Advertisement Banner
Advertisement Banner

०६ शनिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

जनआन्दोलन र विश्वयुद्धपछिका मुसोलिनी र हिटलर

२७ मंगलबार , कार्तिक २०८१एक महिना अगाडि

जनआन्दोलन र विश्वयुद्धपछिका 
मुसोलिनी र हिटलर

०६३ को जनआन्दोलनको सफलता पछि नयाँ नेपाल बन्नेछ, नेपाल स्वर्ग हुनेछ भन्ने सपना देखाइएको थियो । त्यसपछिका १८ वर्षमा जे देखियो, न नीति रह्यो, न सिद्धान्त । कुनै नेतामा सफा नियतसमेत देखिएन । हरेक नेता भ्रष्टाचार, कुनियत, अनियमितता, राष्ट्रघातमा डामिन पुगे । जनताले आश गर्ने, भरोसा राख्ने, यो नेताले त पक्कै केही गर्छ भन्ने अवस्था म¥यो ।
अर्थात् लोकतन्त्र छ, तर जनतामा नैराश्यता अचाक्ली बढ्यो ।
जसरी प्रथम विश्वयुध्दपछि इटलीका मुसोलिनी र जर्मनीका हिटलरका रूपमा जन्मेको फासिज्म र नाजीवाद थियो, त्यसैगरी लोकतन्त्र ख्यातिमा थियो, बढ्दो असमानता, व्यभिचार, नैतिकहीनताले लोकतन्त्र लोकका लागि कौवालाई बेल पाकेसरह हुनगयो । फासिज्म र नाजीवाद, अहिलेको लोकतन्त्र उस्तै हुनपुग्यो । कहिले सर्वहारा र वाम एकता, कहिले प्रजातन्त्रवादी र सर्वहाराको एकता, कहिले समाजवादी र वामको एकताले नेपाली राजनीति जसको शक्ति उसको भक्ति हुनपुगेको छ । ‘सत्ता कब्जा’ कसले गर्ने, कसले अर्कोलाई खुइल्याउनेसम्मको प्रतिस्पर्धा छ ।
त्यतिबेला मुसोलिनी ‘राष्ट्रको गौरवको लागि’ भन्ने नाराका साथ इटलीका जनतालाई उचालिरहेका थिए भने जर्मनमा हिटलर ‘राष्ट्रको गौरव र जातिको हक’को नारा घन्काएर उभिएका थिए । दुवैले प्रजातन्त्रको दुहाई दिएकै हुन् ।  हिटलर १९३३ मा १७ लाख भोटले बिजयी भएका थिए भने १९१९ मा मुसोलिनीको नेतृत्वमा फासिष्ट दल अर्थात लडाकु दलको स्थापना भयो र १९२२ मा भएको इटलीको आम हडताललाई आफ्ना लडाकुमार्फत नियन्त्रण गरेपछि मुसोलिनी इटलीका प्रधानमन्त्री ‘वादशाह’ भएका थिए । उग्र राष्ट्रवाद उनको सिध्दान्त थियो । त्यतिबेलाका बुध्दिजीवीहरूले लडाकु दल र मुसोलिनीलाई ‘एउटा नयाँ संस्कृतिको प्रारम्भ’ ‘नयाँ सिध्दान्त’ भन्ने गर्थे । मुसोलिनी र हिटलर ख्यातिको शिखरमा थिए । हिटलर र मुसोलिनी दुवैको शासनमा सर्वहारा, बेरोजगारलाई उफार्ने, छाडावाद उकास्ने गर्दा आतंक, हत्या, लूट, शान्तिसुरक्षाको अभाव बढ्दै गयो । यस्तो नाजीबाद र फासीबादमा कति मरे, कति मारिए । इतिहासका पानाहरू रगतले राताम्मे हुनपुग्यो । हिटलर अथवा मुसोलिनीको फासिज्म अथवा नाजीवाद स्थापित भएन, उनीहरूको निरंकूशता, मानवबिरोधी चरित्र उदाङ्गिन पुग्यो । इतिहास कलंकित भयो ।
नेपालमा १० वर्षे जनयुद्ध र जनआन्दोलनले परिवर्तन ल्यायो । किन भयो त्यो जनयुद्ध र जनआन्दोलन ? केका लागि परिवर्तन भएको थियो । हरेक पार्टी र नेताले  ‘राष्ट्रिय गौरव, जनाधार, जनआन्दोलनको म्याण्डेट, नयाँ नेपाल बनाउने नारा, हरेक वर्गको हक’ को नारा लगाए । सबै समस्याको जड धर्म हो, राजतन्त्र हो भनियो, गणतन्त्र र धर्मनिरपेक्षता स्थापित गरियो । संघीयता ल्याइयो । बिगतको १८ वर्षलाई रौंचिरा विश्लेषण गर्ने हो भने बेहाल बढेको छ, बेथिति चुलिएको छ, जनता शोषणमा परेका छन्, कुशासन व्यापक छ, अब त राज्यसम्पत्तिमात्र होइन, नागरिक समेत बिक्री हुन थालेका छन् । यो स्थिति फासिज्म अथवा नाजीवादका नाममा भएको नरसंहारभन्दा कम छ र ? लोकतन्त्र संविधानमा छ, संविधान जनजीवनमा छैन । विधि व्यवहारमा पनि छैन । लोकतन्त्र बदनाम छ । लोकतन्त्र मह दलेको विषजस्तो छ, जुन विषले नागरिकका जीवनलाई पल पल मारिरहेको छ । यस्तो लोकतन्त्र हुनुभन्दा नहुनु बेश भनेर नागरिक पछुताउन थालेका छन् । हेक्का रहोस् ।