Advertisement Banner
Advertisement Banner

०६ शनिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

जनसमर्थन र जनविश्वासको कुरा

०४ बुधबार , पौष २०८०एक बर्ष अगाडि

जनसमर्थन र जनविश्वासको कुरा

जनसमर्थन र जनविश्वासबिना कम्युनिस्ट पार्टी बाँच्न सक्दैन भन्ने चिनियाँ मान्यता आज पनि लागू छ । यही मान्यतालाई मूल मन्त्र बनाएर चिनियाँ कम्युनिष्ट शासन, चिनियाँ जनता अघि बढेका छन् र अभूतपूर्व सफलता हासिल गरिरहेका छन् । केही वर्षमै चीन विश्वको नम्बर एक आर्थिक शक्तिमात्र होइन, सामरिक शक्तिका रूपमा पनि विकसित हुनेवाला छ । चीन विश्वका सबैशक्तिलाई पछाडि पारेर अघि बढिरहेको छ । चीनका राष्ट्रपति सी चिनफिङ भनिरहेका छन्, चीनलाई बिखण्डन गर्न चाहनेलाई धूलोपिठो पारिदिनेछौं । उनले सन २०१९ मै नेपाल भ्रमणगर्दा यो अभिव्यक्ति दिएर गएका थिए । सीले यति भन्न नेपालकै भूमिलाई किन उपयुक्त ठाने, यो विषयमा नेपालका कूटनीतिज्ञहरूले दिनुपर्नेजति ध्यान दिएनन्, नेपाल सरकारले त स्वार्थबाहेक केही हेर्न जानेकै छैन भन्दा हुन्छ ।
चीनको चासो तिब्बतको सुरक्षा हो । नेपाली भूमि तिब्बतसँग जोडिएको छ र नेपाल चीनविरूद्धको मोर्चाका लागि सबैभन्दा निकट र सामरिक महत्वको भूमि पनि हो । यसकारण नेपाल भूराजनीतिमा रलमलिनु हुन्न भन्ने मान्यताका साथ नेपालले असंलग्न परराष्ट्रनीति अपनाएको हो । तर ३४ वर्ष अघि र १७ वर्ष अघि नेपालमा भएको राजनीतिक परिवर्तनले नेपालको स्थापित असंलग्न परराष्ट्रनीतिमा विचलन आइरहेको देखिएको छ । देशका नीतिहरू राजनीतिक स्वार्थमा तलमाथि हुने गर्दैनन् । तर नेपाली राजनीतिक पार्टी र नेताहरू स्वार्थका बसमा पर्नाले नीतिहरू तलमाथि हुनेगर्छन् । यहीकारण चीन नेपालप्रति सशंकित हुनथालेको देखिन्छ ।
चीनले नेपाललाई विकासले बाँध्न र आफ्नो सुरक्षाका लागि नेपालको साहस बढाउने योजनासहित बिआरआई नीति २०१७ देखि लागू गरेको हो । नेपाल संलग्न पनि भएको छ । नेपालले बीआरआई योजनालाई कसरी कार्यान्वयन गर्ने भन्ने स्पष्ट छैन, नेपाल यो योजनाप्रति तदारूकताका साथ लागेको छैन । यसैवीच अमेरिकाले अनुदानमा आधारित एमसीसी योजना नेपालको माग अनुसार नै स्वीकृत ग¥यो, नेपालको संसदबाटै पारित गरेर यो योजना लागू पनि गरिसकेको छ । अर्थात नेपालमा विश्वशक्तिहरू चलायमान छन् । यो अवस्थामा नेपालले असंलग्न परराष्ट्रनीतिलाई अझ सीपका साथ लागू गराएर राष्ट्रको जीवनचक्र बनाउनु पर्ने आवश्यकता टड्कारो देखिन्छ । यी मामिलाहरूमा नेपाली राजनीतिक बर्ग मुखले एउटा र कामले अर्को व्यवहार देखाइरहेका छन् । अन्यौल बढेको छ । भूराजनीतिको चक्रव्यूहमा नेपाल फस्ने र निस्कन नसक्ने आशंका पनि बढेको छ ।
चीनको विश्वास छ– जनसमर्थन र जनविश्वासबिना कम्युनिस्ट पार्टी बाँच्न सक्दैन । कम्युनिष्ट पार्टीमात्र किन कुनै पनि पार्टी चल्न सक्दैनन् । यसेको प्रतिध्वनी हो, नेपालमा ससाना पार्टी रास्वपा, राप्रपाजस्ताको उदय । ०६४ सालमाजस्तो सबैभन्दा ठूलो माओवादी पार्टी आज ३२ सिटमा खुम्चिन पुगेको छ । कांग्रेस, एमालेजस्ता पार्टीको हैसियत साँघुरिएको छ । यो सबै जनसमर्थन र जनविश्वासको कमीले गर्दा हो । जनतामा स्थापित ठूला पार्टीहरूप्रति जनता निरूत्साहित भएको पक्कै हो । यो कुरा ठूला पार्टीले अनुभव पनि गरेका छन् तर किन यस्तो भयो भनेर जनसमर्थन र जनविश्वास बढाउने छलफल र योजना केही बनाएका छैनन् । साना पार्टीहरू ठूला पार्टी र नेताको कमजोरीलाई आफ्नो शक्ति बनाउनका लागि जनताका अपेक्षा र एजेण्डाको उठान गर्न कम्मर कसेर लागिपरेका छन् । मंसिर ७ गते एकजना दुर्गा प्रसाईले नै जनताको सवाल उठाएकाले ठूलो जनसमर्थन पाए । उनले त्यो जनसमर्थनलाई निरन्तरता दिन सकेनन्, अब फागुन १ गतेदेखि भनिएको छ । केही होला नहोला त्यो समयले देखाउला । पक्का कुरो के हो भने जनसमर्थन र जनविश्वासबिना कम्युनिष्ट, कांग्रेसमात्र होइन, कुनै पनि पार्टी बाँच्न सक्दैनन् । आज यिनको जुन हालीमुहाली देखिएको छ, त्यो सतही हो, चिरस्थायी होइन । आगामी निर्वाचनमा यसको परिणाम देखिएला ।
जनतामा चेत छ, जागरूकता पनि छ । बिभाजित गर र राज गर भन्ने सिद्धान्त लागू गरेकाले पार्टी र ठूला नेताहरू सत्तामा छन् । यो अवस्था लामो समय चल्नेछैन । कुनै पनि बेला जनता जाग्न सक्छन्, परिवर्तनका लागि विद्रोह गर्न सक्छन्, जनविश्वास र समर्थन घटेको बेला जे पनि हुनसक्छ