Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

चिनियाँ कम्युनिस्ट पार्टीद्धारा भूकम्प पिडितलाई सहयोग

३० बिहिबार , कार्तिक २०८०२ बर्ष अगाडि

चिनियाँ कम्युनिस्ट पार्टीद्धारा भूकम्प पिडितलाई सहयोग

गत कातिक १७ गत्ते शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि पिडित बनेकाहरुका लागि चिनियाँ कम्युनिस्ट पार्टीले राहत सामग्री उपलब्ध गराएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले राहत सामग्री उपलब्ध गराएको हो ।

नेपाल स्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराई, नेकपा (माओवादी केन्द्र) महासचिव देव प्रसाद गुरुङ र नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठलाई संयुक्तरूपमा राहत सामग्री हस्तान्तरण गरेका थिए ।

चीन सरकारले भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगको अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले उपलब्ध गराएको राहत सामग्री भूकम्पपीडितका घरदैलोमा स्थानीय राजनीतिक दल र प्रतिनिधिकारहरूको सहयोग र समन्वयमा चिनियाँ दूतावासले नै पुर्‍याइदिने बताईएको छ ।

पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले भूकम्प पीडितका लागि रु २ करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको छ । छठपछि उक्त राहत सामग्री एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई हस्तान्तरण गरिने बताईएको छ ।

उक्त भूकम्पमा परी १ सय ५४ जनाको मृत्यु भएको थियो भने ३ सय ४६ जना घाइते भएका छन् । भूकम्पबाट २६ हजार ५ सय ५७ निजी घर पूर्णरुपमा क्षति भएको र ३५ हजार ४ सय ५५ घरमा आंशिक क्षति पुगेको छ ।