Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

मधेसबाट बन्दुक उठाउने कुरा

२० सोमबार , पौष २०७२१० बर्ष अगाडि

धेसी मोर्चाका नेता राजेन्द्र महतोलाई प्रहरीले रामधुलाई गरेपछि गृहमन्त्रीले भने प्रहरीले दमन गरेको छैन। हो, मधेसमा दमन गरेको छैन, मधेसीले चर्को र अमानवीय आन्दोलन गरेपछि प्रहरीले पनि लाठो बजारेको मात्रै हो। आइजीपी उपेन्द्रकान्त अर्यालले दमन नगरेको भनेपछि अझ सन्किएर गृहमन्त्रले भनेका छन्– नहान्ने भए बन्दुक किन बोकेको? बन्दुक पड्कन थालेपछि गोलीको आाखा हुादैन। हो त, बहुदलपछि देउवाका पालामा पनि झ्यालमा बसेका नागरिक मारिएकै हुन्। माधव नेपालका पालामा अथवा बाबुरामका पालामा पनि प्रहरीको गोलीले मान्छे मारेकै थिए। जनआन्दोलनमा मान्छे मार्ने आदेशको पालना गर्ने व्यक्ति सशस्त्र प्रहरी बलका आइजीपी बनेका छन्। पखांै र हेरौं– आइजीपी उपेन्द्रकान्त र गृहमन्त्री शक्तिबहादुर बस्नेतको पनि उन्नति मान्छे मारेरै हुन्छ कि?
जनयुद्धमा १७ हजार मार्ने प्रचण्ड, बाबुराम दुबै प्रधानमन्त्री भए। झापा काण्ड मच्चाउने केपी ओली प्रधानमन्त्री बनेका छन्। कम्युनिजम भनेकै सर्वहाराका नाममा जनता मार्ने हो र आफू सम्पन्न र शक्तिशाली बन्ने हो। नेपालको कम्युनिजमको सिद्धान्त भनेकै सत्ता, सम्पत्ति र शक्ति हो। यसभित्र जति अनैतिक, सिद्धान्तहीन काम गरे पनि हुन्छ। यिनै कम्युनिष्टहरु भन्छन्– संसदीय व्यवस्था भनेको बोकाको टाउका झुण्ड्याएर बाख्राको मासु बेच्ने पसल हो। कम्युनिष्टले भरिभराउ संसद, सरकार र राजनीतिक फााट अहिले कुन नीति, नैतिक र जनजिविकाका लागि उत्तरदायी छन्  र? सबै त जनतामारा, देशघातक, अनुत्तरदायी काम गरिरहेका छन्? यिनले संसदीय व्यवस्थालाई गाली गर्नु भनेको बहुलाको रागभन्दा फरक छ र?

 जिम्मेवार राजनीति गरेको भए आज मधेस यसरी आन्दोलित हुने थिएन। न भारतले अघोषित रुपमा नाकावन्दी लगाउनै सक्थ्यो। भारतलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम गर्नु नेपालको कुनै हालतमा हित छैन। भारतबाट नेपालले लिनुपर्ने सकारात्मक सहयोग, सहृदयता र अन्तर्राष्ट्रिय सन्धिसम्झौताअनुसारका सुविधाहरु लिनसक्नुमा नेपालको हित र ताकत पनि स्थापित हुनेथियो। कसैलाई गाली गरेर ठूलो हुने जमाना छैन। त्यसमाथि हामीजस्ता विकासशील मुलुकले अपार आर्थिक बजारसाग मुकाविला गर्न खोज्नु पहाडसँग कुइनाको के जोर भन्ने उखानजस्तै हो।

 यथार्थ के हो भने नेपाली बााच्नु छ, नेपाललाई बचाउनु छ। खुला विश्वअर्थतन्त्र र कूटनीतिक क्षेत्रमा नेपाललाई स्थापित गराउनु छ। हिजोका दिनमा राष्ट्रसंघमा नेपालले के बोल्छ भनेर विश्वले कान ठाडो पारेर सुन्थे। त्यो हो नेपालको सफल राजनीतिक र कूटनीतिक क्षमता भनेको। आज नेपालले के बोल्छ भन्ने विषयमा विश्वले चासो राख्न छाडेको छ। एउटा अमेरिकी राजदूतले अव नेपाललाई अमेरिकाले आफ्नै आँखाले हेर्छ भन्ने टिप्पणी गर्दा नेपालले गौरव गर्ने दिन आयो। नेपाललाई आफ्नै आाखाले हेराउन नसक्नु भनेको राजनीतिक असफलता हो। यो असफलताका कडीलाई जोडेर सफलता र सक्षम बनाउन नसक्नु नै हाम्रो कमजोरी शिद्ध भयो। \u000a    मधेसले लाठी जुलुस नटेरे, बन्दुक उठाउने धमास दिएको छ। बन्दुकको जवाफ बन्दुक होइन। तिनलाई बुझाउने राजनीतिक क्षमता देखिनुपर्छ।