Advertisement Banner
Advertisement Banner

१८ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

टाट राजनीतिको भाट काम

१० सोमबार , श्रावण २०७३१० बर्ष अगाडि

आर्थिक मार्गचित्र बनाउन विदेशी विज्ञ बोलाइयो 'फ्रस्ट एण्ड सुल्लिभान' आर्थिक विकासको मोडल तयार पार्ने नामी कम्पनी मानिन्छ। यसका ग्लोवल अध्यक्ष अरुप जुत्सी र एसिया निर्देशक मनोज मेनन नेपाल आउन लागेका छन्। यिनले अर्थशास्त्री, पूर्वअर्थमन्त्री, नेपाली बिगहाउसका प्रमुख, बहुराष्ट्रिय कम्पनीका कार्यकारी अधिकृतहरुसँग छलफल गर्ने कार्यक्रमको रहेको छ। त्यसपछि सुल्लिभान समूहले नेपालको आर्थिक र औद्योगिक विकासको क्षमता, प्राथमिकताका क्षेत्र र वैदेशिक लगानी, आर्थिक विविधिकरणका विषयमा मार्गचित्रबारे प्रवचन दिनेछन्। प्रवचन सुन्न भौतिक पूर्वाधार मन्त्रालयले विशेष होमवर्क थालिसकेको छ। पाइला सार्न नसकेको राज्यले दगुर्ने प्रयत्न गर्नुको औचित्य सार्थक होला कि निरर्थक? आश्चर्य छ।  सबैलाई थाहा छ, नेपालमा राजनीतिक अस्थिरताका कारणले आर्थिक, सामाजिक, औद्योगिक लहरमा बाधा गरिरहेको छ, राजनीतिक अनिश्चितता नै नेपालको आर्थिक विकासमा लागेको ऐंजेरु हो। यति थाहा पाइसकेपछि पहिले राजनीतिक रोगको निदान हुनजरुरी छ। जबसम्म नीतिहरुको अगुवा राजनीतिक गति ठिक हुन्न, तवसम्म आर्थिक अथवा सामाजिक अवस्था गतिमान हुनैसक्दैन। 

यसकारण आर्थिक विकासको मोडल तयार पार्न ख्याति कमाएको समूह सुल्लिभान नेपाल आएर अध्ययन, विश्लेषण र योजना दिएरमात्र के हुन्छ, जब राजनीति सञ्चालकहरु कन्डक्टरबाट सक्षम चालक बन्न तैयार छैनन् भने।  ठूला र सफल उद्यमी, व्यापारी, बहुराष्ट्रिय कम्पनीहरुका सफलताका गाथा सुनेर मात्र के गर्नु, तिनले व्यक्त गर्ने राजनीतिक अवरोध, कानुनी अड्चन, टे्रड युनियनहरुले समय असमय तेर्स्याउने तगारा र गर्ने बन्द हड्तालका कथा सुनेपछि सुल्लिभान पनि तर्सेर फर्कन बेर छैन। सुल्लिभान समूहले अच्छा सुझाव देला, मार्गचित्र पनि बनाइदेला तर आर्थिक विकासको जग बसाल्न र निर्माण गर्न राजनीतिक इच्छाशक्ति नकारात्मक रहिरहेको स्थितिमा कागजी मार्गचित्रले मात्र केही हुनेवाला छैन। सबैभन्दा खाँचो विषय भनेको अर्थात जडी कुरोको चुरो आर्थिक विकासको जरा राजनीतिक परिपाटी सही हुनु जरुरी छ। राजनीतिमा वातावरण धमिल्याउने र धमिलो पानीमा माछामार्ने प्रवृत्ति रहेसम्म नेपालको आर्थिक विकासको मार्गचित्र विदेशी विज्ञले बनाइदिदैमा लछारपाटो लाग्दैन। किनभने मार्गचित्रमा हिड्ने प्रतिवद्धता हाम्रो राजनीतिमा पटक्कै देखिदैन। राजनीति परिवर्तन गर्न सफल छ, परिवर्तनलाई राष्ट्रिय जीवनमा रुपान्तरण गर्न सक्षम छैन। किनकि नेतृत्व विकास नै हुनसकेछ।