न । असक्षमर खोटा नेताहरूले लोकतन्त्र, गणतन्त्रको नारा लगाएर फेरि पनि जनताको आँखामा धुलो झोकेर हुन्न । जेनजी पुस्ता हार्नु भनेको देश हार्नु हो । जेनजी पुस्ताले मात्र सुशासनको खोजी गरेका छन् । यो पुस्तालाई असफल पार्ने षडयन्त्र सुरू भएको छ । यो षडयन्त्रको अन्त हुनुपर्छ । जेनजी पुस्ताले खोजेको नेपाल रोजेको नेपाल बनाउन दिनुपर्छ । देश अन्धकारमा धकेलिन सक्दैन । जेनजी पुस्ता उज्यालो हुन्, चेतनारहोस् ।


