Advertisement Banner
Advertisement Banner

०६ शनिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

देशघात नदेख्ने तन्त्र किन चाहियो ?

०९ मंगलबार , माघ २०८०एक बर्ष अगाडि

देशघात नदेख्ने तन्त्र किन चाहियो ?

मेची महाकाली क्षेत्रका सीमा मिचेर ६६ हजार हेक्टर भूमि अतिक्रमण गरिसकेको भारतले लिपुलेक, लिम्पियाधुरा, कालापानीजस्ता विशाल नेपाली भूभाग भारतको नक्सामा मिलाइसक्यो, शासन स्थापित गरिसक्यो । हामी चुच्चेनक्सा बोकेर लोकतन्त्रको बिन बजाइरहेका छौं ।
लोकतन्त्र भनेको अर्काको शासन स्वीकार गर्नु हो ? आफ्नो सतित्व र अस्तित्व मटियामेट हुँदै जाँदा आँखा, मुख, कान बन्द गरेर बस्नु हो ?
भारत अझ अगाडि बढेर हजारौं योजनामा सिधै २० करोडसम्म लगानी गर्ने अधिकार जमाइसक्यो । देशमा परदेशीको अधिकार स्थापित हुनु र देशको मानसिकता परदेशीकरण हुनुलाई लोकतन्त्र भनेर रमाइदिनुपर्ने, खुशी हुनुपर्ने हो ?
यस्तो राष्ट्रघात स्वीकार गर्ने, राष्ट्रघात नदेख्ने, नसुन्ने, नबोल्ने तन्त्र राष्ट्रघाती तन्त्र हो, यस्तो तन्त्रलाई किन मलजल गर्ने काम भइरहेछ ? संसद, सरकार, बुद्धिजीवीसमेतको कुनै प्रतिक्रिया छैन । कुनै सचेत व्यक्ति वा संस्था, संसद वा सरकार देशघातबारे बोल्दैनन् । आपसमा जातजाति, भेग, पहिचान, लिङ्ग, मानवाधिकारका बारेमा झगडा गरेर बसेका छन्, विदेशी हस्तक्षेप बढेर शासन सत्तामा पुगिसक्यो । अंग्रेजले भारतलाई सिकाएर गएको थियो– बिभाजित गरेर शासन गर । नेपाली आपसमा विभाजित भइरहेका छन्, भारत राजदरवारको शासन सिंहदरवार र शितल निवास सार्दै दिल्ली केन्द्रित बनाइरहेको छ । नेपाली परेवा चारोमा रमाएझैं भारूमा रमाइरहेका छन् ।
कांग्रेज आफूलाई प्रजातन्त्रको बिडा उठाउने पार्टी ठान्छ । कम्युनिष्टहरू आफैलाई राष्ट्रवादी र जनवादी ठान्छन् । साना ठूला नयाँ पार्टीहरू देश र जनताको हितका लागि परिवर्तनकारी हौं भनेर उठिरहेका छन् । तिनले यही आधारमा आफ्नो पार्टी र राजनीतिक वर्चस्व कायम गर्दै आएका छन् ।
तर,देशवादी बन्ने, प्रजातन्त्र र जनवादी बन्ने जनअपेक्षालाई कसैले संवोधन गरेनन् । सरकार परिवर्तन भइरहे, कसैले देशको झण्डा उठाएनन् । देशको माटो र नागरिक हक र हितको रक्षा र सुरक्षा गरेनन् । देशघातक तन्त्र किन चाहियो ? नामको होइन कामको तन्त्र देशको माँग हो ।
५ वर्ष भयो (२०१९) भारतले नेपालको लिपुलेक, लिम्पियाधुराको भूभाग कब्जा गरेको छ । १९६२ देखि कालापानीमा बसेको भारतीय सैनिक क्याम्पले नेपालभित्र सैनिक हस्तक्षपे बढायो । अब पर्सामा समेत नेपाली भूभाग अतिक्रमण गरेर सीमा स्तम्भ राख्न भारत सफल भएको छ । बिस्तारै भारतीय अतिक्रमण राजधानी काठमाडौंतिर सर्दै आएको छ । नेपालको राजनीति र राजनीतिक अपराधिकरणको चंगूलमा फसेको प्रशासनयन्त्र नेपालमाथिको विदेशी हस्तक्षेप छेक्न, अस्वीकार गर्नेतिर उत्साहित देखिएनन् ।
यसकारण यस्तो राष्ट्रघाती तन्त्र र यस्तो तन्त्रका संवाहकहरूलाई अस्वीकार गरेर नेपालीत्वको जगेर्ना गर्नका लागि जनता जागरूक हुनुपर्छ ।