Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

प्रधानमन्त्रीको चीन भ्रमण

०८ सोमबार , चैत्र २०७२९ बर्ष अगाडि

 नेपाल–चीन सम्बन्ध संकटमुक्त छ। चीनले सदैव नेपालको सार्वभौमिकताप्रति सम्मानभाव प्रकट गरिरहेकाले पनि चीनप्रति नेपालको सद्भाव निकै गहिरो र गाडा छ भन्न सकिन्छ। नेपाल–भारत सम्बन्ध घामछायाँ, मीठास र तिक्कतापूर्ण हुने गरेको सन्दर्भमा चीनसँग त्यसो नहुनुले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गतेदेखि थालेको चीन भ्रमणप्रति नेपालभित्र उत्कण्ठा र विदेशीहरुले महत्व दिएका छन्। तीनतिर भारत र एकतिर चीनले घेरिएको नेपालको चीनतिरको सिमा हिमालले घेरेका कारणले पनि नेपालको ज्यादा बन्दव्यापार भारतसँगै हुनेगरेका छन्। भारतले बेला बेलामा यही कमजोरी पक्रेर नेपाललाई कष्ट दिने कारणले पनि यसपटकको प्रधानमन्त्रीको चीन भ्रमणमा भारतप्रतिको निर्भरता कम गर्ने उपाय निस्कने छ भन्ने जनताले अपेक्षा राखेका छन्। विज्ञहरुले समेत दिएका सुझावलाई हेर्दा नेपाल–चीन सम्बन्ध अब बहुआयामिकतातिर जाने देखिन्छ।

बिप्पा सन्धि हुनसक्छ। पारवहन र अन्य आधादर्जन सन्धि हुनसक्ने देखिन्छ। चीनको दक्षिण दक्षिण नीतिका कारणले नेपालले बढी महत्व पाउने अनेक सकारात्मक र उत्साहवर्धक खबरहरु सार्वजनिक भइरहेका छन्। यो प्रधानमन्त्रीको हिम्मत, चातुर्यतामा निर्भर हुनेछ कि चीनको सहयोगी हातहरुलाई कसरी थाम्ने हुन् उनले? खासगरी चीन नेपालमा पश्चिम सेती, बुढी गण्डकी, पोखरा एयरपोर्टलगायत अनेक निर्माण र उर्जासम्बन्धित विषयहरुमा लगानी गर्न चाहिरहेको छ। त्यो लगानीको उत्सुकतालाई नेपाल सरकारले संवोधन गर्नसक्यो भने यो अवसर नेपालका लागि कोशेढुंगा साबित हुनसक्ने देखिन्छ। नेपालसम्म रेलमार्ग जोड्ने र काठमाडों–पोखरा, लुम्बिनी रेलमार्गको आयोजनामा समेत चीन आकर्षित भइरहेको स्थिति छ।

चीनको लगानी भारतमा कम छैन। चीनको लगानी पाकिस्तानदेखि बर्मासम्म पनि व्यापक छ। त्यो आकार आँकडाको प्रविधि र पुँजीको लगानी नेपालमा गर्न चीन अग्रसर भइदियो भने नेपालको कायापलट हुनसक्छ। चीनको लगानी बढ्नु भनेको उत्पादन र निर्यातको भोलुम बढ्नु पनि हो। रोजगारीका अवसरहरुको सिर्जना पनि हो। चीनलाई विकास साझेदार बनाएर अघि बढ्ने हो भने नेपाल केही वर्षमै उन्नतिको लामो फड्को मार्न सक्षम हुनेछ। चीनले वार्षिक एक करोड पर्यटक बाह्य मुलुकमा जाने आँकलन गरेको छ। त्यसको केही भागमात्र नेपाल आइदिए भने नेपालको पर्यटन उद्योग कहाँ पुग्छ?

प्रधानमन्त्री ओलीको भ्रमणको मुख्य उदेश्य भावि आर्थिक उन्नतितिर हुनु जरुरी छ। नेपाल भारत र चीनवीचको ट्रान्जिट प्वाइन्ट बन्ने मौका पनि यही हो। नेपालले केही गर्नु पर्दैन, चीनको सुरक्षा चासो संवोधन गरिदिने हो भने नेपालको हिम्मत, हैसियत बढाइदिन चीन जुनसुकै लगानी गर्न तैयार छ। यसका लागि नेपालमा राजनीतिक स्थिरता र एकता हुनजरुरी छ। चीन जानुअघि जसरी मधेसी मोर्चाले बिरोध जनायो, यस्तो स्थिति तत्काल मटियामेट पारिहाल्नु जरुरी छ।