Advertisement Banner
Advertisement Banner

२५ बुधबार, असार २०८२16th June 2025, 6:20:04 am

भूकम्प पीडितका लागि अस्ट्रेलियाले आर्थिक सहयोग गर्ने

०१ शुक्रबार , मंसिर २०८०२ बर्ष अगाडि

भूकम्प पीडितका लागि अस्ट्रेलियाले आर्थिक सहयोग गर्ने

जाजरकोट र रुकुममा गत कातिक १७ गते राति आएको भूकम्पमा परि पिडित बनेका भूकम्पपीडितका लागि अस्ट्रेलियाले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वोङले भूकम्पपीडितका लागि ६ लाख अस्ट्रेलियाली डलर सहयोग गर्ने घोषणा गरेको हो ।

अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वोङले भूकम्पपीडितका लागि ६ लाख अस्ट्रेलियाली डलर झन्डै पाँच करोड १८ लाख नेपाली रुपैयाँ सहयोगको घोषणा गरेको नेपालस्थित अस्ट्रेलियाली दूतावासले जानकारी दिएको छ ।

जाजरकोट र रुकुम भूकम्पको चपेटामा परेको अहिलेको कठिन घडीमा अस्ट्रेलिया नेपालको साथमा रहेको उल्लेख गर्दै दूतावासले सो सहयोगले मानवीय सहायता सामग्री र पुनर्निर्माणका काममा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छन् ।

यसअघि भूकम्प पीडितका लागि चीन, भारत लगायत नेपालका राजनीतिकदल, बिभिन्न संघ-सस्था, व्यवसायीहरुले करोडौ सहयोग गरेका थिए ।