Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

मानव बेचबिखन पनि सह्य

०३ मंगलबार , असार २०८२१४ दिन अगाडि

मानव बेचबिखन पनि सह्य

जेठ ३० गते संसदमा ठूला दलहरुको नैतिकताको स्खलन भएको जुन दृश्य देखियो। त्यसबाट नेपालमा मानव बेचबिखन पनि स्वभाविक हुनपुगेको छ । जब मन्त्रीले नैतिकता देखाउँदैनन् र अनेक प्रमाणका बाबजुद संसदमा ठूला दलहरुले त्यसलाई सामान्य रुपमा लिए। त्यसबाट नेपाल फेरि पनि दण्डहीन। भ्रष्ट मुलुक हो भन्ने प्रमाणित हुनपुगेको छ । केही वर्ष अघि बिकिनी किलर भनेर विश्वमा बदनाम चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती पनि छिराउन सकिन्छ भन्ने प्रतिक्रिया दिएका थिए। भिजिट भिसाका नाममा देशी। विदेशी मानव बेचबिखन र अपराधीलाई उडाउनु ठूलो कुरा भएन । यो घटनाले नेपालको सुरक्षा बन्दोबस्तमा गम्भीर प्रश्न उठाएका छ । यो घटनाले कानुनव्यवस्थाको बेहाल स्थिति देखाएको छ ।
एयरपोर्टको अध्यागमनले सेटिङमा भिजिट भिसाका नाममा मान्छे उडाएबापतको घूस बाँडफाँटका लागि कर्मचारीले सफ्टवेयर नै प्रयोग गरेको खुलासाले संगठित अपराध कति ताकतवाला भइसकेछ भन्ने देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दश पटक गृहमन्त्रालयलाई पत्र लेखेर सचेत गराए पनि गृह मन्त्रालयले मनखुशी कर्मचारी पोष्टिङ गर्ने। फसिएला भनेर सरुवा गर्ने। अनेक प्रपञ्च गरेको खुलेको छ भने पछिल्लो समय अनियमितता चरम विन्दुमा पुगेकै कारणले अख्तियारले छापा मारेको। पक्राउ गरेर बयान लिएको थियो । अख्तियारका अधकिारकै अनुसार सफ्टवयर प्रयोग गरेर घूस बाँडफाँड गरेको बारे पहिले हामीलाई विश्वास लागेको थिएन। तर पछि धेरै कर्मचारीहरुले त्यसको पुष्ट्याइँ गरेको बताए । अख्तियारले अपरेशन गर्न तैयारी गरेको सूचना पाएपछि गृहमन्त्री रमेश लेखकले विमानस्थल अध्यागमनका प्रमुख सहसचिव तीर्थ भट्टराईको आकस्मिक सरुवा गरेका थिए । अचम्म त के छ भने घूस बाँडफाँड गर्न घुस्याहहरुले समिति नै बनाएका थिए । यो तहको एयरपोर्ट भ्रष्टाचारमा मुछिएका गृहमन्त्रीले जेठ ३० गते संसदमै कुर्लिएर बोले– मैले भ्रष्टाचार गरेको छैन । अख्तियारले छानबिन गरिरहेको छ ।
भिजिट भिसाका नाममा सयौं भारतीय र बंगलादेशलाई पनि उडाएको देखिएको छ । डेढ वर्षयता यूएई। साउदी अरब भिजिट भिसामा पठाउन ५० देखि ७५ हजार यूरोप जानेसँग ३ देखि ४ लाख प्रतिव्यक्ति लिने गरेको खुलेको छ । गृहमन्त्रीका विश्वासपात्र सहसचिव भट्टराईले आफूखुशी पनि मान्छे पठाएर खान थालेपछि कर्मचारीमा असन्तुष्टि बढेको खुलासा पनि भएको छ । अख्तियारका अधिकारी भन्छन्– भिजिट भिसा भ्रष्टाचार डरलाग्दो घटना हुनपुगेको छ । यो घटनामा मुख्य दलालका रुपमा ग्रिनल्याण्ड ट्राभल्सका बालकृष्ण खड्काको सम्बन्ध देखिन्छ । अनुसन्धानवाला भन्छन्– एकमुष्ठ संकलन गरिएको रकमलाई २० भाग लगाएर त्यसमध्ये १० भाग माथिल्लो तहलाई लगाउने गरेका थिए । सहसचिवभन्दा माथिल्लो तह भनेको को को हुन्। त्यो अनुसन्धान नहोस् भनेर राज्यले छोपछाप पारेको छ ।
भनिन्छ। नेकपा स का अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जलीलाई सस्तोमा जग्गा दिलाएर महगोमा प्लटिङ् गर्न बेचेको आरोपमा अख्तियारले मुद्दा दायर गरेर उनेको राजनीतिलाई नै धरापमा पारेपछि अब सर्वोच्चले माओवादीका नेता अग्नि सापकोटालाई टार्गेट बनाएको र प्रचण्डमाथि पनि क्यान्टोनमेन्टको घोटालाको फाइल खोलिने भित्री दबाबका कारणले माओवादी एयरपोर्ट भ्रष्टाचार काण्डमा सत्तापक्षलाई सहयोग गर्न झुकेको देखिन्छ । यस्तै प्रतिकृया संसदमा रास्वपाका मनिष झा र राप्रपाका राजेन्द्र लिंगदेनले बहादुरीका साथ माओवादी पछि हटेको तर्क गरेका थिए । तीन ठूला दल मिलेपछि ३० गतेको संसद बैठकमा प्रतिपक्षका रुपमा मानव बेचबिखन गर्नेलाई कारवाही गर्न र गृहमन्त्रीको राजीनामा माग गर्नेमा रास्वपा र राप्रपामात्र देखिए । सभामुखले बिरोधका बाबजुद संसद अघि बढाएका थिए ।
सहसचिव भट्टराई मुख्य आरोपी हुन् । उनले मुख खोले भने भ्रष्टहरुको आन्द्राभुँडी देखिने भयले गृहमन्त्रीलाई बचाइयो। गृहमन्त्रालयले नै छानबिन गर्ने भनियो । अख्तियारका प्रमुखमाथि प्रधानमन्त्रीका सहयोगी भन्ने आरोप छ । अदालतले ५२ जना संवैधानिक पदको नियुक्तीका बारेमा फैसला सुनाउने विषय समेत असार १८ सम्म सरेको छ । यो सर्नुमा पनि तीन दलको संसदमा भएको बहुमतको बाहुबली चलेको चर्चा व्यापक सुनिन्छ । अर्थात् संगठित भ्रष्टाचार राजनीति बन्यो ।