Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गणतन्त्र नेपालमा कतारका राजा

१४ मंगलबार , कार्तिक २०८०एक बर्ष अगाडि

गणतन्त्र नेपालमा कतारका राजा

कतारका राजा शेख तमिम बिन हमद अल थानी नेपाल भ्रमणमा आउने खुलासा प्रम प्रचण्डले गरेका छन् । आफ्नो नेतृत्वको सरकार भएकाले ठूला अन्तर्राष्ट्रिय भ्रमण भइरहेको बताउने क्रममा राष्ट्रसंघका महासचिव गुटरेस पछि कतारका राजा नेपाल भ्रमणमा आउने प्रम प्रचण्डले बताएका हुन् ।
नेपालको कुटनीतिक सफलता हो यो भन्दै प्रम प्रचण्डले कांग्रेसको चियापान समारोहबाटै खुलासा गर्दा कांग्रेस सभापतिको मुहार हेर्न लायकको देखिएको थियो ।
त्यसअवसरमा प्रम प्रचण्डले भनेका थिए– ‘यो पटक एलडीसीको चेयरम्यानको हैसियतले मैले संयुक्त राष्ट्रसंघको महासभामा, एसडीजी (दिगो विकास लक्ष्य) समिट र एलडीसी (अति कम विकसित मुलुक) समिटहरूमा मैले गम्भीर ढंगले नै कुराहरू उठाएको थिएँ । मलाई लाग्छ हाम्रो कुटनीतिक सफलताको परिणामस्वरूप महासचिव आउँदै हुनुहुन्छ, यसले नेपालको प्रतिष्ठामा र नेपाली जनताको आवश्यकता सम्बोधन गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्नेछ ।’ कतारका राजा नेपाल आउनुको कारण भने प्रम प्रचण्डले खुलाएनन् । कतार नेपाली युवालाई रोजगारी दिने मुलुक पनि हो ।
कतारको अदालतले ८ जना भारतीयलाई फाँसीको सजाय सुनाएको छ । यही खबरको आसपासमा कतारका राजा आगामी आइतवार राति नेपाल आइपुग्नेछन् । कतारका राजाको भ्रमणलाई कूटनीतिक सफलताका साथ हेण्डिल गर्नसके नेपालले रोजगारीको थप अवसर पाउने, नेपालमा लगानी बढ्ने, नेपालीले कतारमा भोग्नुपरेका समस्यामा सहजता आउने सुझाव बिज्ञहरूले दिएका छन् ।