Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सम्बन्ध परिवर्तनको मुस्कान

०५ मंगलबार , मंसिर २०८०एक बर्ष अगाडि

सम्बन्ध परिवर्तनको मुस्कान

    नेपाल अमेरिका, नेपाल भारत अथवा नेपाल चीन सम्बन्धराम्रो छ । नेपाल सबैसँग समदूरी राखेर आफ्नो भाग्यर भविष्य निर्माणमा प्रजातान्त्रिक मार्गमा कटिबद्ध भएको लामो समय भइसक्यो । नेतृत्वकै कमी र कमजोरीले नेपाल पछि परेको हो । नेपालले विश्वशक्तिका कूटनीतिबाट धेरै ज्ञानर सीप सिक्न सक्छ । सिक्ने भोक हुनुपर्छ, जाँगर पनि हुनुपर्छ । कसैको पिछलग्गु भएकाले नै नेपाल आज विकासशील हुन नसकेको हो ।
अमेरिकार चीनवीचको यो मुस्कानले शत्रुता घटाएर मित्रता बढाएको सन्देश दिएको छ । चीन अमेरिका अथवा अमेरिका भारतवीच जति मित्रता बढ्यो, त्यसको भूराजनीतिक प्रभाव नेपालमा पनि पर्छ पर्छ । यस्ता सम्बन्धहरूलाई राष्ट्रहितमा उपयोग गर्नका लागि दरिलो खुट्टा टेकेको सरकार चाहिन्छ । सरकार फितलो हुँदा देशहित दबिदै र क्षयीकरण हुँदै जान्छ । नेपाल त्यसै पनि उत्तरर दक्षिण वीचमा चेपिएर द्रवित हुँदैछ । यस विषयमा ‘नेपालराष्ट्ररहन्छरहन्छ । खतरा छ भने हामीहरू मध्येवाटै छ । वचाउनेहरूको पनि यहाँ कमी छैन । युद्व लडे साथ दिने देशहरू पनि छन्’ भन्ने विचार राख्ने विश्लेषक मदन रेग्मीको कथन यस्तो छ–
   अमेरिकी राष्ट्रपति जो वाईडेन र चीनका राष्ट्रपति सी चिनफिङ वीच पटक पटक भेट भयो । पहिलो भेटवार्ता सनफ्रान्सिस्कोमा र दोस्रो भेट क्यालिफोर्नियामा भएको थियोे । फोटोमा दुवै राष्टपति खुसी देखिन्छन् । दुई राष्टपति वीच ६ घण्टा वार्ता भयो । बार्ता सकारात्मक र  चीन– अमेरिका सम्वन्धलाई सुधारउन्मुख मात्र नभई कतिपय महत्त्वपूर्ण कुरामा सहमति पनि भएको छ । क्यालिफोर्नियाको वार्तामा दुवै राष्ट्रपतिवीच एक्लाएक्लै कुरा भएको थियो । सैन्य सम्बन्ध पुन कायम गर्नेदेखि पर्यावरणको विषयमा दुवैले मिलेर काम गर्ने मञ्जुरी जनाएका छन् । वार्ताको विषय व्यापकरह्यो । आर्थिक सम्बन्ध, व्यापारर जटिल रूपमा रहेको ताईवान टापुको विषयमा पनि केही समझदारी भएको बुझिन्छ ।
    अमेरिकी चीन सम्वन्धका ज्ञाताहरूले दुई देशको सम्बन्ध छुटिन नसक्ने अवस्थामा रहेको टिप्पणी गरेका छन् । चीन र अमेरिका विचको सम्बन्ध सुधारले नेपाललाई स्वतन्त्र राष्ट्रको निर्णय गर्ने क्षमता र वास्तवमा असंलग्न रहेर काम गर्न केही सजिलो पार्ने छ ।  नेपाललाई  चीनसँग सम्बन्ध सुधार्ने र हैकमवादवाट मुक्त हुने वातावरण वन्ने छ । अमेरिकार चीन दुई महाशक्ति विचको द्वन्द्व र मिलेको अवस्थामा हामीलाई मात्र विश्वमा नै फरक असर गर्छ । चीनर अमेरिका विचको सम्बन्ध सुधार हाम्रो हितमा पनि हुन्छ । हामीले यसलाई स्वागत गर्नुपर्छ । चीन नेपालको सिमा जोडिएको घनिष्ठ मित्रराष्ट्र हो । हाल नेपालमा विदेशी शक्ति को दवाव र सकृयतामा नेपालवाट चीनलाई अलग्याउने प्रयास भैरहेछ । यो अवाञ्छित गतिविधि रोकिनु पर्छ । चीनको  शक्तिशालीर सकृय सहयोग हाम्रो राष्ट्रिय सुरक्षा, सार्वभौमसत्तार प्रादेशिक अखण्डताको लागि अत्यन्त र निरन्तर आवश्यक छ र नेपालको विकासको लागि पनि चीनको सहयोग नभै हुन्न ।