पशुपति क्षेत्र विकास कोषका हर्ताकर्ताहरू – प्रधानमन्त्री प्रचण्ड संरक्षक, सुदन किराती, मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अध्यक्ष, सदस्य सचिवराजु कुमार खत्री, कोषाध्यक्ष नारायण प्रसाद सुवेदी, श्रीमती आशा पाण्डे परिषद सदस्यहरू– हरिनाथ ढकाल, हरिनाथ ढकाल, शिक्षित पराजुली, बाबुशरण सुबेदी, डा. भरत प्रसाद बडाल,रामेश्वर संगत, डा. घनश्याम खतिवडा– डा. घनश्याम खतिवडा । यो माओवादी टिमले पशुपतिनाथ बेचेकै हो त ?
काठमाडौं । भारतीय सेनाको चिफ अफ डिफेन्स स्टाफ रहिसकेका र ८ डिसेम्बर २०२१ मा एक हेलिकोप्टर दुर्घटनामा मृत्य भएका जनरल बिपिन रावतको सैंण गाउँमा पशुपतिनाथ बन्न थालेको छ । उत्तराखण्डको पाँचौ धामका रूपमा पशुपतिनाथ बन्न थालेको समाचार भारतीय पत्रपत्रिकाहरूमा सार्वजनिक भएका छन् ।
विश्वभरिका तिर्थयात्री आउने देव भूमि उत्तरखण्डमा पशुपतिनाथ स्थापित भएपछि धार्मिक पर्यटन व्यापक हुने विश्वास भारतकोरहेको छ । जनरल रावत पहिला गोरखाराइफल्समा थिए । गोर्खा रेजिमेन्टको भारतमा योगदानर बलिदानको स्वर्णियम इतिहास छ भन्दै भारतीय पत्रपत्रिकामा समाचार आएका छन्– जनरलरावत के पिता लेफ्टिनेंट जनरल लक्ष्मण सिंहरावत भी गोर्खारेजीमेंट ही थे । यही कारण है कि पशुपतिनाथ मंदिर काठमांडू के सहयोग से जनरलरावत के गांव सेवा में मंदिर बनाया जारहा है । सैंण गांव में मंदिर बनाने की अनुमति पशुपति क्षेत्र विकास कोष काठमांडू नेपाल की ओर दी गई है ।
पशुपतिनाथ स्थापित भएपछि दर्शन, तर्पण, पिण्डदान गर्न गयार यही पशुपतिनाथमा जान हिन्दुधर्माबलम्बीका लागि सुविधा हुनेछ । बिपिन रावतका अनुसार मन्दिर बनाउनुको उद्देश्य रावतको गाउँक्षेत्रलाई एक आदर्श गाउँ बनाउनुका साथै यो मन्दिर जनरल रावतको स्मृतिलाई सधैं ताजा राख्नु पनि रहेको प्रचार भइरहेको छ । पशुपतिनाथ मन्दिर निर्माण क्षेत्रमा परमार्थ निकेतन के अध्यक्ष स्वामी चिदानंद सरस्वती र पूर्व मुख्यमंत्री तीरथ सिंहरावतले भूमिपुजन गरेका थिए ।
स्व.रावतको सपना पूरा गर्नका लागि भारतकोरक्षा मन्त्रालयमार्फत सहरी विकास तथा अन्य भारतीय सरकारी निकायको पटक पटक छलफलपछि पशुपतिनाथ निर्माणको कार्य सुरू गरिएको थियो ।
स्मरणीय छ, स्व.जनरल रावतको गाउँ सैंण बिरमोलीको डा. हरिवंशराय बच्चन प्रबोधन प्रतिष्ठानले २ वर्ष अघि गोद लिएको थियो । यही प्रतिष्ठानमार्फत गाउँ क्षेत्रको व्यापक विकास कार्य हुन थालेका थिए । यो कार्यका लागि प्रदेश र केन्द्र सरकारबाट समेत सहयोग गइरहेको छ । रावतको काका भारत सिंहले ठूलो भूमिक्षेत्र ट्रष्टलाई दान दिएका छन् ।रावत परिवारलाई समेत ट्रष्टको सञ्चालक सञ्चालकमा नियुक्त गरिएको छ ।
हिन्दु धर्ममा चारधामको यात्रा पूरा गरेपछि पशुपतिनाथको दर्शन नगरे यात्रा पुरा हुँदैन भन्ने विश्वास छ । पशुपतिनाथ मन्दिर सबै तीर्थको शिर धाम मानिन्छ । यही धामहरूको पनि धाम निर्माण भएपछि चारधाम गर्ने धर्मालम्बीहरूले अब नेपालको पशुपतिनाथ आउन जरूरी हुनेछैन, रावतको गाउँमा निर्माण हुने पशुपतिनाथ दर्शन गर्न सक्नेछन् । आफ्नो धार्मिक यात्रा पूरा गर्न पाउनेछन् ।
रावत परिवारका अनुसार भारतमा बन्ने यो पशुपतिनाथ मन्दिर पहिलो हुनेछ, यसकारण देवभक्तिर देशभक्तिको संगम पनि हुनेछ । यही मन्दिर निर्माणपछि भारतर नेपालको रोटी बेटीको सम्बन्ध अझ मजबुत हुनेछ । पशुपतिनाथ मन्दिर निर्माणका लागि शालिग्रामबाट बनाइएको शिवलिङ्ग, नन्दी महाराज, भोलेनाथका डमरू, त्रिशूलसमेत पशुपतिनाथ क्षेत्र विकास समितिका तर्फबाट डा. मिलिन्द कुमार थापाको सहयोगका उपहारमा दिइएको छ । जसरी भारतको अयोध्यामा श्रीराम र सीता माताको मूर्तिको लागि तनहुँको शालिग्राम पत्थर भारत लगिएको थियो,त्यसैगरी भारत उत्तराखण्डमा निर्माणाधीन पशुपतिनाथ मन्दिरका लागि नेपालबाट पठाइएको शालिग्रामबाट निमिर्तत मुख्य मन्दिर, शिवलिङ्ग र भगवान शिवका सहयोगी देवदेवीहरूको मूर्ति स्थापित गरिने भएको छ ।
पशुपतिनाथ मन्दिर निर्माणमा खटिएका मुख्य पदाधिकारीका अनुसार पशुपतिनाथ स्थापनाका लागि धीरेन्द्र कृष्ण शास्त्रीले विशेष योगदान दिने भएका छन् । मन्दिरको ढाँचा नेपालको पशुपतिनाथको हुबहु बनाइने भएको छ । मन्दिर परिसरमा काठका, पत्थरका जे जति कामहरू हुनेछन्, ती सबै नेपालबाटै निर्माण गरेर पठाइने छ । पत्थरको काममा राजस्थानका कारिगरले काम गर्ने भएका छन् । मन्दिर स्थापनाको घोषणा देहरादूतबाट बागेश्वर धामका पण्डित धीरेन्द्र कृष्ण शास्त्रीबाट भइसकेको छ । यो मन्दिर स्थापनामा भारत सरकारका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष चाखरहेको छ । पशुपतिनाथ मन्दिर निर्माण ट्रष्टको अगुवाईमा बिपिन रावतको प्रतिमासहितको कलशयात्रा समेत भइसकेको जनाइएको छ । यही कार्यका लागि राष्ट्रभक्ति योग महायज्ञको आयोजना पनि भएको छ ।
बागेश्वर धामका पीठाधीश्वर पंडित नरेंद्र शास्त्री का दिव्य दरबार आयोजित भएको थियो भने ुख्यमंत्री को साथै स्वामी चिदानन्द सरस्वतीर प्रदेशका मन्त्री, विधायक, सांसद, समाजसेवी र अन्य नेतागणको पनि ठूलो उपस्थितिमा पंडित धीरेंद्र शास्त्रीले जनरल बिपिन रावतको गाउँमा पशुपतिनाथ मंदिर बनाउने घोषणा गरेका थिए । भारतभरि मन्दिरबारे उत्सुकता छ ।
प्रधानमन्त्रीले भारतसँग विशेष सम्बन्ध स्थापित गर्नर जनयुद्धकालमा भारतले गरेको सहयोगको ऋण तिर्नसमेत पशुपतिक्षेत्र विकास कोषकै तर्फबाट अनुमति दिएकोर अन्य सरसहयोगसमेत जुनाएको बुझिन्छ । भारतमै पशुपतिनाथ बनेपछि नेपालमा भारतीय पर्यटकको चाप घट्ने निश्चित छ । प्रधानमन्त्री मोदी नेपाल आएका बेलामा पशुपतिनाथको गर्भगृहसम्म पुगेर ध्यान, न्यास, पूजाआजा गरेका थिए । कतै पशुपतिनाथको गर्भगृहका विशेष बस्तुहरूसमेत भारतमा निर्माणाधीन पशुपतिनाथमा पु¥याइएको त छैन ? धर्मगुरूहरू वीच अनेक संशय फैलिन थालेको छ ।
भारतले लुम्बिनीपारी नक्कली लुम्बिनी निर्माण गर्नु, लुम्बिनी एयरपोर्ट बनाउनु, नेपालको गौतमबुद्ध एयरपोर्टलाई निस्तेज पार्न षडयन्त्र गर्नु, अब पशुपतिनाथको मन्दिर नै भारतमा निर्माण गर्न थाल्नुले ारतले नेपालमाथि बिस्तारै हस्तक्षेपको मात्रा बढाउनुर नेपालका दलर सरकारले स्वीकार्नु आश्चर्य हो ।