
२०६५ जेठ १५ गतेसम्म राजतन्त्र बैध थियो, नेपाल राजतन्त्रात्मक हिन्दुराष्ट्र थियो । त्यही दिन राजतन्त्रको अन्त्य गरियो र एकथान संविधान लेख्न २०७२ साल असोजसम्म कुर्नुपर¥यो । ८ वर्षमा संविधान लेख्न सकिएन, सहमति जुटेन, अन्ततः फास्ट ट्य्राकबाट संविधान जारी गरियो, जुन संविधानलाई न त देशभित्र अपनत्व ग्रहण गरियो, न भारतले नै स्वागत ग¥यो । त्यही संविधानले नेपाललाई धर्मनिरपेक्ष बनायो, संघीयताको भार बोकायो र देशैभरिका ७६१ सरकारमा सिंहदरवार पु¥यायो । सिंहदरवार पु¥याएको झ्याली त पिटियो, २०८२ भदौ २३ र २४ गते थाहा भयो– लोकतान्त्रिक गणतन्त्र बालुवाको महल रहेछ, टल्कने सबै चिज हिरा हुँदैनन् भन्ने प्रमाणित भयो । लोकतान्त्रिक गणतन्त्र भ्रष्टाचार तन्त्र रहेछ, अपराध तन्त्र रहेछ, राजनीति गर्नेहरूले राजनीतिका नाममा सत्ताको भागबण्डा र भ्रष्टाचारको गाँजा खेती गरेका रहेछन्, लोकतन्त्रलाई जनताले अस्वीकार गरिदिए ।
आफ्नो सत्ता बचाउन भ्रष्ट शासक प्रशासकले नवयुवा जेनजी पुस्तामाथि हिटलरी शैलीले गोली चलाए, ७६ भन्दा बढीको रक्तपात मच्चाए, लोकतन्त्रलाई रक्तकुण्ड बनाए । नेपालमा नेतातन्त्रको जगजगीको पराकाष्ठा देखियो ।
२०६५ मा गणतन्त्र घोषणा गर्दा बैध राजतन्त्र फालियो, त्यो कुन कानुनले गयो र कुन कानुनले गणतन्त्र घोषणा गरियो ? अझै बिबाद छ । २०४७ सालको बैध संविधान च्यातियो, अन्तरिम संविधान आयो, कुन कानुनले गयो र कुन कानुनले अन्तरिम आयो, त्यो पनि स्पष्ट हुनसकेन । करोडौंको संख्यामा विदेशीलाई नागरिकतामात्र होइन दोहोरो नागरिकतासमेत दिइयो, कुन कानुन अन्तर्गत दिइयो, देशभक्त भनिने लोकतन्त्रवादीले किन रोक्न सकेनन् ? किन सहमति जनाए, अत्तोपत्तो छैन । आधिकारिक सीमा र नक्सा ध्वस्त भए, भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा भारत गाभ्यो, किन कुनै पार्टी, नेताले बोलेनन्, किन तिनको जिब्रो तालुमा टाँसियो ? राज्य सञ्जाललाई १८ वर्षसम्म यिनै नेता पार्टीले खुवा बिर्ताको रूपमा परिणत गरे, किन कुनै बिधिले रोक्न सकेन ? आमनागरिकमा असन्तुष्टि यसरी बढ्दै गयो कि घरघरका युवाहरू बिस्फोटक ज्वालामुखीका रूपमा बिकसित भएका रहेछन्, जुन बिस्फोटनको दृश्य भदौ २३ र २४ गते देखियो । २७ घण्टामा ३७ वर्षको बहुदल, १८ वर्षको लोकतान्त्रिक गणतन्त्र सखाप भयो । कुनै पनि नेता सार्वजनिक हुनसकेनन् । न संसद रह्यो, न सिंहदरवारको सरकार । न शितल निवासको राष्ट्रपति भवन सग्लो बच्यो, न सिंहदरवार अथवा सर्वोच्च अदालत नै बाँकी रह्यो । खरर्वौको राष्ट्रिय सम्पत्ति खरानी भयो । यसको मूल कारण यिनै दल, शासक, यिनको अपराधिक राजनीति नै हो । लोकतान्त्रिक मर्यादा, सीमामा चलेको भए यसरी बिस्फोटन हुनेथिएन ।
आश्चर्य के छ भने तत्कालीन सत्तामा बस्ने, सांसद, प्रशासनमा रहेका प्रशासक कसैले पनि जिम्मेवारी लिएनन् । सबै पानीमाथिको ओभानो बनेर टाउको उठाउन थालेका छन् । गुमेको सत्ता कसरी प्राप्त गर्न सकिन्छ भनेर फेरि पनि हेपाह प्रवृत्ति देखाउन थालेका छन् । जेनजी पुस्ताले ठाडो कारवाही, अनुसन्धान र दण्डबिधि अपानाउन नसक्दा सडेगलेका पुरानो पुस्ताले सोझा र निरीहलाई दोषी देखाएर आफू चोखिदैछन् । भ्रष्ट, राष्ट्रघातक तत्व चोखिनु भनेको देश फेरि उही भ्रष्टाचारको भैंसी आहाल बन्नु हो ।
देश यसरी चल्न सक्दैन । अब खरानीबाट देश उठाउनु छ, बनाउनु छ, जेनजी पुस्ताले बिधि बसालेर सुशासन ल्याउनु छ । यसका लागि अपराध रोकिनुपर्छ, रोक्न अपराधीमाथि कडा कारवाही छिटो हुनुपर्छ । बिकल्प छैन ।