Advertisement Banner
Advertisement Banner

१९ बुधबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

हिंसा मान्य हुनसक्दैन

१८ मंगलबार , चैत्र २०८१२ दिन अगाडि

हिंसा मान्य हुनसक्दैन

    चैत १५ मा फेरि रक्तपात भयो । दुई जना मारिए । नागरिक मर्नु नागरिक शासनको उपहास हो । लोकतन्त्रको मृत्यु हो । लोकतन्त्रमा लोकले न्याय पाउनुपर्छ, बाँच्न पाउनुपर्छ । लोक मारिनु हुन्न ।
    राजतन्त्र पक्षधरको आन्दोलनमा कसले ग¥यो घूसपैठ । राजतन्त्र पक्षधर अराजक भएको भए फागुन २५ गते एयरपोर्टदेखि महाराजगञ्जसम्मको भीड अनुशासित नै थियो । चैत १५ को प्रदर्शनमा जुलुस अचानक अनियन्त्रिक हुनपुग्यो, पत्रकार सुरेश रजक र युवा आन्दोलनकारी सविन महर्जन दुईजनाको मृत्यु भयो, थुप्रै घाइते हुनपुगे । नियन्त्रणबाहिरको तोडफोड र आगजनीपछि कारणले सैनिक परिचालन गर्नुपर्ने अवस्था सिर्जना हुनपुग्यो ।
    नागरिकलाई यसरी आक्रोसित पार्ने कार्य राजतन्त्र र हिन्दुराष्ट्रको माग गर्ने भन्दा बढी जिम्मेवार ठूला राजनीतिक दल र तिनले पटक पटक हाँकेको स्वार्थी सत्ता राजनीति नै हो । तिनले स्थापित गर्न नसकेको सुशासन र सिद्धान्तहीनता हो । नेतृत्वमा स्खलन भएको चरित्र र भाँडिएको तिनको नैतिकहीनता नै हो । अहिले आएर विषयान्तर गर्न राजालाई अखानो देखाउने र नजरवन्दमा राख्नुपर्छ भन्ने तिनको नकारात्मक सोच हो । राजाले पटक पटक भनेका छन्– सहमति र सहकार्य गरौं । सबैलाई थाहा छ, परिवर्तन भए पनि राजनीतिक मुद्दाको किनारा लागेको छैन । एकातिर संक्रमणकालीन न्याय स्थापित हुननसक्नु, अर्कोतिर भ्रष्टाचार बढ्नु, जनतामाथि अन्तहीन शोषण हुनु र सुशासन कायम हुन नसकेकै हो । जनता आक्रोसित पार्ने कार्य ठूला दल र तिनको नेतृत्वबाट हुने अनि दोष अन्त मोड्नु भनेको फेरि पनि अराजकताको आगोमा घ्यू थप्ने कार्य नै हो । राज्य दमनमा उत्रिएपछि भीड आक्रोसित भएको हो । स्थिति सामान्यीकरण गर्ने, पीडितलाई दिएर समाजलाई सुस्थिर बनाउने हो भने संवादबाट समस्याको निदान खोजिनुपर्छ । चैत १५ गते जेजस्ता हिंसात्मक घटना घटे, त्यो दुःखद पक्ष हो । सत्ता र प्रतिपक्षीले राजालाई दोष देखाउनु वा राजसंस्थावादीले सत्ता र प्रतिपक्षीको घूसपैठ देख्नु र दोषादोष गर्नु भनेको अराजकतालाई बढावा दिनु हो, जुन हुनुहुन्न ।
    राजधानी रणमैदान बन्यो, रक्तपात भयो, आगजनी पनि भयो । सेना परिचालन हुनपुग्यो । असुरक्षा र अराजकता झन बढ्ने खतरा छ ।
    राजाले देशको समृद्धि, शान्ति र सुशासनका लागि जनताको साथ खोजेका हुन् । यो साथ राजनीतिक दलहरूले पनि दिनुपर्ने हो । राजाले म राजा हुन्छु अथवा शासनसत्ता हातमा लिन्छु भनेको छैन । जनताले खोजेका हुन् भने जनताको नासो जनतालाई दिन्छु भनेर २०६५ सालमै राजदण्ड जनतालाई सुम्पेर नागरिक जीवन बिताइरहेका हुन् । राजाले गरेको भनेको पूजापाठ, मठमन्दिरको दर्शन हो । दर्शन गर्न जाँदा जनताले स्वागत गरे, अभिनन्दन गरे, गुनासो पोखे । राजाले १७ वर्षदेखि परम्परागत रूपमा दिने सन्देशहरूमा जनताको पीडाबाट आहत भएको कुरा भनिरहेकै हुन् । लोकतन्त्रमा जनताले किन आहत हुनुप¥यो, लोकतन्त्र किन लोकजीवन पद्धति हुनसकेन भनेर लोकतान्त्रिक हुँ भन्ने नेताहरूले कहिले पनि आत्मबिबेचना गरेनन् । त्यसपछ राजाले सबैको साथ खोजेका हुन् । यो साथ खोजेको सत्ता हातमा लिन होइन, देशको अस्तित्व बचाउन हो । प्रत्येक नागरिक देशको अस्तित्व मेटिने खतरा देखिरहेका थिए । यहीकारण नागरिकले राजा आउ देश बचाउ भनेर नारा लगाएका हुन् । सैनिक परिचालन भएपछि सेना आउ देश बचाउ भनेर नारा लगाए । अर्थात् देशभित्र नागरिक सन्तुष्ट छैनन् ।
    नागरिकले नेता आउ देश बचाउ किन भनेका छैनन् ? नेता किन सुरक्षा घेरामा बाँचिरहेका छन् ? जननेता जनताका सामु जान किन डराइरहेका छन् ? जनतामा किन नेतृत्वप्रति घृणाभाव उर्लिरहेको छ ? यी यावत् प्रश्नको जवाफ खोज्ने जिम्मा वर्तमान लोकतान्त्रिक नेताहरूकै हो । जबसम्म नेतृत्वले जनअसन्तुष्टिको कारण र निदान खोज्दैनन्, अराजकता शान्त हुनसक्दैन ।