Advertisement Banner
Advertisement Banner

०९ शनिबार, असार २०८१17th April 2024, 11:33:48 am

बढ्दो छिमेकी र अमेरिकी चासो

०१ मंगलबार , जेठ २०८१एक महिना अगाडि

बढ्दो छिमेकी र अमेरिकी चासो

विश्वमै नभएको बिना नियमनको खुला सीमा छ भारतसँग । चीनसँगको सीमा कडीकडाउ छ, त्यता समस्या कम छ । जति समस्या छ, खुला सीमाबाट हुने अनधिकृत आवत जावत र आयात निर्यातको हो । बढीभन्दा बढी तस्करी र अपराधको कारण पनि खुला सीमा नै हो । यति हुँदा पनि भारत खुला समिालाई नियमन गर्न मान्दैन । भारतकै पहलमा प्रवुद्ध समूह गठन भयो, करोडौं खर्च गरेर रिपोर्ट पनि तैयार भयो । तर रिपोर्ट थन्किएको ५ वर्ष हुनलाग्दा पनि भारत बुझ्न मान्दैन । भारतले बुझेन, नेपालले बुझेर पनि त्यसलाई सार्वजनिक गर्न सकेन । प्रवुद्ध बर्ग भनिउका भारत र नेपालका चार चार जना सदस्यले समेत यसबारेमा प्रश्न उठाउन सकेनन् । आखिर किन सबैको मुखमा मुखबुजो लगाएर भारतले प्रवुद्ध समूहको रिपोर्टलाई कुहाएर राख्न बाध्य पारिरहेको छ । यसबारेमा नेपालले कूटनीतिक पहल पनि गर्न सकेको छैन । हुन त आफ्नै सीमा मिचिदा, आफ्नै भूभागमा बसोबास गर्ने नेपालीलाई भारतको लोकसभामा मतदान गर्न लगाउने भारतको हर्कतका बारेमा समेत संसद, सरकार, बुद्धिजीवी, नागरिक समाज सबै चूपचाप हेरिरहेका छन् । यस्तो लोकतन्त्रले पराधीनता स्वीकार गर्नु दुर्भाग्य हो । आफ्नो भूमिलाई आफ्नो भन्न नसक्नु अर्को दुर्भाग्य हो । राष्ट्रपतिका सल्लाहकारले भारतलाई उक्साहट पार्नेगरी नेपाली सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने  सरकारको निर्णयलाई गलत भन्दा समेत सरकारले प्रश्न उठाउन सकेन । यो कस्तो सरकार हो, जो राष्ट्रपतिको भाषा बोल्ने सल्लाहकारलाई समेत खरी घस्न सक्दैन । न त आफै सार्वभौमिक राष्ट्र भएकोमा गर्व गर्छ ।
देशभक्ति र लोकतन्त्रका महिमा र गरिमाका दृष्टिले हेर्दा आखिर नेपाली नेता भनेका धुलाघाटका हाट बजारिया नै रहेछन्, यही सबे देखेर विदेशी हटारूहरू नेपालका विशेषता र विशेषणहरू, स्वार्थ र सार्वभौमिकता, स्वाधीनतालाई स्वार्थको तराजुमा जोखेर दिनदिनै खरिद गरिरहेका छन् । परिवर्तन भयो, नेपाल र नेपालीको हैसियत बन्न सकेन । समाज बदलिन सकेन । नेतृत्वमा स्वाभिमान विकास हुनसकेन । हामी दिनदिनै बिक्री हुँदै गइरहेका छौं । केही ठूला दल लाइन दिइरहेका छन् र हामी लाइन लागेर बेचिनमा लोकतान्त्रिक परिवर्तन देखिरहेका छौं । हामी लोकतन्त्र नामको कति डरलाग्दो भ्रममा श्वास फेरिरहेका छौं, त्यो बुझ्नेहरूले बुझेका छन्, हामी नेपालीले चप्पलेहरूको नवावी परिवर्तन कहिल्यै बुझेनौं । लोकतन्त्रको नाममा लूटतन्त्र चलाएको पनि हेरेर बस्यौं झन झन चौंडा बन्दै गएको छ । निषेध र विभेद कहालीलाग्दो तरिकाले हल्केको छ । समानता र न्यायको अनुभूति मर्दै गइरहेको छ । कसरी शान्ति र समृद्धि स्थापित गर्ने सोच कसैमा छैन । सबैमा सत्ता, शक्ति र सम्पत्तिको चाह बढ्दै गएको छ । अराजकता र अस्थिरताको मुखमा देश र जनता सकसमाथि सकसमा पर्दै गएका छन् । समष्टिमा भन्नुपार्द नेताका खोक्रा नारामा सुख र सपना सजाउने नेपालीको सरलपन आफ्नै लागि सराप बन्दै गएको छ ।
भारत आफ्नो पकडमा भएको नेपाललाई फुस्कन नदिन रणनीतिमा छ । चीन तिब्बत मामिला र चीनको सुरक्षा चासोमा जस्तोसुकै निर्णय गर्न तैयार भएर बीआरआई रणनीति नेपालमा बढाउँदै लगेको देखिन्छ । रूस पनि आफ्नो स्वार्थका साथ नेपालमा प्रवेश गरिसकेको छ भने अमेरिका चीनको विश्वशक्ति बन्ने प्रभावलाई निस्तेज पार्नका लागि एमसीसी र अन्य रणनीतिका साथ नेपालमा प्रवेश गरेको छ । यो अवस्थामा समदूरी र असंलग्नताको नीतिमा खरो उत्रिएर नेपालको समृद्धि र विकासमा लाग्ने दरिलो परराष्ट्र नीति अपनाउन सके नेपालका लागि ठूलो अवसर छ । विदेशीका सामु स्वार्थ पूरा गराउन लम्पसार पर्दा देशको कुभलो भइरहेको छ, भूराजनीतिका भूमरीमा फस्दै जाने जोखिम पनि बढेको छ ।
विश्वशक्ति र विश्वशक्ति बन्ने दौडमा रहेकाहरूको आफ्नो रणनीति छ । हामी नेपालीको अस्तित्व रक्षा र समृद्धिको सपना पूरा गराउने रणनीति खै कता छ ?