Advertisement Banner
Advertisement Banner

२२ आइतबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

गरीब नेताहरु, कसरी धनी भए ?

१७ मंगलबार , भाद्र २०८२५ दिन अगाडि

 गरीब नेताहरु, कसरी धनी भए ?

नेता गरीब हुनुपर्छ भन्ने होइन, प्रश्न हो– ०४६ सालसम्म आर्थिक स्थिति नाजुक भएका नेताहरु आज कसरी धनाध्ये भए भन्ने हो ?
राजनीति सेवा हो, पैसा कमाउने व्यापार वा पेशा होइन । तर राजनीति गर्ने नेताहरुमा आर्थिक सम्पन्नताको कायापलट भएको छ । राजनीति गर्दैमा, सत्तामा पुग्दैमा, एकाध संवैधानिक वा अन्य पदमा नियुक्ती पाउँदैमा नेताहरु कसरी धनी हुन्छन् ? राजनीति भनेको टक्सार त होइन ? फेरि ०४६ सालमा तन्नम हालतका नेताहरु आज कसरी सम्भ्रान्त बने ? तिनै नेताहरु ०६२ सालमा आन्दोलन गर्न पुगे, पद्धति परिवर्तन भयो, तिनैले आज पििन शासन गरिरहेका छन् । आज त स्थिति यस्तो छ कि नेतामात्र ोइन, तिनका कार्यकर्ता, आफन्त पनि नवसम्भ्रान्त बनिसकेका छन् ।
देशमाथि २७ खर्बको ऋण लाग्ने  । देशमा भ्रष्टाचारका डरलाग्दा डरलाग्दा काण्ड घट्ने, कानुनी दण्डसजाय कसैले नपाउने, नवधनाध्ये राजनीतिक बर्गको उदय हुँदैजाने तर देश र देशवासी झन झन गरीब भएर बाँच्नुपर्ने, बस्नुपर्ने, यो कस्तो पद्धति हो ? यस्तो पद्धतिले शान्ति, समृद्धि, सुख दिन्छ भनेर यिनै नवसम्भ्रान्त नेताहरु भाषण गरिरहेका छन् । भ्रम छरिरहेका छन् । नागरिक तिनै नेताका नक्कली भाषण सुनेर बसिरहेका छन् । बहुदलपछिको ३७ वर्ष, लोकतन्त्रपछिको १८ वर्षमा राजनीति गर्ने र प्रशासकहरु धनाध्ये बनेका छन् । तिनले अरवौं भ्रष्टाचारको रकम विदेश लगेका छन्, स्वीस बेंकमा समेत राखेको प्रमाणहरु लिक भइसकेको छ । राजनीति गर्ने व्यक्ति कालाव्यापारीभन्दा धनाध्ये बन्नु भनेको निश्चित रुपमा तिनले सेवाका नाममा नकाम गरेका छन्, नैतिकहीन बनेका छन् । तैपनि मौनता छ, नेपाल अचम्मको परिस्थितिबाट गुज्रिरहेको छ ।
अचम्म छ, समाजवाद, सर्वहारावाद, राष्ट्रवादका नाममा राजनीति गर्नेहरुको वर्तमान जीवनशैली अरवको शेठको जस्तो छ । राजा महाराजाको भन्दा कम छैन । समाज बदल्नु, नयाँ नेपाल बनाउँछु भन्ने नेता र सेवाग्राहीलाई सेवा दिन्छु भनेर जागीरदार बनेका व्यक्तिहरुको जीवनशैली सुख, सुविधायुक्त देखिन्छ । तिनका परिवारजनले समेत सुन, सुख, सम्भ्रान्तपन देखाइरहेका छन् । सबैको आँखा अगाडिको यो सत्य छानबिन हुँदैन ।  किनकि कानुन राजनीतिको खेलौना बन्नपुग्यो । देशमा भ्रष्टाचार भइरहेको छ । देश रसातलतिर गइरहेको छ । देशको आर्थिक ढाड भाँचिएको छ । नेपाल श्रीलंकाको जस्तो आर्थिक हाहाकारमा पुग्ने र देशै असफल हुने खतरा सबैले देखेका छन् । देश कमजोर र नाङ्गो हुने, व्यक्ति धनाध्ये र सम्भ्रान्त बन्ने कसरी भयो ? यो आजको यक्ष प्रश्न हो र यो सवालको जवाफ खोज्नै पर्छ । खोज्ने नागरिकले हो, बुद्धिजीवी र समाजले हो । कुराले  विधिको शासनको भाषण गर्नेहरु नै भ्रष्टका पिछलग्गु बनेका छन् ।
अग्रगमनकारी राजनीति गर्ने, शान्ति र प्रगति गर्ने वाचासहित परिवर्तन गरिएको थियो । आफ्नै बचन तोडे । देश बिगारेर आफू बन्ने काम गरे नेताहरुले  । परिवर्तन त भयो, नेता र तिनका वरिपरिका व्यक्तिहरुको मात्र भयो, आमनागरिक आज पनि हाहाकारको जीवन बिताउन बाध्य छन् । शिक्षा, स्वास्थ्य, दैनिकी जीवन साह्रै कष्टकर भएको छ । परिवर्तन जनताका लागि कौवालाई बेल पाकेसरह भयो । सराप नै बन्नपुग्यो । आन्तरिक द्वन्द्व, विदेशी हस्तक्षेप, बढ्दो भ्रष्टाचार र शासक प्रशासकको नैतिकहीनताले देशको स्थिति बिग्रदै गएको छ । नेता र प्रशासक कसरी धनी बने भन्ने विषय नकेलाउने हो भने देश असफल हुने दिन टाढा छैन ।