Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

गुण्डागर्दी गरेर संविधान बन्दैन

१९ सोमबार , माघ २०७१११ बर्ष अगाडि

माघ ८ गुजि्रयो। गएको समय फर्कदैन। किन माघ ८ गुजि्रयो, किन सहमति हुन सकेन? यसको कारण खोज्नु संविधानसभाको दायित्व हो। र, कसरी छिटोभन्दा छिटो संविधान

जारी गर्न सकिन्छ? यसबारेमा मिमांसा गरेर संविधान निर्माणमा गुटिहाल्नु उचित हुनेछ। माघ ८ गयो, ४ वर्षको अवधि जति पनि बााकी छ भनेर अपमानवोध, हीनतावोध नगर्ने र

नैतिकताले पनि नछुने हो भने गैंडाका छालाजस्ता सभासदले कहिले पनि संविधान बनाउन सक्देनन्। कम्तिमा लोकलज्जाबोध हुनैपर्छ र जनताले हामीलाई, हाम्रा

क्रियाकलापलाई नियालेर हेरिरहेका छन् भन्ने ज्ञान हुनैपर्छ। जिम्मेवार नहुने हो भने बेइमानीको ओखति आजसम्म बनेको छैन। इमान्दार राजनीति गर्ने हो भने यसरी संविधान

बन्दैन। आफै बस्ने र बोल्ने मेच भााचेर, माइक तोडेर, सभामुखलाई मार्न उत्साहित हुनु भनेको गुण्डागर्दी नै हो। मुखमा राम राम, बगलीमा छुरा अर्थात संंविधानको रामनामी

ओढेर जनविश्वासमाथि छुरा धस्ने यो चरित्रले जतिचोटि माघ ८ आए पनि संविधान बन्दैन, बन्नैसक्दैन। रहस्य जे सुकै होस्, जुनसुकै कारणले संविधान नबनेको होस्, मुख्य कारण हो

राजनीतिक दलहरुको अकर्मण्यता। यिनले कसैमाथि पनि दोष थोपर्न मिल्दैन। षडयन्त्र भएकै रहेछ भने त्यो षडयन्त्र एक भएर चिर्न र संविधान लेख्न नसक्नु दलहरुको असक्षमता

हो। यसरी गुण्डागर्दीमा उत्रेर एकापसमा मारामार गरेर जुन ताण्डवनृत्य संविधानसभामा देखियो, यसपछि पनि राजनीतिक नेताहरुलाई शरम नहुनु आश्चर्यचकित पार्ने सवाल हो।
गुण्डागर्दीमा बलियाले बहादुरी देखाउन सक्ला। संविधानसभाको बहादुरी भनेको संविधान जारी हुनु नै हो। संविधान जारी हुन नसकेको अवस्थाले राजनीतिक दलहरुको विश्वास

घटेको छ, आस्था ओह्रालो लागेको छ। सवाल आत्मनिर्णयको छ, संघीयता, धर्मनिरपेक्षता र राज्य पुनसंरचनाको छ। जनयुद्ध, जनआन्दोलनको फूर्ति लगाउनेहरुले उपलव्धिको

रक्षा गरेर मुलुकलाई अग्रगमन र  नयाँपन दिनका लागि संविधान अपरिहार्य आवश्यकता हो। यही आवश्यकता पूर्ति गर्न दुईपटक संविधानसभाको निर्वाचन भयो। तर हात लाग्यो

के? शून्य। कसका कारणले भन्दा यी नेताहरुकै कारणले। कुनै बाधाविरोध छ भने त्यो संविधानसभाभित्रका दलहरुवीच नै छ। आजसम्म संविधानसभाभित्र निषेध र विभेद जारी

राख्ने, केही दल आध्यारो केाठामा बसेर सहमतिको प्रयास गर्ने बाहेक जनता साक्षी राखेर छलफल नै भएको छैन। जनतले त गुण्डागर्दीमात्र देखे। गुण्डागर्दीले संविधान बन्दैन,

चेतना भया।