Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपाल कोरिया कि साउदीको पक्षमा ?

११ सोमबार , मंसिर २०८०एक बर्ष अगाडि

नेपाल कोरिया कि साउदीको पक्षमा ?

काठमाडौँ, गतहप्ता कोरिया सरकाका तर्फबाट गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले करिव साँढे ५ करोड पर्ने पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामग्री अनुदानमा उपलव्ध गराएका छन् । यी उपकरणले प्राथमिक कलेजो, मृगौला, र प्यान्क्रियाजसहित महत्वपूर्ण अङ्गहरूको स्वास्थ्य अवस्था परीक्षणमा उपयोगी हुने र सिरम, प्लाज्मा र पिसाबजस्ता बायोकेमिस्ट्री नमूनाहरूको सही विश्लेषण गर्ने छ र रोगको निदान गर्नेछ । कोरिया सरकारले कोइकामार्फत सन् १९९१ देखि १८८.६ मिलियन अमेरिकी डलर बराबरको सहयोग उपलव्ध गराइसकेको छ । हालसम्म मुगु, नुवाकोट र टीकापुर अस्पतालको स्थापना भएर सञ्चालनमा छ भने कोरिया नेपाल मैत्री अस्पतालको क्षमता वृद्धिका लागि दोश्रो चरणको कार्यक्रम अन्तरगत १५० थप शय्याको अस्पताल निर्माण चरणमा रहेको छ । दक्षिण कोरिया नेपालका लागि ठूलो सहयोगी राष्ट्र हो ।
झण्डै एकलाख युवा कोरियामा अध्ययन, रोजगारी र तालिममा रहेका छन् ।
आगामी वर्ष नेपाल–कोरियावीचको सम्बन्धको ५०औं वर्षगाँठ पनि रहेको छ । त्यो कोरियाले २०३० को एक्सपोका लागि नेपालको सहयोग मागेको छ तर कांग्रेस सभापति देउवाले साउदी अरेवियालाई सहयोग गर्ने बचन दिएका कारण नेपाल साउदीतिर लाग्नेछ कि कोरियातिर, यसको प्रतिक्षा भइरहेको छ ।