Advertisement Banner
Advertisement Banner

२८ आइतबार, पौष २०८१23rd July 2024, 10:09:55 am

छिमेक सम्बन्ध किन चिस्सियो ?

०९ मंगलबार , पौष २०८११९ दिन अगाडि

छिमेक सम्बन्ध किन चिस्सियो ?

नेपालको छिमेक सम्बन्ध निम्तो माग्ने, पाए जाने, नपाए ठुस्किएर बस्ने चरणमा पुगेको छ । नेपालको इतिहासमै यस प्रकारको असफल परराष्ट्रनीति र राजनीति कहिले पनि थिएन । नेपाल त्यसै असफलताको भीरमा पुगेको हो र ? भन्छन् विज्ञहरू । हुन पनि नेतृत्वतहमा काविलियत रहेन छ ।
खोक्रोपनले कूटनीति चल्दैन । राजनीति पनि भ्रम छरेर लामो समय टिक्दैन । जनयुद्ध, जनआन्दोलन, संविधान, दुई पटकको आवधिक निर्वाचनपछिको सरकार र संसदबाट प्रष्ट भयो– राजनीति भ्रम छरेर चलेको रहेछ । यही समयमा सरकारको कूटनीति पनि नाङ्गिएको छ । कूटनीति मागेर खाने र दिन्छन् कि भनेर ढुकेर बस्ने स्थितिमा पुग्नु असक्षमता नै हो ।
सम्बन्ध संवाद, समायोजन र पुनर्संमायोजनबाट चल्छ । आधुनिक कूटनीतिको मूल मन्त्र पनि यही हो । यो मन्त्र नेपालले बिर्सेको छ । चीन र भारत, चीन र अमेरिकाले यही नीति अपनाएर लामो तनावपूर्ण सम्बन्धलाई  अल्पकालिन, दिर्घकालिन र सामरिक परिप्रेक्षयुक्त बनाएर अघि बढेका छन् । यसकारण उनीहरूवीच बिबाद छ, संवाद छ, सम्बन्ध पनि छ ।
नेपालको भारत र चीनवीचमात्र होइन, अब अमेरिका, रूस, इयुलगायतका मुलुकहरूसँगको कूटनीतिक सम्बन्ध, राजनीतिक र सुरक्षानीतिको प्रमुख पक्ष भइसकेको अवस्था छ । यो अवस्थालाई नेपालले चटक्क बिर्सेर घुक्र्याउने, फुक्र्याए फुर्किने, पाए खाने, नपाए ठुस्किने अवस्थामा पुग्नु भनेको नेपालको कूटनीतिक सम्बन्धका बलियो संचिति समाप्त भइसक्यो, यी असक्षम नेतृत्वबाट नेपालको राजनीति र कूटनीति दुबै चल्न सक्दैन भन्ने अवस्था आयो । राजनीतिले कहिले स्थिरता दिन सकेन । अराजकता नै राजनीति बनेको छ । शान्ति, समृद्धि र सुशासन राजनीतिको पक्ष बन्नै सकेन । यसैगरी कुटनीति पनि गँजडीको व्यवहारजस्तो भयो । यसरी देशको स्थिरता र सम्बन्धमा सुदृढिकरण आउन सक्दैन । देश कमजोर हुन्छ, भइरहेको छ ।
परराष्ट्र मन्त्री कस्ता कस्ता भए, त्यसबाट थाहा हुन्छ, नेपालले कमजोर कूटनीतिका कारण धेरै कुरा गुमाउँदै गएको छ । परराष्ट्र मन्त्रालय आफन्तलाई भर्ना गर्ने, पार्टीको भागबण्डा मिलाउने, श्रीमती, साली, नातेदारलाई अवसर दिने, पालो पु¥याउने, आफू भन्नेलाई राजदूत बनाएर घुम्न पठाउने थलोको रूपमा चिनिएको छ । यसरी परराष्ट्रनीति चल्दैन भन्ने प्रमाणित भइसक्यो । छिमेकसँग, शक्तिराष्ट्रहरूसँग स्थिर र शान्तिपूर्ण सम्बन्ध निर्माण गर्न, बनेको सम्बन्धलाई सुदृढ पार्नमात्र होइन, उनीहरूको चासो संवोधन गर्न र नेपालको चासो र सुरक्षामा मजबुती ल्याउन र विकासका साझेदारहरूलाई विश्वस्त पारेर नेपाललाई सहयोग दिन, मैत्रीभावका रूपमा राख्न र उनीहरूलाई नेपालमा लगानीमैत्री गर्न उत्साहित पार्ने खालको कूटनीति हुनुपर्ने हो । नेपालको कूटनीति त विदेश घुम्ने, मार्केटिङ गर्नमा सिमित छ । नेपालको संविधानलाई भारतले नोटिसमा मात्र राख्दा असफल भएको छ । छिमेक सम्बन्ध सरकारले मात्र सञ्चालन गर्नुपर्नेमा त्यसो हुनसकेको छैन । यहीकारण परराष्ट्रनीतिमा बिचलन आएको छ, अन्तर्राष्ट्रिय सम्बन्ध बिथोलिएको छ । यहीकारणले नेपालको भारत र चीनमात्र होइन, अमेरिका र रूससँगको सम्बन्ध संक्रमित हुनपुगेको छ । नेपालका गहकिला मित्रहरूमा समेत नेपालप्रति विश्वासको संकट आइसकेको छ । नेपाल भूराजनीतिको महत्वका कारणले विश्वशक्तिको राडामा परिसकेको छ । बिग्रिएको परराष्ट्रनीति सम्हाल्न ढिला गर्नु मुर्खता हुनेछ । नेपालले समदूरी र असंलग्नताको नीति लिनैपर्छ ।